रू ३ लाख ३० हजार रुपैयाँ तिरेर सरकारी मार !
- ७ कार्तिक २०८०, मंगलवार
- 369 पटक पढिएको
म्याग्दी , ६ कात्तिक : म्याग्दीमा नेपालमै सर्वाधिक धेरै शुल्क तिरेर बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा आज नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख ३० हजार रुपैयाँको बोलकबोल भएको थियो । आईतबार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो । अनुसार वडा नम्बर २ सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले सरकारी राँँगो को मार हानेेका हुन । कोत मन्दिरमा विधिपुर्वक पुजा आजा गरे पछी भण्डारीले रागो को मार हानेका थिए ।
भण्डारीले आईतबार नै कबोल रकम भगवती कोतमन्दीर पुजा ब्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका थिए । पुजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ गरेको थियो । सरकारी राँगो को मार हानेका भण्डारी लाई पुजा समिती र स्थानिय बासीले अभिनन्दन गरिएको छ ।
यस अघि २०७९ सालको नवमीमा रु ३ लाख १५ हजार, २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाख, २०७६ सालको दशैँमा २ लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिए।
भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष थानबहादुर भण्डारीले बताए ।
तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।