महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध नेकपा म्याग्दीको विरोध

  • १५ फाल्गुन २०७९, सोमबार
  • 402 पटक पढिएको

 

बेनी, १५ फागुन । नेपाल कम्यूनिष्ट पाटी म्याग्दीले महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध बेनीमा विरोध प्रदर्शन गरेको छ । महङ्गीले आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै नेकपाकाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।


सोमबार बेनीमा नेकपाले मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर, किसान, उद्योगी, व्यापारीहरु सडकमा आउने स्थिति आएको भन्दै त्यसका विरुद्ध प्रदर्शन गरेको जनाएको छ ।