ताजा अपडेट
आम्दानीको माध्यम बन्यो झिनीया
- 2 बर्ष, 7 महिना अगाडि
- १० कार्तिक २०७९, बिहीबार
म्याग्दी १० कात्तिक । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो । ... पुरा पढ्नुहोस
बरंजामा चौपन्न कुरीया मगरको आगादेऊ पूजा गरिँदै
- 2 बर्ष, 7 महिना अगाडि
- १० कार्तिक २०७९, बिहीबार
म्याग्दी, १० कात्तिक । तेह्रौँ शताब्दीदेखि निरन्तर हुँदैआएको संस्कार आगादेऊ पूजा मंगला गाउँपालिका –३ बरंजामा सुरु भएको छ । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरूले यो पर्व मनाउँदैआएका छन् । यम पञ्चक सुरु भएसँगै सुरु भएर तिहारको टीका लगाएपछि मुडुला लखेटेपछि आगादेऊ पर्व सकिन्छ... पुरा पढ्नुहोस
तिहारको अन्तिम दिन भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
- 2 बर्ष, 7 महिना अगाडि
- १० कार्तिक २०७९, बिहीबार
काठमाडौँ, १० कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार... पुरा पढ्नुहोस
दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न ।
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
बागलुङ कात्तिक ९ । कृषि, पर्यटन, जलस्रोत, स्थानिय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७९ सम्पन्न भएको छ । महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानिय उत्पादनलाई... पुरा पढ्नुहोस
प्रतिनिधिसभको समानुपातिकतर्फ २२ सय उम्मेदवार
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
काठमान्डौ ९ कात्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ... पुरा पढ्नुहोस
पिङमा चाचाहुँई (तस्बिर)
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
बेनी, ९ कात्तिक (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा तिहारको अवसरमा हालिएको पिङ खेलेर रमाईलो गर्दै स्थानीय । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
नारच्याङ झरनामा पर्यटक (तस्बिर)
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
बेनी,९ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरनाको अवलोकनका लागि पुगेका पर्यटकहरु । अन्नपूर्ण आधार शिविर जाने पदमार्ग अन्तरगत गर्ने यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । यस झरनालाई छहराखोला झरनाको नामले समेत चिनिन्छ । नारच्याङको वेशी गाउँको शिरमा रहेको यस झरनाको नजीकै मन्दिर समेत रहेको छ भने... पुरा पढ्नुहोस
हराउँदै ‘सोरठी नाच’
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
बागलुङ ९ कात्तिक । बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बूढापाकाले गाउने नाच्ने र युवाले साथ... पुरा पढ्नुहोस
धौलागिरि हिमालको आधार शिविर
- 2 बर्ष, 7 महिना अगाडि
- ९ कार्तिक २०७९, बुधबार
म्याग्दी, ७ कात्तिक । राउण्ड धौलागिरि पदयात्रालाई प्रचार प्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीवासीहरुको समूह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवर्धनका लागि... पुरा पढ्नुहोस
म्याग्दीको विकासमा हस्तक्षपकारी भूमिका खेल्न मेरो उम्मेदावारी : उम्मेदवार हरि भण्डारी
- 2 बर्ष, 7 महिना अगाडि
- ८ कार्तिक २०७९, मंगलवार
म्याग्दी, ८ कात्तिक । रघुगंगा गाउँपालिका–२ रुइसेटोल (सिजलगाउँ) का ३७ बर्षिय हरि भण्डारी यतिबेला म्याग्दी जिल्लाबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका माओवादीका युवा नेता भण्डारी यतिबेला जनताको घरदैलोमा भेटघाट, छलफल र मत माग्नुका साथै स्थानीयबासीको समस्या... पुरा पढ्नुहोस