ताजा अपडेट
तरुल खोज्न जङ्गल गएका युवाको हत्या
- 1 बर्ष, 7 महिना अगाडि
- १६ पुष २०८०, सोमबार
पर्वत, पुस १६– पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग... पुरा पढ्नुहोस
बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो । बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष... पुरा पढ्नुहोस
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
म्याग्दी, १५ पुस । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको वडा नम्बर ५ स्थित पिपलबोटको खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने... पुरा पढ्नुहोस
महिला उद्यम विकास समितिको सभापतिमा श्रेष्ठ चयन
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
बेनी, १५ पुस । महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्विका श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो । नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम... पुरा पढ्नुहोस
विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान हो –मन्त्री जुग्जाली
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
बाबियाचौर, १५ पुष ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । https://youtu.be/oB9kg9eDfXU म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको... पुरा पढ्नुहोस
मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
बरंजा, १५ पुष । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो । विद्यालयको ६५ औ वार्षिकोत्सवको अवसरमा शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास... पुरा पढ्नुहोस
‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’
- 1 बर्ष, 7 महिना अगाडि
- १५ पुष २०८०, आईतवार
बेनी, १५ पुस : बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ बर्षअघि आफ्नो तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैचा स्थापना गर्नुभएको थियो । घरमा काम गर्ने जनशक्ति नभएको र... पुरा पढ्नुहोस
मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो
- 1 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०८०, शनिबार
म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत... पुरा पढ्नुहोस
लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित
- 1 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०८०, शनिबार
म्याग्दी, १४ पुस । सदरमुकाम बेनीमा आर्थिक कारोबार गर्दै आएको लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्ष प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीस्थित शिखर होटलमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित
- 1 बर्ष, 7 महिना अगाडि
- १४ पुष २०८०, शनिबार
म्याग्दी, १४ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको कानुनी सल्लाहकार कुमार बानियाँ,... पुरा पढ्नुहोस