प्रेस चौतारी नेपाल म्याग्दीको अध्यक्षमा बानीयाँ
- २८ पुष २०७८, बुधबार
- 863 पटक पढिएको
म्याग्दी, २८ पुस । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष प्रताप बानीयाँ हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट बानीयाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
कार्य समितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवि जिसी, सचिवमा अमित बिश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन हुनुभएको हो । त्यस्तै सदस्यहरुमा भुपेन बानीयाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन हुनुभएको छ ।
१५ सदस्यीय कार्य समितिमा १ सदस्य पछि मनोनित गरिने अध्यक्ष बानीयाँले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले गर्नुभएको थियो । उहाँले पत्रकारिताले समाज र देश परिवर्तन गर्ने सक्ने तागत राख्ने भएकाले पत्रकार आफ्नो पेशा प्रति सधै संवेदनशिल बन्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार सवैको साझा भएकाले समाचार सत्य र सन्तुलित हुनुपर्ने बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले जिल्लामा संचालित संचार माध्यम र त्यहाँ आवद्ध पत्रकारहरुको सवलिकरण तथा बिकासका लागि स्थानीय सरकारको दायित्व हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, अनेरास्ववियुका केन्द्रीय स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन समारोह प्रेस चौतारी म्याग्दीका सहसंयोजक प्रताप बानीयाँको अध्यक्षता र सह संयोजक अमित बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो