म्याग्दी समाचार

तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो

म्याग्दी २२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डको आम्दानी दोब्बरले वृद्धी भएको छ । स्थानीय तहले प्रतिस्पर्धा मार्फत कुण्ड सञ्चालन गर्न थालेपछि आम्दानी बढेको हो । कुण्डबाट गत आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकालाई २५ लाख १७ हजार रुपैया आम्दानी भएको थियो । चालु आर्थिक... पुरा पढ्नुहोस

मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस

बेनी–जोमसोमको म्याग्दी खण्डमा तीन मोटरेबल पुलनिर्माण शुरु

म्याग्दी, २४ भदौ ।  बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन

बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका... पुरा पढ्नुहोस

मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न

तेजिन्द्रमान पुन म्याग्दी, २३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा चोचाङ्गी पुनहरुको भेला सम्पन्न भएको छ । सो भेलाबाट चोचाङ्गी पुन समाजको अध्यक्षमा भेषबहादुर चोचाङ्गी, सचिबमा तब बहादुर पुन र कोषाध्यक्षमा प्रदेवी पुन चयन भएका छन् । मराङ, बिम र खिबाङमा रहेका चोचाङ्गी पुनहरुको सहभागीता रहेको सो भेलाले आगामी मंसिरमा... पुरा पढ्नुहोस

पत्रकार गौतम पुरस्कृत

म्याग्दी २३ भदौ ।बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमा नगद तिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअ लिलाधर अधिकारी... पुरा पढ्नुहोस

दिदीबहीनी सहकारीको करिब साढे तेह् करोड लगानी

बेनी २३ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७४÷७५ मा करिब साढे १३ करोड रुपैया कर्जा लगानी गरेको छ । संस्थाको शनिबार बेनीमा भएको सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा दश कराेड २१ लख ६८ हजार ७९२ रुपैया... पुरा पढ्नुहोस

हरितालिका तीजको अवसरमा खवरमा विविध कार्यक्रम सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको बेनी नगरपालिका– २   खबरामा हरितालिका तीजको अवसरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गणेश आमा समुहका अध्यक्ष बबिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा, वडा सदस्य गौमती नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गित तथा नृत्य प्रस्तुत संगै दर... पुरा पढ्नुहोस

राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान

म्याग्दी, २३ भदौ । ३९ आँै राष्ट्रिय शिक्षा दिवस एवम अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरुलाई सम्मान गरेर मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सहआयोजनामा शनिबार विविध कार्यक्रमसंगै विद्यार्थीहरुलाई सम्मान गर्दै बेनी सामुदायिक विद्यालयको प्राङ्गरणमा मनाईएको हो । बेनी नगरपालिकाको... पुरा पढ्नुहोस