म्याग्दी समाचार
पुलको काम गराउने की कारबाही गर्ने ? स्थानीयवासी
- 6 बर्ष, 7 महिना अगाडि
- २८ कार्तिक २०७५, बुधबार
सुन्दरकुमार थकाली मुस्ताङ,२८ कार्तिक । वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नं. ४ एक्लेभट्टीमा निर्माणधिन एक्लेभट्टी–पाक्लिङ जोड्ने पक्की मोटरेबल पुलको काम लामो समय देखि रोकिएपछि वारागुङ मुक्तिक्षेत्र गाउपालिका ५ का स्थानीयवासीको धैर्यताको बाध टुट्न पुगेको छ ।पुल बन्ला र सुविधा प्राप्त गरौला भन्ने उनीहरुको सपना अझै पुरा हुन सकेको छैन् ।पुलको लथालिङ... पुरा पढ्नुहोस
प्राविधिक शिक्षामा जोड दिनुपर्छः नेकपाका अध्यक्ष प्रचण्ड
- 6 बर्ष, 7 महिना अगाडि
- २८ कार्तिक २०७५, बुधबार
म्याग्दी, २८ कात्तिक । पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहमुखी क्याम्पसको भौतिक संरचना अवलोकन कार्यक्रममा जिल्लाको प्राकृतिक स्रोतसाधनलाई प्रयोग गर्न प्राविधिक शिक्षालाई जोडदिनुपर्ने बताए । संविधानको मर्मअनुसार... पुरा पढ्नुहोस
सहिद परिवारलाई भेट्न सिमलचौरमा पुगे प्रचण्ड र बादल (भिडियो सहित)
- 6 बर्ष, 7 महिना अगाडि
- २८ कार्तिक २०७५, बुधबार
म्याग्दी २८ कात्तिक । मंगला गाउँपालिका–२ सिमलचौरकी सहिद परिवारकी गुमा कुमारी खड्काले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापालाई पहिलो पटक आमने सामने भेट्ने अवसर पाईन् । तत्कालिन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ बर्षिय खड्कालाई आफ्नै गाउँमा तत्कालिन जनयुद्धका सर्वोच्च कमाण्डरहरुलाई मंगलवार मात्रै भेट्ने... पुरा पढ्नुहोस
पिप्लेका उपभोक्ता समितिलाई अनुशिक्षण
- 6 बर्ष, 7 महिना अगाडि
- २८ कार्तिक २०७५, बुधबार
बेनी २८ कार्तिक । रघुगंगा गाउँपालिका– २ पिप्लेमा उपभोक्ता समितिका पदाधिकारी र सरोकारवालाहरुका लागि मंगलबार योजना सञ्चालन सम्वन्धी अनुशिक्षण तालिम दिएको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रमको पारदर्शी, व्यवस्थित, जनसहभागिता र ब्यवस्थित रुपमा कार्यान्वयनका लागि वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष, जनप्रतिनिधि र... पुरा पढ्नुहोस
सबै क्षेत्रको सिण्डिकेट हटाउन सरकार लागीपरेको छः गृहमन्त्री थापा
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
बेनी, २७ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले सरकारले यातयात क्षेत्रसंगै अन्य क्षेत्रमा रहेको सिण्डिकेट हटाउन लागीपरेको बताउनुभएको छ । म्याग्दी कोरला यातयात प्रा.लि.द्धारा बेनी–काठमाण्डौ सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको मंगलवार साँझ बेनीमा सुभारम्भ गर्दै गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको समृद्धि र आम नागरिकको आयआर्जनमा सुधार ल्याउन... पुरा पढ्नुहोस
सिंहदरबार गाउँमै आउँछः नेकपाका अध्यक्ष प्रचण्ड
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार गाउँघरमै आएर छाड्ने उद्घोष गर्नुभएको छ । मंगला गाउँपालिका–२ सिमलचौरमा मंगलबार स्थानीय अगुवा कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख भए बमोजिम जनताको सेवा र सुविधाको लागि सिंहदरबारको अधिकार स्थानीय सरकार मार्फत गाउँमै आउने बताउनुभयो... पुरा पढ्नुहोस
नीजि शिक्षकको तलव जुटाउन देउसीभैलोबाट दुईलाख २७ हजार संकलन्
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
म्याग्दी, २७ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझपानीमा रहेको देउराली आधारभूत विद्यालयमा निजि शिक्षकको तलव जुटाउन् देउसीभैलोबाट २ लाख २७ हजार ५७४ रुपैया संकलन गरिएको छ । विद्यालयको आयोजना ढुङ्गेधारा र सिर्जनशिल आमासमुहको सहयोगमा चारदिनसम्म संचालन भएको देउसीभैलोमा सो रकम संकलन गरिएको हो । नेपालीहरुको दोस्रो महान चार्ड तिहारको अवसरमा... पुरा पढ्नुहोस
धार्मिक पर्यटकीय स्थल गलेश्वरमा नेकपाका अध्यक्ष दाहालद्धारा अवलोकन (फोटो फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७५, मंगलवार
बेनी २७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको अवलोकन गर्नुभएको छ । बेनी नगरपालिका–९ मा अवस्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको गलेश्वरमा पुगेर आज विहान अध्यक्ष दाहाल र गृहमन्त्री रामबहादुर थापाको टोलीले अवलोकन भ्रमण गर्नुभएको हो । सो क्रममा... पुरा पढ्नुहोस
सांसद थापाद्धारा १८ वटा योजनालाई तीन करोड ९६ लाख बजेट बितरण
- 6 बर्ष, 7 महिना अगाडि
- २६ कार्तिक २०७५, सोमबार
बेनी २६ कात्तिक । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि १८ वटा योजनालाई तीन करोड ९६ लाख रुपैया बजेट बिनियोजन गर्नुभएको छ । स्थानीय तह, जिल्ला समन्वय समिति, प्रदेशका जनप्रतिनिधि र सरोकारवालाहरु संगको परामर्शपछि कार्यबिधि अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट बाँडफाँड... पुरा पढ्नुहोस
झिँको महेन्द्र माविका लागि देउसीभैलोबाट तीन लाख ७१ हजार रुपैया संकलन
- 6 बर्ष, 7 महिना अगाडि
- २६ कार्तिक २०७५, सोमबार
बेनी २६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयको सहयोगका लागि स्थानीयबासीले तिहार पर्वको अवसरमा देउसी भैलो खेलेर करिब पौने चार लाख रुपैया संकलन गरेका छन् । विद्यालयको सेवा क्षेत्रमा तिहार पर्वको अवधिमा खेलीएको देउसी भैलोबाट तीन लाख ७१ ह्जार २० रुपैया सहयोग संकलन भएको प्रअ... पुरा पढ्नुहोस