जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो,४ जना गम्भिर घाईते

  • ३ फाल्गुन २०७९, बुधबार
  • 647 पटक पढिएको

जोमसोम३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३  धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पु स्थित सडकको बाँया करिव ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरिक्षक (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रु मध्ये ४ जना यात्रु गम्भिर घाईते भएका छन् । अन्य यात्रु भने सामान्य घाईते छन् ।

दुर्घटनाग्रष्त बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु थिए । गम्भिर घाईते यात्रुलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने सामान्य घाईते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी ) पोडेलले जानकारी दिए ।

बस दुर्घटनाको सूचना भएसंगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनामा स्थलमा पुगेर घाईतेका उद्दारमा खटिएको थियो ।