ताजा अपडेट

सिंगा तातोपानी बजारको सडक कालापत्रे

  म्याग्दी, २७ जेठ । बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडासदस्य प्रेम श्रीसले बताउनुभयो । बेनी नगरपालिकाले चालू आर्थिक बर्ष... पुरा पढ्नुहोस

चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, २७ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र गरिव विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो । १६० जना विद्यार्थीलाई एक हजार ४२० पिस कापी... पुरा पढ्नुहोस

गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु 

गलेश्वर २७ जेठ। म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजनमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन... पुरा पढ्नुहोस

मिस्टर विश्वकर्माको उपाधी म्याग्दीका दिनेश विश्वकर्मालाई

  म्याग्दी, २६ जेठ । म्याग्दीको बेनी स्थित संगमचोकका दिनेशकुमार विश्वकर्माले मिस्टर विश्वकर्मा–२०२३ को उपाधी हात पार्नुभएको छ । बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रवार काठमाण्डौमा भएको फाइनलमा म्याग्दीका विश्वकर्मा बिजेता घोषित हुनुभएको हो । उत्कृष्ट दश जनाभित्र पर्नुभएका दिनेश लगायतका सहभागीहरुलाई भोटिङ... पुरा पढ्नुहोस

कदमको २५ औ स्थापना दिवस

बेनी, २६ जेठ । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो वेवसाइट डब्लु डब्लु डब्लु डट कदम म्याग्दी ओआरजी डट... पुरा पढ्नुहोस

धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण

बेनी, २६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को वेशी पन्थोकमा आयोजना... पुरा पढ्नुहोस

अदिभारामा मोटरेबल पुल बनाउन बजेटको स्रोत सुनिश्चिता

बेनी, २६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो । लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालय कर्मचारीद्धारा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना (तस्बिर/भिडियाे)

म्याग्दी , २६ जेठ । सरकारले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलित बनेको छ ।  परिषदको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा दुई दिने धर्ना दिएका छन् । https://youtu.be/7eczHEHcOCA सरकारलाई माग सम्बोधनको लागि दबाब दिन उनीहरुले विहिवार र शुक्रवार... पुरा पढ्नुहोस

बेनी–बगरफाँट जोड्ने बेलिब्रिज पुल निर्माण सम्पन्न

  म्याग्दी, २५ जेठ । पर्वतको जलजला गाउँपालिका वडा नम्वर २ र ३ मा पर्ने बगरफाँटबासीलाइ म्याग्दीको सदरमुकाम बेनीसंग जोड्ने बसपार्कस्थित कालीगण्डकी नदी माथि बेलिब्रिज पुल निर्माण सम्पन्न भएको छ । कालीपुल बसपार्कदेखि बगरफाँट जोड्ने ४५ मिटर लामो बेलिव्रिज निर्माण सम्पन्न भएसँगै बगरफाँट बसोबास गर्दै आएका करिब तीन सय घरधुरीले... पुरा पढ्नुहोस

बेनी नगरको पहिचान झल्कने लोगो सार्वजनिक

  म्याग्दी, २५ जेठ । बेनी नगरपालिकाले पहिचान झल्कने आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार कार्यालय परिसरमा जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने सूचना गर्दै खुल्ला प्रतिस्पर्धा... पुरा पढ्नुहोस