उम्मेदवारी दर्तासँगै मालिकामा माओवादी केन्द्रको घरदैलो अभियान तिव्र

  • १५ बैशाख २०७९, बिहीबार
  • 853 पटक पढिएको

म्याग्दी, १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै म्याग्दीमा माओबादी केन्द्रका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन माओवादी केन्द्रबाट उम्मेदवारसंगै कार्यकर्ताहरुले पार्टीको घोषणापत्र र कार्यसूची बोकेर घर–घरमा पुगेका छन् ।


मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजकले घरदैलो र टोल भेला बुधबारदेखि सुरु गरेका छन् । नेकपा माओवादी केन्द्रले बुधबार वडानम्वर ७ विम र विहिबार वडानम्वर ६ को दिच्याममा चुनाव प्रचार कार्यक्रम गरेको माओावादी केन्द्र मालिका गाउँपालिका कमिटीले जानकारी दिएको छ ।
विहिबार दिच्याममा भएको चुनावी कोणसभामा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार जुग्जालीले मालिकालाई समृद्ध, शुसासन युक्त बनाउने प्रमुख काम रहेको बताउदै पालिकाको हरेक तहमा माओवादी केन्द्रका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन मालिकाबासीलाई आग्रह गर्नुभएको थियो ।

उहाँले पालिकाको नेतृत्वमा माओवादी केन्द्र पुगेमा पश्चिम क्षेत्रको केन्द्र मानिने मालिका गाउँपालिकामा बसोबास गर्ने महिला, दलित, अल्पसंख्यक र पिछडिएका बर्ग, क्षेत्र, युवा र जेष्ठनागरिकको समानुपातिक विकास गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

“कृषि, पर्यटन जलविद्युत, सडक, यातायात, संचार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा प्रवद्र्धन तथा आवश्यक पुर्वाधार तयार गर्ने, भष्ट्रचार अन्त्य गरी शुसासन कायम गर्ने, रोजगारी सिर्जना, गर्ने र खानी उत्खनन्का लागि नीति नियम बनाएर रोजगारी सिर्जना गर्नेतर्फ जाेड दिने  उहाँले बताउनुभयाे ।”

उपाध्यक्षका उम्मेदवार तथा माओवादीका गण्डकी प्रदेश सदस्य गौरी सेञ्चुरीले माओवादीको नीति अनुसार संविधानमा उल्लेख भएको ब्यवस्थालाई सफल कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आवश्यक रहेको बताउनुभयो ।