लिटल गार्डेनको १९ औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो 

  • १ पुष २०७९, शुक्रबार
  • 540 पटक पढिएको

 

बेनी, १ पुष । बेनीको लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ ।

वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । विद्यालयका प्रिन्सीपल दिपक सुवेदीको अध्यक्षता र प्राज्ञिक निर्देशक प्रेम जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रमको शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

शिक्षक नगेन्द्रप्रसाद गौतम, विद्यार्थी प्रान्सु जिसी र प्रिन्स वास्तोलाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशक बालकृष्ण सुवेदी, संस्थापक सल्लाहकार जयराम सुवेदी, म्याग्दी उद्योग वाणिज्य उपाध्यक्ष लीलाराम गौतम, लिटल गार्डेन एकेडेमीका अभिभावक संघका अध्यक्ष टेक प्रसाद सापकोटा र सदस्य ठाकुर प्रसाद शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

२०७८ को एसईई परिक्षामा चार जिपिए सहित देशमै उत्कृष्ट नतिजा ल्याएका उत्सव सापकोटा, धवलागिरी क्षेत्रमा दृतीय भएका बब्लु शाह र छात्रा तर्फ जिल्ला प्रथम अस्मी परियारलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट शिक्षक नगेन्द्र गौतम, उत्कृष्ट विद्यार्थी आशिक बरुवाल, इर्मजिंग विद्यार्थी प्रशान्त सुवेदीलाई पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक र शिक्षकहरुबीचको खेलकुद प्रतियोगितामा बिजयीलाई पुरस्कार वितरण गरिएको थियो । कक्षा दश सम्मको पठनपाठन हुने लिटल गार्डेन एकेडेमीले केही वर्षयताको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याउदै आएको छ ।