बेनी आक्रमणको ‘निसानी’ बनेको युद्धपोल फिर्ता ल्याउने तयारी, पाटनढोकामा भेटियो युद्धपोल !
- १ चैत्र २०७४, बिहीबार
- 4438 पटक पढिएको
म्याग्दी, १ चैत । तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोललाई जिल्लामा फिर्त ल्याउन पहल थालिएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल जिल्लामा कुनै समन्वय नै नगरिकन काठमाण्डौमा पु¥याईएको थियो ।
रातारात गायब गरिएको उक्त पोल जिल्लामा फिर्ता ल्याउनको लागि पटक पटक पहल भएपनि सफल हुन नसकिरहेको समयमा अहिले पुनः जिल्ला समन्वय समितिको अगुवाईमा उक्त युद्धपोललाई जिल्लामा फिर्ताको लागि प्रहल गरिएको हो । उक्त पोल लाई बेनी मा ल्याएर युद्धका सबै अवशेष लाई ब्यबस्थीत गरि म्युजियम स्थापना गर्ने योजना अनुसार आवश्यक प्रकृया अगाडी बढाईएको जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो ।
जिल्ला समन्वय समितिले बेनी आक्रमणको निसानी बनेको उक्त पोलको अवस्थाबारे खोजी गर्न आबश्यक पहलको लागि धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँलाई आग्रह गरेको थियो । जिससको आग्रह बमोजिम युद्धपोलको खोजी गर्न काठमाण्डौ पुगेका परिषदका अध्यक्ष बानियाँले अहिले पाटनढोका स्थित मदन पुस्तकालय गुठीको हाता भित्र रहेको यालमाया केन्द्रमा उक्त पोल संरक्षित अवस्थामा भेटिएको बताउनुभयो ।
अध्यक्ष बानियाँ, म्याग्दी उद्योग बाणिज्य संघका महासचिब लिलाराम गौतम र बेनी समाज काठमाण्डौका अध्यक्ष याम श्रेष्ठको टोलीले गुठीका सञ्चालक कनकमणी दिक्षितलाई भेट गरि बेनी आक्रमणको उक्त पोल जिल्लामै फिर्ता गराउनको लागि जिल्ला समन्वय समितिले निर्णय गरे बमोजिमको पत्र बुझाएका छन् । ‘‘ बेनी आक्रमणका सबै अबशेषहरुको खोजी हुन जरुरी छ, ति सबै चिजलाई म्युजियमको रुपमा संरक्षित गर्न सक्यौँ भने यसले यहाँको पर्यटन विकासमा पनि सहयोग पुग्छ,’’– धौलागिरि पर्यटन परिषदका अध्यक्ष बानियाँले भन्नुभयो ।
उहाँले पोल फिर्ता गर्नको लागि मदन पुस्तकालय गुठी सकरात्मक रहेकाले उक्त पोललाई जिल्लामा के कसरी ? संरक्षण गर्ने भन्ने सम्बन्धमा जिल्ला स्थित सरोकारवालाहरु बिच छलफल कार्यक्रम गरि उचित राय लिने तयारी भैरहेको समेत बताउनुभयो । तत्कालिन माओवादी जनयुद्धका निसानीलाई संरक्षण गरेर नयाँ पुस्तालाई जानकारी दिने र पर्यटकलाई समेत आकर्षित गर्न सकिने भएकाले पोल फिर्ता ल्याउनका लागि पहल सुरु गरिएको हो । बेनीको मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको क्यारेक अगाडी दोहोरो भिडण्तको निसानी बनेर छियाछिया बनेको विजुलीको उक्त पोललाई मानवअधिकार कर्मी समेत रहेका कनकमणि दिक्षितले तत्कालिन विद्युत प्राधिकरणका कर्मचारीहरुको मिलेमतोमा रातारात काठमाण्डौ पु¥याएको स्थानीयबासीले बताउँदै आएका छन् ।