भिरबाट लडेर महिलाको मृत्यु
- २६ कार्तिक २०७५, सोमबार
- 2103 पटक पढिएको
म्याग्दी २६ कार्तिक । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनको हिलवाङमा भिरबाट लडेर आइतबार एक महिलाको मृत्यु भएको छ ।
खरबारीमा घाँस काट्ने क्रममा लडेर हिलवाङकी ४६ वर्षीया सतदेवी बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।
घर देखि करिब ५०० मिटर नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बेनी अस्पतालमा ल्याएको बिकको शव चिकित्सकले परिक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरी निरिक्षक गुरुङले बताए ।