प्रहरीले रुईसे कुटपिट घटना विरुद्धको उजुरी किन गरेन दर्ता !

  • २ पुष २०७९, शनिबार
  • 691 पटक पढिएको

म्याग्दी, २ पुस । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले दर्ता गरेको छैन् ।
कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता गर्न आनाकानी गरेको छ । पीडक पक्षसँगको मिलेमतोमा प्रहरीले उजुरी लिन आनाकानी गरेको पीडितहरुले बताएका छन् ।

गत मंसिर २६ गते सोमबार बेलुका पर्यटकियस्थल समेत रहेको रुईसे–भेडिओढार स्थित शिवभ्याली होटलका संचालक सुेरश भण्डारीलाई होटलमै पुगेर ६ जना युवाले मरणशन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट भण्डारीको नाक भाँचिएको छ । कुटपिटमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै मंगलबार पीडित पक्ष उजुरी लिएर जिल्लाप्रहरी कार्यालयमा पुगेका थिए । पीडितपक्ष प्रहरी समक्ष पुगेका पीडितका अफन्तलाई प्रहरीले घटनाबारे दर्ता गर्ने भन्दै आफन्त जनलाई फिर्ता पठाइदिएको थियो ।

अनुसन्धान गरेर घटनाबारे बुझरे मात्र घटना दर्ता गर्ने जिल्ला प्रहरी कार्यालयले बताएको थियो । घटनाको अनुशन्धान र थप प्रक्रियाका वारेमा जानकारी लिन पीडित पक्ष शुक्रबार जिल्लाप्रहरी कार्यालय पुगेका थिए । सो घटना मुद्दाफाँटमा दर्ता नभएको भेटिएको छ । मुद्धा फाटँका प्रहरी निरिक्षकले कार्यालय प्रमुख तिलक भारतीले तोकआदेश नगरेसम्म उजुरी दर्ता गर्न निमिल्ने जवाफ दिएको पीडित पक्षले बताएका छन् ।
प्रहरी नायव उपरिक्षक तीलक भारतीले पीडितको मुद्दा अनुसन्धानमै रहेको भन्दै अहिल्य दर्ता नहुने भन्दै पन्छिए । तपाईले भन्दा वित्तिकै मुद्धा दर्ता हुदैन्, अनुसन्धानमा क्रममा रहेकाले उजुरी लिन मिल्दैन भन्ने जवाफ प्रहरीले फर्काएको पीडित पक्षका एकजनाले बताए ।

त्यस्तै प्रहरी निरिक्षक राजन ढकालले तपाईले भन्दा वित्तिकै घटना दर्ता नहुने बताउदै सरकारी वकिल कार्यालय, प्रशासन र जिल्ला अदालतमा न्याय खोज्न जान पीडितलाई धम्काएका थिए । पीडित पक्षका आफन्त बालकृष्ण खत्रीले घटनाबारे उजुरी दर्ता गरेर पीडितलाई न्यायदिनुपर्ने ठाउँमा अन्याय भएको गुनासो पोखे ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानालाई पुगेर घटनाबारे जानकारी गराउँदा तत्काल कुटपिट गर्ने ब्यक्तिलाई प्रकाउ गरेर थुनामा राख्ने ठाउँ नभएको गैरजिम्मेवार तर्क दिनुभएको पीडित पक्षका सुजन कार्कीले बताउनुभयो ।

प्रजिअले घटनाबारे तत्काल अनुशन्धान र कारवाही प्रक्रिया अघिबढाउन जिल्लाप्रहरी कार्यालयलाई निर्देशन गर्ने भन्दै पीडित पक्षलाई आश्वासन दिनुभएको थियो । कुटपिटबाट गम्भिर घाईते सुरेश भण्डारी पोखरा स्थित मेट्रोसिटि अस्पतालमा उपचारत छन् । भण्डारीको नाकमा ठूलो चोट लागेको र ६ ठाउँमा भाँचिएको आफन्तले बताएका छन् ।

भण्डारीका आफन्तजनले प्रशासन र प्रहरीमाथि जवाफदेहिताको प्रश्न उठाउदै सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।