खेलकुद

राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा म्याग्दीका परियार फाइनलमा प्रवेश

म्याग्दी, १६ चैत । संकटा क्लब र काठमाण्डौ महानगरपालिकाको आयोजनामा राजधानीमा जारी मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्डो प्रतियोगितामा म्याग्दीबाट सहभागि खेलाडि राजकुमार परियार फाईनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर ४ को तर्फबाट ६३ देखि ६८ तौल समुहमा प्रतियोगितामा सहभागी भएका परियारले तीन चरणको खेलमा बिजेता बन्दै फाइनल यात्रा तय... पुरा पढ्नुहोस

महिला भलिबलको उपाधी मोना जापान रातोलाई

सन्दीप खत्री एनआरएन एनसीसी जापानको आयोजना भएको पहिलो महिला भलिबल प्रतियोगीता बुधबार भब्यताका साथ सम्पन्न भएको छ । आठ टिमको सहभागिता रहेका प्रयिोगितामा फाइनल खेलमा पुन क्लबलाई एकका बिरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै मोना जापान रातोले प्रथम महिला भलिबल खेलको उपाधी चुम्न सफल भएको छ । प्रथम भएसँगै १... पुरा पढ्नुहोस

एएफसी एसिया कप छनौट चरणको अन्तिम खेलमा नेपाल पराजित

दोहा कतार आगामी बर्ष युएईमा हुने एएफसी एसिया कप २०१९ को छनौट चरणको अन्तिम प्रतिष्ठाको खेलमा नेपालले हार बेहोरेको छ । समूह ‘एफ’ मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको थियो भने काठमाडौँमा भएको पहिलो यमनविरुद्धको खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । कतारको दोहा स्थित सुहेम विन... पुरा पढ्नुहोस

म्याग्दीबाट मेयर कप तेकवाण्डो प्रतियोगितामा सहभागि खेलाडिलाई विदाई

म्याग्दी,१४ चैत । संकटा काठमाण्डौ महानगरपालिका आयोजनामा मेयर कप राष्ट्रिय आमन्त्रण तेकवाण्डो प्रतियोगितामा म्याग्दीबाट सहभागि खेलाडिलाई बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ र १७ गते काठमाण्डौ हुने तेकवाण्डो प्रतियोगितामा सहभागि खेलाडिलाई विदाई गरिएको हो । सो प्रतियोगितामा म्याग्दीबाट राजकुमार परियार, सुरेन्द्र बर्देवा, रस्मी श्रेष्ठ, सविना... पुरा पढ्नुहोस

रानीपौवामा चैतेदशैँ मेला सुरु

म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य... पुरा पढ्नुहोस

क्रिकेटमा नयाँ इतिहास रच्दै नेपालले पायाे पहिलो पटक एकदिवसीय मान्यता

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न... पुरा पढ्नुहोस

चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइलनमा, मेस्सीले पुर्‍याए १०० गोल

  १ चैत । चेल्सीलाई ३-० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे ।पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ४-१ ले विजयी... पुरा पढ्नुहोस

बेनीमा विद्यालय स्तरीय टेक्वान्डो प्रतियोगिता ( भिडियो सहित)

म्याग्दी, २४ फागुन । बेनीमा विहिवारदेखि अन्तर विद्यालय स्तरीय टेक्वान्डो खेलको प्रतियोगिता सञ्चालन भएको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको टेक्वान्डो खेलको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । https://youtu.be/Wm0IIciMvw4 विभिन्न १० विद्यालयका ११० जना विद्यार्थीहरु बिच गराईएको... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवद्धारा आयोजित फागुपुर्णिमा मेला सम्पन्न : भलिबलमा आयोजक प्रथम

म्याग्दी, २० फागुन । रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा फागुपुर्णिमाको अवसरमा आयोजित भलिबल महिला लठो तथा सास्कृति कार्यक्रम सम्पन्न भएको छ । भलिबल प्रतियोगितमा आयोजक प्रथम हुन सफल भएको छ । प्रतिस्पर्धात्मक रुपमा भएको भलिबल फाईनलमा भगवती युवा क्लवलाई २ का विरुद्ध ३ सेटले पछि पार्दै आयोजक... पुरा पढ्नुहोस

आर्चरी प्रतियोगितामा दोभान बिजयी

म्याग्दी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह... पुरा पढ्नुहोस