बेनीमा कस्ले गरायो काग सम्मेलन ! ( भिडियो सहित)

  • ३० फाल्गुन २०७४, बुधबार
  • 4665 पटक पढिएको

म्याग्दी, ३० फागुन । मंगलवार दिउँसो झण्डै चार बजेको समयमा बेनीको आकाशमा कागहरुको बथान थियो । सन्देश बाहकको रुपमा चिनिने कागहरु का का आवाज निकाल्दै बेनी माथिको आकासमा जम्मा भएका थिए ।

गलेशटोल माथिको आकासमा सयौँको संख्यामा कागहरु डुलिरहेका थिए । उनीहरुको आवाज र बथानलाई स्थानीयले घरघरबाट बाहिर निस्कीएर अवलोकन गरेका थिए । कागहरुको त्यो दृष्य कसैले काग सम्मेलन गराए भन्दा फरक थिएन् ।