म्याग्दी समाचार
जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७४, मंगलवार
पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस
रहरलाग्दो डोको बुनाई !
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस
असिनाले खेतीबालीमा क्षत्ती
- wp_days_ago_v3(); ?>
- २९ फाल्गुन २०७४, मंगलवार
बेनी २९ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो । भित्र्याउने बेला भएको गहुँ,... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको नगरसभामा जनप्रतिनिधी र कर्मचारीको किन भयो ? जुहारी
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालीकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालीकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक... पुरा पढ्नुहोस
नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
बेनी २८ फागुन । बेनी नगरपालीकाले चालु आर्थिक वर्ष २०७४७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको... पुरा पढ्नुहोस
भगवती स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
भगवती २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधी... पुरा पढ्नुहोस
यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।मृतकको संख्या... पुरा पढ्नुहोस
लाम्गादेका परिवारलाई कोरीयाबाट आर्थिक सहयोग
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
बेनी २८ फागुन । क्यान्सरबाट थलीएर उपचारको क्रममा दिवंगत भएको मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेका परिवारलाई कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालीका ६ दरवाङ घर भई हाल दक्षिण कोरीयामा रहनुभएका किसान सेन विश्वकर्माको पहलमा पचास हजार रुपैया सहयोग प्राप्त भएको लाम्गादेका ज्वाई अमृत नेपालीले बताउनुभयो ।... पुरा पढ्नुहोस
प्रवासमा कोसेली बन्दै म्याग्दीकाे ‘सुकुटी’
- wp_days_ago_v3(); ?>
- २८ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २८ फागुन । सहर बजार र विदेशमा बसेकालाई गाउँघरबाट के कोसेली पठाउने ? म्याग्देलीलाई सोधियो भने सजिलो उत्तर आउँछ, सुकुटी । गाउँघर छाडेर अन्यत्र पुगे पनि यहाँको सुकुटीको स्वाद नबिर्सने धेरै छन् । त्यसैले विदेशमा रहेका आफन्तलाई गाउँघरको गतिलो कोसेली मासुको सुकुटी भएको छ ।छुट्टीमा आउँदा आफन्तलाई घडी, सुनको लकेट, मोबाइल र टेलिभिजन... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’
- wp_days_ago_v3(); ?>
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि... पुरा पढ्नुहोस