म्याग्दी समाचार

२८ औँ अन्तराष्ट्रिय वालदिवसको अवसरमा विद्यालयका बालबालिकालाई सुईटर वितरण

म्याग्दी,४ मंसिर । २८ औँ अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा बालमन्दिर विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई जाडोमा लगाउने सुईटर वितरण गरेर बालदिवस मनाएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा बालमन्दिर आधारभूत विद्यालयका १ देखि ५ सम्म पढ्ने ७० जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरि दिवस मनाएको हो । बालबालिका सुईटर... पुरा पढ्नुहोस

वामगठबन्धनको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्नः जातीय रुपमा नबहकिन मतदातालाई थापाको आग्रह

म्याग्दी,३ मंसिर । आगामी मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिएसंगै वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। आइतबार वामगठबन्धनले प्रदेश क्षेत्र नम्बर १ को अन्नपुर्ण गाउँपालिकाको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्न गरेको छ । आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार भुपेन्द्र थापाले कोहीपनि जातीय आधारको नारामा... पुरा पढ्नुहोस

जन्म दिनका अवसरमा सरस्वती आधारभूत विद्यालयका ६५ जना बालबालिकालाई सुईटर वितरण

म्याग्दी,३मंसिर । छोरीको जन्म दिनको अवसरमा बेनी नगरपालिका ७ हुलाकचोकका श्रेष्ठ परिवारले एक विद्यालयका वालवालिकालाई न्यानो कपडा वितरण गरेका छन् । बेनी नगरपालिका ७ हुलाकचोकका स्थायी वासिन्दा एवम म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ र उहाँको धर्मपत्नी जुनु उदास श्रेष्ठले आफ्नो छोरीको जन्मदिनको अवसरमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण... पुरा पढ्नुहोस

ताकममा बामगठन्धनको विशाल आमसभाः नेपाली काग्रेस परित्याग गरि २ सय कार्यकता वामगठबन्धनमा प्रवेश

म्याग्दी,३ मंसिर। धौलागिरि गाउँपालिका ताकममा योजना आयोगका पुर्व उपाध्यक्ष मिन बहादुर श्रेष्ठले जनमुखि विकास लागि कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ । धौलागिरि गाउँपालिका ताकममा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबन्धनले आयोजना गरेको गाउँपालिकास्तरिय चुनावी सभामा बोल्दै श्रेष्ठले काग्रेसले अख्तियार गरेको संसदिय ब्यवस्थानै नेपालको विकासको बाधक भएको बताउनुभयो । कम्यूनिष्टहरुले... पुरा पढ्नुहोस

भेटेरेनरी एण्ड लाईभस्टक एशोसीयसन स्थानीय तहमा

  म्याग्दी, ३ मंसिर । म्याग्दीमा कार्यरत पशु स्वास्थ्य र सेवा प्राबिधिकहरु आवद्ध नेपाल पारा भेटेरेनरी एण्ड लाईभस्टक एशोसियनको स्थानीय तह अनुसारको कार्यसमिति गठन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको संयुक्त स्थानीय तह अनुसारको अधिवेशनबाट बेनी नगरपालीका र ५ वटा गाउँपालीकाहरुमा एशोसियसनको शाखा गठन भएको हो । बेनी नगरपालीकामा... पुरा पढ्नुहोस

बाम गठबन्धनको शिख र घारमा आमसभा, बाम एकताको पक्षमा उर्लिदो जनलहर

म्याग्दी, २ मंसिर । मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि म्याग्दीमा राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार अभियान चिब्र बनाएका छन् । पार्टी एकता गर्ने घोषणा सहित चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाव्यापि रुपमा चुनाब प्रचार प्रसारलाई आक्रमक बनाएको छ । अभियान... पुरा पढ्नुहोस

म्याग्दीको निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, आबश्यक जनशक्ति परिचालन :प्रशासन

म्याग्दी, २ मंसिर । निर्वाचन नजिकिएसंगै म्याग्दीमा सुरक्षा चुनौती बढेको छ । जिल्लाको सुरक्षा व्यवस्था मजबुत रहेको सुरक्षा अधिकारीहरुले बताईरहेका बेला बेनी नगरपालिका भित्रै भएको बम विष्फोटको घटनामा संलग्नहरुको पहिचान हुन सकेको छैन् ।गत मंगलवार दिउँसो बेनीनगरपालिका–१ अर्जममा नेपाली काँग्रेसको चुनाबी प्रचार टोलीलाई लक्षित गरि माइन बम विस्फोट भएको थियो... पुरा पढ्नुहोस

दिवंगत अभिभावकको स्मृतीमा विद्यालयलाई सहयोग

ताकम २ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविलाई एक प्रवासीले नगद र प्रबिधिको सामाग्री सहयोग गरेका छन् । साविक ताकम गाविस ३ घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका ऋषीनाथ सुवेदीले शुक्रबार नगद १ लाख र पचास हजार रुपैया मूल्य बराबरको एक थान ल्यापटप सहयोग गर्नुभएको... पुरा पढ्नुहोस

मुस्ताङमा बाम गठबन्धनका उमेद्वारको गाडी तोडफोड

मुस्ताङ, २ मंसिर । मुस्ताङको बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीकाको कागबेनीमा शुक्रबार साँझ बाम गठबन्धनका उमेद्वारले चुनाव प्रचारमा प्रयोग गरेको सवारी साधन तोडफोड भएको छ । कागबेनीको होटल ड्रागन अगाडी रोकेर राखिएको ग १ ञ ३९६ नम्बरको ल्याडक्रुजर गाडीको अगाडीको भागको सिसा तोडफोड भएको हो । सो गाडी प्रतिनिधिसभाका एमालेका उमेद्वार प्रेम... पुरा पढ्नुहोस

वाम गठबन्धनको पाउद्वारमा आमसभा

म्याग्दी, २ मंसिर । वाम गठबन्धनको शुक्रबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाउद्वारमा चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं वाम गठबन्धनका प्रतिनिधिसभाका साझा उम्मेदवार भूपेन्द्रबहादुर थापाले जनताको जीवनस्तरमा सुधार ल्याउन र देशको परिवर्तनका लागि वामपन्थी पार्टीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका... पुरा पढ्नुहोस