म्याग्दी समाचार
ताकमकोत निर्माण समिति गठन
- 6 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
ताकम १४ पुष । धवलागिरी गाउँपालिका ७ मा रहेको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माणका लागि शुक्रबार धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा निर्माण समिति गठन भएको छ । वडा अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकबाट मन्दिर निर्माणको काम अघि बढाउन गठन गरिएको समितिको उपाध्यक्षमा नरकुमारी... पुरा पढ्नुहोस
अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण
- 6 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
पोखरेबगर १४ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ... पुरा पढ्नुहोस
घुम्ती टोली मार्फत पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन
- 6 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । जलजला गाउँपालिकाले वडा स्तरमा सञ्चालन गरेको घुम्ती टोली मार्फत एक हप्ताको अवधिमा पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन भएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि वडामा खटिएको घुम्ती टोलीले एक हप्ताको अवधिमा चार वटा वडाका ७४९ जनाबाट पाँच... पुरा पढ्नुहोस
ओखरबोटका १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- 6 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले शुक्रबार वडा न. ४ ओखरबोटमा शुक्रबार आयोजना गरेको घुम्ती शिविर मार्फत १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप तीन जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका... पुरा पढ्नुहोस
प्रकाश माविले ६६ औं वार्षिकोत्सव मनायो
- 6 बर्ष, 7 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
म्याग्दी, १० पुस । जिल्लाकै पुरानो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रम सहित बनाईएको छ । सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक... पुरा पढ्नुहोस
अर्मनबासीलाई पुल नहुँदाको पिडा : खोलामै जोखिम मोलेर सवारी वारपार ( फिचर)
- 6 बर्ष, 7 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
म्याग्दी, १० पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा सडक पुगेको ७ बर्ष बढी भैसक्यो तर स्थानीयबासीले सडक पुगेको अनुभुती गर्न भने अझै पाएका छैनन् । गाउँपालिकाको केन्द्र बावियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारको लागि पुल निर्माण नभएपछि अर्मनबासीको लागि यातायातको सहज पहुँच नपुगेको हो ।अहिले यहाँका... पुरा पढ्नुहोस
मराङको बेशीमा दन्त शिविर सुरु
- 6 बर्ष, 7 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको... पुरा पढ्नुहोस
अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग
- 6 बर्ष, 7 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकालाई समुदायबाटै जग्गा व्यवस्थापन
- 6 बर्ष, 7 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकालाई भवन निर्माणको लागि समुदायबाट जग्गा व्यवस्थापन गर्न सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गर्ने सार्वजनिक जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारणमा समुदायस्तरबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन गर्न लागिएको हो । मौवाफा“टको गाउ“पालिका केन्द्र रहेको क्षेत्रमा... पुरा पढ्नुहोस
जिपको ठक्करबाट वृद्धाको ज्यान गयो
- 6 बर्ष, 7 महिना अगाडि
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको धारामा जिपको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । ग २ च ३०८ नम्बरको निजी जिपले ठक्कर दिँदा घाइते भएकी अर्मन धाराकी ७० वर्षीया कृष्णकुमारी रोका क्षेत्रीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले जानकारी... पुरा पढ्नुहोस