म्याग्दी समाचार

सानालेखको महाशिवरात्री मेलामा माैलिकता(भिडियाे सहित)

धु्रबसागर शर्मा म्याग्दी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा आयोजित दोस्रो महाशिवरात्री मेला एवम् विविध सांस्कृतिक कार्यक्रम २०७५ सबैका लागि अनुकरणीय बन्दै सम्पन्न भएको छ । सानालेखको लेखसाइड युथ क्लवको आयोजनामा गत शुक्रवारदेखि शुरु भएको मेला एवम् सांस्कृतिक कार्यक्रममा जेष्ठ नागरिक सम्मानदेखि लिएर लोपोन्मुख संस्कृतिको... पुरा पढ्नुहोस

गलेश्वरमा एकै दिन तीन लाख भन्दा बढी भेटि संकलन

सन्तोष गौतम बेनी २१ फागुन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा एकै दिन तीन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले तीन लाख १४ हजार २१० रुपैयाँ भेटी चढाएका हुन् । गलेश्वर क्षेत्र विकास कोषका सदस्य... पुरा पढ्नुहोस

मोना युएईद्वारा चिमखोलाकी इन्दिरा पुन ‘उसा’लाई आर्थिक सहयोग

म्याग्दी २१ फागुन । युएईमा खुट्टामा समस्या आएपछि समस्यामा परेकी म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाकी इन्दिरा पुन (उसा) लाई म्याग्दी प्रवासी नेपाली संघ( मोना) युएईले आर्थिक सहयोग गरेको छ । एक्कासी खुट्टामा समस्या आएपछि हिँडडुल गर्न समेत नसक्ने भएको र कम्पनीले उपचारमा बेवास्ता गरेपछि मोना युएईले उनलाई घर फिर्ताको लागि... पुरा पढ्नुहोस

शिक्षक आन्दोलनले म्याग्दीको पठनपाठन प्रभावित

म्याग्दी, २१ फागुन । राहत तथा बाल विकास केन्द्र र अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा म्याग्दीमा मंगलबार सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले... पुरा पढ्नुहोस

दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण (फोटो फिचर)

सन्तोष गौतम, दोसल्ले २० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा आमाहरुको अगुवाइमा पदमार्ग निर्माण भएको छ । महिलाहरुले नाचगान गरेर जुटाएको पैसाले पदमार्ग बनाएका हुन् ।  जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरी ढुङ्गाको सिढी सहितको पदमार्ग बनाएका हुन् । डेढ मिटर चौडाई भएको ५०० मिटर पदमार्ग निर्माणमा नौ लाख... पुरा पढ्नुहोस

नेपाली काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता बेनी आउदै

म्याग्दी, २० फागुन ।  नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु यही फागुन २५ गते म्याग्दी सदरमुकाम बेनी आउने भएका छन् । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री रामचन्द्र पौडेल र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी आउने भएका हुन् ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीकोे कार्यालय ‘वि.पी.... पुरा पढ्नुहोस

मोना पोर्तुगल अलेन्तेजो क्षेत्र दोस्रो अधीवेशन सम्पन्न, अध्यक्षमा पौडेल चयन

पोर्तुगल २० फागुन । पोर्तुगलमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको क्षेत्रीय समिति मोना पोर्तुगल अलेन्तेजो क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मणी रत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल, दिप शाही, कुल गर्बुजा, महासचिवमा धनुष छन्त्याल, सचिवमा... पुरा पढ्नुहोस

गलेश्वरमा शसस्त्र प्रहरीद्धारा हेलीप्याड निर्माण (फोटो फिचर)

कमल खत्री बेनी २० फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा हेलिप्याड निर्माण गरिएको छ । अत्याबश्यक समयमा उद्धार र राहतमा हेलीकप्टर अवतरणको लागि गलेश्वर स्थित सशस्त्र प्रहरीको गुल्मले हेलीप्याड निर्माण गरेको हो । गलेश्वर बहुउदेश्यीय बाटीका परिसरमा ४ दिन सम्म १३ जना सशस्त्र प्रहरी जवानहरुले श्रमदान गरेर हेलीप्याड निर्माण गरेको... पुरा पढ्नुहोस

भगवान शिवजीकाे दर्शन गर्न गलेश्वरधाममा भक्तजनको भिड

म्याग्दी, २० फागुन । महाशिवरात्रि पर्वमा भगवान शिवजीको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो । गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा... पुरा पढ्नुहोस

नागी गाउँ चिनाउने म्युजिक भिडियो (भिडियो सहित)

म्याग्दी, २० फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी गाउँलाई चिनाउने गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटिएको प्राकृतिक शौन्दर्यताले भरिपूर्ण पर्यटकीय गाउँ नागीलाई देश तथा विदेशमा चिनाउन म्युजिक भिडियो तयार गरिएको हो । https://www.youtube.com/watch?v=vv3gdDlqCTI&feature=youtu.be&fbclid=IwAR1VERRBSa17gwd8uLX-WG3CxexJZK2n5q_gDYjPymVgBLfqCIRWdWCKC9Y दुई बर्ष बढी समय लगाएर तयार गरिएको सो म्युजिक भिडियोमा सबै... पुरा पढ्नुहोस