म्याग्दी समाचार

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दी २० मंसिर । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल... पुरा पढ्नुहोस

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा, १९ मङ्सिर : वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास

मुना, १९ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता गरेको... पुरा पढ्नुहोस

पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’

म्याग्दी १९ मंसिर ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ... पुरा पढ्नुहोस

क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन

सन्ताेष शर्मा बेनी, १८ मंसिर । कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्ष्मा लालबहादुर काकी चयन हुनुभएको छ । आईतबार बेनीमा भएको पाँचौ साधारणसभा तथा चौथोा अधिवशेनबाट कार्कीको नेतृत्वमा पाचँ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । क्यानको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा... पुरा पढ्नुहोस

बेनीमा हुने जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

म्याग्दी १७ मंसिर । यही मंसिर २१ गतेदेखि २५ गतेसम्म बेनीस्थित खुल्लामञ्चमा संचालन हुने २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको “गौमती खत्री विकास कोष जेसिज कप फूटवल... पुरा पढ्नुहोस

मालढुंगा–बेनी सडक खण्ड अलपत्र

बेनी, १८ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक आयोजना अलपत्र बनेको छ । ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

  म्याग्दी, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका कमिटिका पदाधीकारीहरुबीच चुनावको समिक्षा र भावी योजनाका विषयमा छलफल गरेको हो... पुरा पढ्नुहोस

चिसो बढेसँगै बेँसी सार्न थालियो चौरी र भेडीगोठ

  म्याग्दी, १६ मंसिर । जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको... पुरा पढ्नुहोस

ग्रामिण बस्ती जोड्न दुई पक्की मोटरेबल पूल निर्माण

  म्याग्दी, १६ मंसिर । म्याग्दीमा ग्रामिण बस्तीलाई लक्षित गरेर म्याग्दी नदीमा पक्की मोटरेवल पुल निर्माण भएका छन् । ग्रामिण बस्तीका जनतालाई बाह्ै महिना सहज यातायात सुविधा उपलब्ध गराउन म्याग्दी नदीमा पक्की पुल निर्माण सम्पन्न भएका छन् । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी संघीय र प्रदेश सरकारले... पुरा पढ्नुहोस