म्याग्दी समाचार

मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर चयन

म्याग्दी, २३ साउन । जापानको नागोया क्षेत्रमा रहेका म्याग्देलीहरुको संस्था मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर निर्वाचित हुनुभएको छ । समितिको बुधवार भएको प्रथम अधिबेशनबाट चोचाङ्गेको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा शुसिल गर्बुजा मगर, उपाध्यक्षद्धयमा टक चोचाङ्गे मगर... पुरा पढ्नुहोस

अनुगमनमा भेटियो म्याद सिद्धिएको पिय पदार्थ

म्याग्दी, २३ साउन । जिल्लाको बेनी नगरपालिका २ बगरफाट र दुघेखोलाकाको ८ ओटा किराना पसलमा अनुगमन गर्दा म्याद सिद्धिएको पिय पदार्थ भेटिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवि अर्याल नेतृत्वमा गरिएको अनुगमनले किराना पसलमा कोक फ्यान्टा र स्प्राईट जस्ता पिय पदार्थ बढी मात्रामा म्याद... पुरा पढ्नुहोस

रानीपौवाकी रोजिना बि.क दुइ महिनादेखी बेपत्ता

म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाकी एक बालिका गत जेठ तिन गते देखी बेपत्ता भएकी छन् । रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ बर्षीया छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । घरबाट स्कुल जान्छु भनेर जेठ ३ गते बिहान ९ बजे निस्केकी उनी अहिले सम्म घर... पुरा पढ्नुहोस

सुर्केमेलामा बर्षौदेखि पहिरोको त्रासः सत्र घर पहिरोको जोखिममा

म्याग्दी २३ साउन । बस्ती माथीको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका ४सुर्केमेला गाउँ जोखिममा परेको छ । बेनी नगरपालीका ३ को पहाडबाट खसेको पहिरोले खोल्सामा बाढी आउन थालेपछि फेदीमा अवस्थित सुर्केमेला जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएर छेउछाउको बस्तीतर्फ कटान गरेको छ । पहिरोका कारण १७ घर जोखिममा... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा नौ लाख बढी भेटि संकलन

बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैया भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो... पुरा पढ्नुहोस

जेष्ठ नागरीकद्धारा पुल र बाटो मर्मत

बेनी २२ साउन । बेनीका एक जेष्ठ नागरीकले निजी लगानीमा पुल र बाटो मर्मत गर्नुभएको छ । बेनी नगरपालिका ७ ईन्द्रेणीटोल निवासी ७६ वर्षिय नैनकुमार श्रेष्ठले मंगलाघाट स्थित झोलुङ्गे पुल, पुल देखि सडकमा निस्कने र बेनी भगवती मन्दिर नजिकैको पुल देखि खबरातर्फ जाने बाटो मर्मत गर्नुभएको हो । जिर्ण अवस्थामा... पुरा पढ्नुहोस

तिजको गित सुनको सिक्री बजारमा (भिडियो सहित)

म्याग्दी, २२ असार । म्याग्दीका नवगायक कृष थापाको तिज गित ‘सुनको सिक्री’ बजारमा आएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको प्रस्तुतीमा मंगला गाउँपालिका – ३ खर्कका नवगायक थापाले समसामयिक र पारिवारिक बिषयबस्तुलाई आधार बनाएर तयार बनाएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । कलाकार थापा र गायीका लक्ष्मी परियारको स्वर... पुरा पढ्नुहोस

बेनीमा सेन्चुरी कमर्सियल बैकंको शाखा उद्घाटन

  म्याग्दी २२साउन । म्याग्दीको सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकको १ सय १२ औँ शाखा स्थापना भएको छ । मंगलबार शाखाको उद्घाटन् बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले सयुक्त रुपमा गरेका हुन् । ८बर्ष अगाडि स्थापना भएको बंैकले ५२ जिल्लामा सेवा विस्तार गरेको छ । बैकको... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनी देखि तीरी जोड्ने पुल बगायो

ठिनी (मुस्ताङ) । हिमाली जिल्ला मुस्ताङमा लगातारको वर्षात पछि कालिगण्डकी नदीको पानीको सतह अत्यधिक रुपमा बृद्धि भएपछि नदीको कटानका कारण वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा न ४ तिरीमीन्दिमा पर्ने कागबेनी देखि तीरी जोड्ने काठेपुल हिजो साँझ ५ः०० बजे कालीगण्डकी नदिले बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ (धारा)ले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी, २१  साउन।  म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस