दोवाको डाडाँटोलमा नाली निर्माण

  • २८ जेष्ठ २०७५, सोमबार
  • 2073 पटक पढिएको

दोवा २८ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवाको डाँडाटोलमा नाली निर्माण भएको छ । गाउँपालीका र जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा स्थानीयबासीले ढल ब्यवस्थापनका लागि नाली निर्माण गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाको एक लाख र भुसंरक्षणको सत्तरी हजार रुपैया अनुदानमा ९३ मिटर लामो नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रुपबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार नाली निर्माण गर्न १५ घरधुरीले दुई दिनका दरले १८ हजार रुपैया बराबरको श्रमदान गरेका थिए ।
नाली निर्माण भएपछि ढल ब्यवस्थापन सहज भई सरसफाई कायम राख्न र बाढी पहिरो रोकथाममा सहयोग पुगेको छ । भिरालो पाखोमा गुजुमुज्ज परेको दोवाको अधिकांश बस्तीमा ढल निकासका लागि नाली निर्माण गर्नुपर्ने बताइएको छ ।