म्याग्दी समाचार
ताकममा तिज मेला सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
ताकम ३० भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा हरितालीका तीज पर्वको अवसरमा शुक्रबार विबिध कार्यक्रम सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरी जनयुवा क्लब ताकमको सहयोगमा तिज गित, महिला भलिबल, राधाकृष्ण नृत्य प्रर्दशन लगायतका कार्यक्रम गरिएको हो । तिज... पुरा पढ्नुहोस
मुस्ताङको कोवाङमा फालो पर्व सुरु
- 7 बर्ष, 3 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
कोवाङ (मुस्ताङ¬) ३० भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ... पुरा पढ्नुहोस
म्याग्दीमा बाल दिवस मनाईयो
- 7 बर्ष, 3 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७५ शुक्रबार म्याग्दीमा “सुखि नेपाली, सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ” विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । शिक्षा विकास तथा समन्वय ईकाईको आयोजना र सिवीन नेपालको सहयोगमा बेनीको प्रकाश माविमा बालमैत्री विद्यालय शिर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।... पुरा पढ्नुहोस
मिडिया सोसाईटी म्याग्दीको अध्यक्षमा खत्री चयन
- 7 बर्ष, 3 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
म्याग्दी, २९ भदौ । म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा पत्रकार कमल खत्री चयन हुनुभएको छ । सोसाईटीको शुक्रवार बेनीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो । संस्थाका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले वैदेशीक यात्राको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा साधारण सभाबाट समृद्ध साप्ताहिक खवर पत्रिकाका... पुरा पढ्नुहोस
सञ्चारकर्मी विश्वकर्मा मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत
- 7 बर्ष, 3 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
बेनी २९ भदौ । म्याग्दीमा विगत एक दशक देखि सञ्चार क्षेत्रमा क्रियाशिल अमित विश्वकर्मा पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारण सभाको अबसरमा सञ्चारकर्मी विश्वकर्मालाई शुक्रबार ‘मिडिया सोसाईटी अवार्ड’द्धारा पुरस्कृत गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेनीमा म्याग्दीकाली एफएममा स्टेशन म्यानेजर पदमा कार्यरत... पुरा पढ्नुहोस
उडाइनो छहरा र बाङ्गे झरना बन्यो युवायुवतीको क्रिडास्थल र दुव्र्यसनीको अखडा
- 7 बर्ष, 3 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
बेनी, २९ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको शिरानमा रहेका उडाइनो छहरा र बाङ्गे झरना विदाको दिनमा युवायुवतीहरुकोे क्रिडास्थल र दुव्र्यसनीको अखडा वन्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् छुट्टीको दिनको उपयोग गर्ने निहुमा बजार क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु समूह समूह बनाएर जाने गरेका छन् ।... पुरा पढ्नुहोस
म्याग्दीमा आएको बाढीले निम्त्याएको जोखिम न्युनिकरण गर्न पहल ( भिडियो सहित)
- 7 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
बेनी, २८ भदौ । बुधवार साँझ रघुगंगा र कालिगण्डकी नदीमा आएको बाढीले निम्त्याएको बिपद व्यवस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिले पहल थालेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा जनप्रतिनिधि, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकले नदी कटानबाट उच्च जोखिममा परेको बेनी र गलेश्वर... पुरा पढ्नुहोस
भकुण्डेमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम
- 7 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २८ भदौ । ‘खेलकुद र परम्परागत कला संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित हरितालिका तीजको पावन अवसरमा आयोजित विविध खेलकुद तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भकुण्डे युथ क्लबको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा आयोजित तीज विशेष कार्यक्रम बुधबार सकिएको हो । कुल २४ टिम सहभागी भलिबल... पुरा पढ्नुहोस
मिर्गौला पीडित सुरेशको उपचारका लागि १२ लाख जुट्यो
- 7 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
भदौ, २८ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि १२ लाख ४३ हजार छ सय पाँच रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाउ अभियान मार्फत उक्त रकम संकलन भएको हो । विहिवार विभिन्न व्यक्ति र संस्थाबाट सुरेशको उपचारका लागि... पुरा पढ्नुहोस
लामगरामा मन्दिर निर्माण
- 7 बर्ष, 3 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
बेनी, २८ भदौ । बेनी नगरपालिका १ लामगरामा महिलाको अगुवाईमा मन्दिर निर्माण भएको छ । लामगरामा रहेको जागृती आमा समूहको नेृत्वमा सिद्धी बिनायक गणेश मन्दिर निर्माण भएको हो । पाँच लाख रुपैया भन्दा बढीको लगानीमा निर्माण भएको मन्दिरमा बिहीबार गणेश चतुर्थी तिथीको अवसर पारेर मुर्ती प्रतिस्थापन गरिएको स्थानीय कमल थापाले... पुरा पढ्नुहोस