मुलुक

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की, ६ भदौ  : पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले... पुरा पढ्नुहोस

कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बागलुङ ६ भदाै । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] म्याग्दी ६ भदाै ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

नेकपा एमाले बेनी नगरद्वारा अगुवा कार्यकर्तालाई प्रशिक्षण

म्याग्दी ३ भदौ । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा  गुरुङले नेपालको सच्चा कम्युनिष्ट नेकपा एमाले मात्र भएको बताउनुभयो । एमाले बाहेक अरु सवै कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त र... पुरा पढ्नुहोस

बागलुङमा भदौरे जात्राको रौनक

बागलुङ, ३ भदौ ः शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ ।... पुरा पढ्नुहोस

परिवारका सबै सदस्य अपाङ्गता परिचयपत्रको भरमा

बागलुङ ३ भदाै । धेरै पढ्ने र जागिर खाने सपना बोक्नुभएकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे । पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उहाँको बाँकी जीवन मेलापात र परिवारको... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना,... पुरा पढ्नुहोस

पालिकाले बनाउन सकेनन् आफ्नै पाठ्यक्रम

म्याग्दी २ भदाै । संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । जिल्लाका नगरपालिकाले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् । साधनस्रोत बढी भएर पनि नगरपालिका पाठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिका अगाडि देखिएका छन् । पाठ्यक्रममा तमानखोला पहिलो... पुरा पढ्नुहोस

गुरुङलाई महासचिव बनाउने प्रस्ताव, पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन

  नेकपा माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता देव गुरुङले बाजी मार्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिवको प्रस्ताव गर्नसक्ने नेताहरुले बताएका छन् ।... पुरा पढ्नुहोस

प्रेस सेन्टर बागलुङले स्मारिका प्रकाशन गर्ने

बागलुङ भदौ १ । प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने भएको छ । सेन्टरले जिल्लामा शाखा स्थापना भएपछि हालसम्म गरेका प्रगति विवरणहरु समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । सेन्टरको बुधबार बागलुङमा सम्पन्न बैठकले संगठनको कार्य सम्पादन सहज र व्यवस्थित... पुरा पढ्नुहोस