फिचर

मुक्तिनाथको फेदीमा थकाली होमस्टे

के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा... पुरा पढ्नुहोस

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह... पुरा पढ्नुहोस

वेग–बादुक गाउँलाई जोड्ने झोलुङ्गे पुल नेपालकै लामो र अग्लो

  म्याग्दी, २१ वैशाख /म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगखोलामा नेपालकै लामो र अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएपछि बेग र बाँदुक गाउँको तीन घण्टाको बाटो आधा घण्टामा छोटिएको छ । दुइ गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको नेपालको लामो र अग्लो पुलको लम्वाई ३ सय ६५ दशमलब ८० मिटर... पुरा पढ्नुहोस

मदिरा सेवन गरेपछि किन आउँछ अंग्रेजी ?

काठमाडौं, २० वैशाख । मानिसहरु सामान्यतः मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरु मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् । तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द... पुरा पढ्नुहोस

चण्डि पूर्णिमामा मालिकामा ५ हजार भक्तजनले दर्शन गरे

म्याग्दी, १८ बैशाख । म्याग्दीको प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा विकसित मालिकामा चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेका छन् । सोमबार एकैदिन उक्त सँख्यामा भक्तजनले दर्शनपुजन गरेको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । भक्तजनबाट २७ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पाइजाले जानकारी दिए... पुरा पढ्नुहोस

कुकुरले खम्बामा पिसाब किन फेर्छ ?

काठमाडौं, १७ वैशाख । हामी सबैले देखेकै हो, कुकुरलाई बाहिर डुलाउन लादा यदि उसले पिसाब गर्नुपर्यो भने सधै विजुलीको पोल, भित्ता, टायरहरुमा गर्न खोज्छ । कुकुरलाई जति नै खुल्ला र अग्लो ठाउँमा राखिदिए पनि उसले खम्बा, भित्ता र टायरमै पिसाब गर्न खोज्छ् । अर्थात् केही अग्लो ठाउँमा आफ्नो पिसाब छाड्न... पुरा पढ्नुहोस

जाँतो नहुने घरकालाई बुहारी पाउन कठिन !

बैशाख १४ / ‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस

पर्यटनकाे प्रभाबः चिया खाने ठाउँ ‘घोडेपानी’ बन्यो जिल्लाकै प्रमुख गन्तव्य (फोटो फिचर)

म्याग्दी, ६ वैशाख । करिब चार दशक अगाडीसम्म अहिलेको ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटोमा चिया खाने थलोको रुपमा चिनिन्थ्यो । पोखरादेखि उल्लेखरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि... पुरा पढ्नुहोस

नागीबाट औषधि बोकेर उड्यो राष्ट्रिय आविष्कार केन्द्रकाे मेडिकल ड्रोन

घनश्याम खड्का चैत्र २७, म्याग्दी ।   म्याग्दीकाे   अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको जहाजजस्तै ‘फिक्स्डविङ ड्रोन’ को सोमबार उडान परीक्षणका क्रममा केन्द्रका अध्यक्ष तथा... पुरा पढ्नुहोस