बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु
- ६ जेष्ठ २०७८, बिहीबार
- 1099 पटक पढिएको
हेटौंडा ६ जेठ। राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।
प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतगणना आजै साँझ हुने जनाइएको छ ।