‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

  • १३ आश्विन २०८१, आईतवार
  • 618 पटक पढिएको

म्याग्देली लोक गायक नारायण पौडेलकाे‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक पौडेल र अस्मि कटुवाल, गरिमा परियारको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

नकुल ढकालको शब्द धुव्र जिसको संगीत रहेको गीतमा मायाँ प्रेममा हुन सक्ने शंका, घात र दोहोरो चरित्रको बिषयलाई उठान गरिएको छ ।

गीतको म्युजिक भिडियो म्याग्दीको सदरमुकाम बेनीबजार,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम लगायतका क्षेत्रमा छायांकन भएको छ । म्युजिक भिडियोमा रिया रोकामगर, राज केसी, सुनिल बानियाँ, रञ्जित जिसी लगायतले अभिनय गर्नुभएको छ ।