म्याग्दी समाचार

कांग्रेसबाट मेयरका उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माद्वारा प्रतिवद्धता पत्र सार्वजनिक

  म्याग्दी, ११ बैशाख । नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेद्धार बन्नुभएका चिरञ्जीवी शर्माले प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका उम्मेद्वार बन्नुभएका शर्माले निर्वाचनमा विजयी भएपछि नगरलाई समृद्ध र खुशी नगर बनाउन पाचँबर्षभित्रको कार्यकालमा गनुपर्ने काम समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक... पुरा पढ्नुहोस

आयोगको निर्देशन विपरित चुनावमा कर्मचारी खटाउदा बेनी नगरपालिका कर्मचारीको असन्तुष्टी

बेनी, ११ बैशाख । निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती गरी चुनावमा खटाइएको भन्दै बेनी नगरपालिकाका कर्मचारीले विरोध जनाएका छन् । आयोगले स्थानीय तहको निर्वाचनमा खटाउने कर्मचारीहरु सम्भव भएसम्म सम्बन्धित पालिकाबाट नै भर्ना गर्न निर्देशन छ । निर्वाचन अधिकृतले आफ्नो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी उपलब्ध भएसम्म सम्बन्धित स्थानीय... पुरा पढ्नुहोस

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

म्याग्दी, १० बैशाख । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२... पुरा पढ्नुहोस

मोना अष्ट्रेलियाले म्याग्दीका सबै स्थानीय तहमा आँखा शिविर गर्ने

    म्याग्दी, १० बैशा । दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले म्याग्दीका सबै स्थानीय तहमा आँखा शिविर गर्ने भएको छ । मोना अष्ट्रेलियाले नेपाल नेत्र ज्योति संघ म्याग्दीसँग सहकार्य गरेर शिविर गर्ने भएको हो । अष्ट्रेलियामा रहेको म्याग्देलीको साझा संस्था मोनाले म्याग्दीमा... पुरा पढ्नुहोस

माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उम्मेदवार बनाउने

बेनी, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उम्मेदवार बनाउने भएको छ । अध्यक्षको उम्मेदवारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा म्याग्दीको दलित... पुरा पढ्नुहोस

एकीकृत समाजबादीका अध्यक्ष विश्वकर्मा मेयरको उम्मेदवार

म्याग्दी, १० बैशाख । नेकपा (एकीकृत समाजबादी) ले बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । बेनीस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकीकृत समाजबादीको नगर कमिटी बैठकले पाटीका जिल्ला अध्यक्ष समेत रहेको विश्वकर्मालाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरमा... पुरा पढ्नुहोस

बेनपा–४ मा माओवादीका उमेद्वार घोषणा

बेनी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र)द्धारा मंगला गाउँपालिकामा उम्मेदवार सिफारिस

बेनी, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो । मंगलामा माओवादीबाट गाउँपालिका अध्यक्ष पदमा टेकबहादुर विक, चन्द्रप्रसाद बुढाथोकि र पुनम खड्काको नाम... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगर र मालिका गाउँपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार छनौट

बेनी, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर तथा मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेद्वार छनोट गरेको छ । पालिका कमिटी र जिल्ला समितिबाट गरेको सिफारिसको आधारमा शुक्रवार पार्टीको प्रदेश कमिटीको सचिबालयले उम्मेदवारहरुको छनौट गरेको हो । माओवादी केन्द्रबाट... पुरा पढ्नुहोस

डाँडाखेतमा सबस्टेशन निर्माण सुरु

  म्याग्दी, ९ बैशाख । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका–७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम सुरु भएको जानकारी... पुरा पढ्नुहोस