म्याग्दी समाचार

तिप्ल्याङका आगलागी पिडितलाई राहत जुटाउन साँसद केसी र जिसस प्रमुख केसीको आह्वान

म्याग्दी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट पिडित भएका दुई घरपरिवारलाई राहत सहयोग गर्न म्याग्दीका प्रदेशसभा साँसद विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आह्वान गर्नुभएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १÷१ वटा घर जलेर... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न

भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले... पुरा पढ्नुहोस

ठकुरी समाज ओमन द्वारा आयोजित भलिबल प्रतियोगितामा मोना ओमन प्रथम हुन सफल

ठकुरी समाज ओमन द्वारा आयोजित भलिबल प्रतियोगिता डिसेम्बर २२ तारीख शुक्रबारको दिन ओमनको मस्कट गोब्रा पावर पलान्ट खेल मैदान मा सम्पन्न भएको छ । सम्पन्न उक्त खेलमा मोना ओमनको १ टिम सहित ओमनमा सक्रिय रहेका बिभिन्न संघ सस्था तथा क्लबका गरी कुल ११ टिम को सहभागिता रहेको थियो । ओमनमा... पुरा पढ्नुहोस

तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षती (तस्बिर सहित)

  म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षती भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट... पुरा पढ्नुहोस

ठाडाखानी गाउँ चिनाउने गितहरुको म्युजिक भिडियो छायांकन

म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँलाई समेटीएका गितहरुको म्यजिकि भिडियो छायांकन गरिएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न बनाईएका आउनुहै ठाडाखानी र छन्त्याल गित संगै सालैजो भाकाको एक वटा गरि तीन वटा गितहरुको एकैसाथ म्युजिक भिडियो तयार गर्न लागिएको हो । मायाँ तिलिजा र... पुरा पढ्नुहोस

जनप्रतिनिधिको उपेक्षाका कारण कृषकहरु मर्कामा

म्याग्दी ८ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधी उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा... पुरा पढ्नुहोस

यसरी भयो धौलागिरि माविमा पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुको पुनर्मिलन (फोटो फिचर)

म्याग्दी, ७ पुस । बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फि विकासमा सहयोग जुटाउन विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरको पुनर्मिलन कार्यक्रम सुरु गरेको छ । जिल्लामा एक मात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालु शैक्षिक सत्रदेखि सुरु गरेको कक्षा ११ र आगामी बर्ष सुरु हुने कक्षा... पुरा पढ्नुहोस

प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु

बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा... पुरा पढ्नुहोस

बेग र बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको निर्माण कार्य तिब्र

म्याग्दी, ७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका निर्माणधिन झोलुङ्गे पुलको पूर्वाधार निर्माणले तिब्रता पाएको छ । तीन बर्ष अगाडी सिलन्यास गरिएको उक्त ३ सय ६५ दशमल ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय... पुरा पढ्नुहोस

छोरा बचाउन ६८ वर्षीय आमाले मृगौला दिदै, आर्थिक सहयोगका लागि अपिल

म्याग्दी, ०६ पुस । दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत साउन ६ गते देखि उपचाररत धौलागीरी गाउपालिका – ५ मल्कबाङ्गका ३१ वर्षीय धनबहादुर बुढाथोकिलाई लाइ बचाउन आफ्नी ६८ वर्षीय आमाले मृगौला दान गर्ने भएकी छिन । मृगौला प्रत्यारोपण केन्द्रको सिफारिसमा मनमोहन मेमोरियल मेडिकल... पुरा पढ्नुहोस