लोक नृत्य प्रतियोगितामा प्रथम बन्न सफल नेपाल मगर संघ पोखराको तस्विरहरु
- ३ माघ २०७४, बुधबार
- धिरन खत्री
- 4548 पटक पढिएको
म्याग्दी,३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा मंगलवार भएको खुला लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम हुन सफल भएको थियो ।
९ टिमको सहभागिता रहेको प्रतियोगितामा सुरुवातदेखि नाचलाई दर्शकमाझँ आकर्षक र मौलिक रुपमा प्रस्तुती गर्दै पोखरा प्रथम हुन सफल भएको थियो । म्याग्दी जिल्ला भौगोलिक रुपमा विगट मानिए पनि पर्यटकिय, जलविधुत, कृषि र मौलिक लोकसस्कृतिमा पनि छुट्टै पहिचान छ । यसको प्रव्रद्धन तथा विकास गर्नका लागि म्याग्दी महोत्सव आयोजना गरिएको हो ।
स्थानीय मौलिक कलासस्कृतिलाई उजागर गर्दै जातजातिमा भएको पहिचानलाई सबैमा चिनाउन नृत्य प्रतियोगितामा सहभागिहरुले आर्कषक रुपमा पहिचान झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।तस्विरः धिरन खत्री

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l