म्याग्दी समाचार

आफ्नै पौरखबाट गुरुङले गरे रहरलाग्दो आम्दानी(फोटोफिचर)

म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैनिकी अहिले फेरिएको छ । १५ बर्ष अगाडी सम्म परिवारको गुजारा चलाउन विदेशको भुमिमा पसिना बगाएका गुरुङ अहिले आफ्नै मेहनतबाट प्राप्त आम्दानीबाट दङ्ग छन् ।   धान रोप्दै आएको १६ रोपनी जग्गामा अहिले... पुरा पढ्नुहोस

बावियाचौरमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम

म्याग्दी, २८ जेठ । गरिमा विकास बैंकले शनिबार मंगला गाउँपालिकाको बावियाचौरमा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, यूवा क्लव, गाउँपालिका अन्र्तरगतका विद्यालय, आमा समुह, विद्यार्थीको उपस्थितीमा भएको कार्यक्रमको उद्घाटन गदैं गाउँपालिका प्रमुख सतप्रसाद रोकाले वित्तिय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

शिक्षक संघद्धारा जनप्रतिनिधिहरुलाई सम्मान

  म्याग्दी,२७ जेठ । नेपाल शिक्षक संघ म्याग्दीले स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार बेनीमा सम्मान गरेको छ । बेनी नगरपालीका स्तरीय कार्यसमिति गठनका लागि भएको कार्यक्रमको अवसरमा बेनी नगरपालीकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा... पुरा पढ्नुहोस

पर्वत बेनमिा नागरीक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

म्याग्दी, २७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा शनिबार जलजला गाउँपालीका ३ पर्वत बेनीमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले म्याग्दी सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीलाई लागु औषध दुब्र्यसनीले अखडा बनाउन थालेकोमा चिन्ता व्यक्त गर्दै निगरानी बढाउन प्रहरीलाई आग्रह गरेका छन् ।गिरीबी, अशिक्षा र चेतनाको कमीले... पुरा पढ्नुहोस

म्याग्दीको यार्साः संकलन घट्यो की, अबैध निकासी बढ्यो ?

म्याग्दी, २७ जेठ । म्याग्दीको हिमाली भेगमा बहुमुल्य जडिबुटी यार्सा प्रशस्त पाईने भएपनि बैधानिक रुपमा न्युन मात्रामा निकासी हुने गरेको छ । केही बर्ष अगाडीसम्म जिल्लाबाट बार्षिक रुपमा झण्डै २० किलो बढी यार्सा निकासी हुने गरेको भएपनि पछिल्ला दुई बर्ष यता निकै न्युन मात्रामा यार्सा निकासी भएको देखिएको छ ।... पुरा पढ्नुहोस

मुक्तिनाथका सेयर सदस्यलाई सहकारी तालीम

म्याग्दी,२७ जेठ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले शनिबार सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालीम प्रदान गरेको छ । सहकारीको सिद्धान्तको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका तिस जना भन्दा बढी पदाधीकारी, सेयर सदस्य, सञ्चालक र विभिन्न उपसमितिका सदस्यहरुको सहभागीता रहेको... पुरा पढ्नुहोस

भकिम्लीमा गरिमाको वित्तिय शिक्षा कार्यक्रम सम्पन्न

म्याग्दी, २७ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गरिमा विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जयन्ती मावी भकिम्लीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले ठुला बैंक तथा वित्तिय संस्था सहर केन्द्रि भएकाले ग्रामिण क्षेत्रका बासिन्दाहरू बैकिङ पहुँच बाहिर रहेको बताएका थिए । बेनी नगरपालिकाकाकी उपमेयर सञ्जु बरुवालले कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

कृषि गतिविधि सम्वन्धि संचारकर्मी र अगुवा कृषकको अनुगमन( फोटोफिचर)

म्याग्दी, २६ जेठ । बेनी नगरपालिका ३ र ४ वडामा ब्यवासायिक रुपमा कृषकहरुले गरेको फलफूल तथा तरकारी खेतीको शुक्रबार अुनगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजना क्रियाशिल संचारकर्मी र अगुवा कृषहरुले बेनी नगरपािलकाको सुर्केमेला, बासकुना र भकिम्लिको राखुमा भएको फलफूल तथा तरकारी कृषि फार्महरुको गतिविधिबारे अनुगमन गरेको हो... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीकी प्रीति प्रदेश नं ४ को करातेमा उत्कृष्ट खेलाडी

म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीकी छात्रा प्रीति रोका पोखरामा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा प्रदेश नं ४ बाट उत्कृष्ट खेल प्रदर्शन गर्दै व्लायकवेल्ट प्राप्त गर्न सफल भएकी छिन् । यही जेठ १७ देखि २१ गतेसम्म पोखरामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा रोकाले व्लायकवेल्ट प्राप्त... पुरा पढ्नुहोस

पुस्तकालयले प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल

म्याग्दी, २५ जेठ । नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाईमा अब्बल देखिएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित उपल्लाचौर आधारभुत विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा बक्ताले बताएका छन् । पुस्तकालय भित्र रहेका विभिन्न किसिमका पुस्तकहरू पाठ्क्रमसंग सम्बन्धित रहेको र विद्यार्थीको पठनस्तर र पढ्ने बानीको समेत विकास हुने भएकाले नियमित पुस्तकालयको प्रयोग गर्नुपर्नेमा जोड... पुरा पढ्नुहोस