म्याग्दी समाचार

प्रहरीको स्वास्थ्य परिक्षण

  बेनी १ जेठ । बेनीमा बुधबार प्रहरी, कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय र बेनी अस्पतालको संयुक्त आयोजनामा निशूल्क स्वास्थ्य परिक्षण गरिएको हो । ५० जना प्रहरी तथा सुरक्षाकर्मीहरुको क्षयरोग सम्बन्धी माईक्रोस्कोपिक र सुगर परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा... पुरा पढ्नुहोस

नेकपाको बेनी नगर कमिटिलाई सपथ

  बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिलाई सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र सचिव हरिकृष्ण श्रेष्ठको उपस्थितमा कमिटिका ५९ जना सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणपछि अध्यक्ष पौडेलले निर्वाचित सदस्यहरुलाइ बद्याई दिदै पदअनुसार जिम्मेवारीलाई जनताको सेवामा प्रयोग गर्न... पुरा पढ्नुहोस

नेकपा निकट विद्यार्थी संगठनद्धारा बालगृहमा खाद्यान्न सहयोग

म्याग्दी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी म्याग्दी निकट विद्यार्थी संगठनद्धारा नेपाल बाल संठन म्याग्दीद्धारा संचालीत बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । ५५ औ स्थापना दिवसको अवसरमा अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारी म्याग्दीले सो सहयोग गरेका हुन् । विद्यार्थी नेता सुवास विश्वकर्मा, गणेश सुवेदी र ईश्वर सुवेदी लगायतको... पुरा पढ्नुहोस

स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

  बेनी १ जेठ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानको राष्ट्रिय सञ्जालले देशभर भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर पुस्तक प्रकाशनको तयारी गरेको छ । बेनीमा बुधबार अभियानको जिल्ला सञ्जालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संयोजक शान्तराज मूल्मीले वि.स २०७५ मा भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर... पुरा पढ्नुहोस

कृषकलाई अभिमुखिकरण

  बेनी १ जेठ । बेनीमा बुधबार व्यवसायिक कृषक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको समन्वय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तीन दिनसम्म तालिम सञ्चालन भएको थियो । तरकारी ब्लक आयोजना लागू भएको बेनी नगरपालिकाका २० जना कृषकहरु सहभागि... पुरा पढ्नुहोस

लैङ्गिक हिँसा विरुद्ध क्षमता विकास तालिम

म्याग्दी, १ जेठ । आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारण विरुद्ध दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक... पुरा पढ्नुहोस

रघुगंगाका पशुपंक्षीपालक कृषकलाई तालिम

म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२... पुरा पढ्नुहोस

करेन्ट लागेर घाइतेको उपचारका लागि लायन्स क्लवको सहयोग

बेनी १ जेठ । लायन्स क्लव अफ दरवाङले करेन्ट लागेर घाइते भएकी महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका ५ फेदीमा आइतबार करेन्ट लागेर घाइते भएकी स्थानीय दुर्गादेवी रोकाको उपचारका लागि २२ हजार १३५ रुपैयाँ सहयोग गरेको हो । दरवाङ बजारमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको... पुरा पढ्नुहोस

प्रेस स्वतन्त्रता माग गर्दै ज्ञापनपत्र

बेनी,१ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले प्रेस स्वतन्त्रताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले ज्ञापन पत्र बुझाएका हुन् । सरकारले बनाउन लागेको मिडिया... पुरा पढ्नुहोस

तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र

  तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन... पुरा पढ्नुहोस