दृष्टिबिहिन अमिट सगरमाथा आरोहण यात्रामा

  • १७ फाल्गुन २०७३, मंगलवार
  • 2283 पटक पढिएको

म्याग्दी, १६ फागुन । बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसी दृष्टिविहिन हुन् । जन्मजात रुपमै दृष्टिविहिन रहेका केसीले सगरमाथाको रंग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजसास्त्रमा एमए सम्मको अध्ययन गरेका ३२ बर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् । सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहिन केसीलाई हिमाल आरोहणका लागि नेपाल सरकारले समेत स्विकृति दिईसकेको छ ।

3

‘‘ आगामी अप्रिल २ देखि जुन १० तारिक सम्म सर्वोच्च शिखर आरोहण गरिसक्ने गरि अनुमती लिएको छु, आरोहणका तयारीहरु भइरहेका छन्, आरोहण खर्च जुटाउने प्रमुख कामको थालनी भएको छ, ’’–उनले भने । अपांगतालाई कमजोरीको रुपमा नलिएर अबसरको रुपमा लिँदै आफुभित्र रहेका अन्र्तनिहित क्षमताहरुलाई प्रस्फुटन गराउनुपर्छ भन्ने मान्यतालाई अनुसरण गर्दै अपांगता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पु¥याउन सक्छ भन्ने उदाहरण पेश गर्न यो अठोट गरेको केसीले बताए ।

2

यस अघि पहिलो दृष्टिविहीन नागरिकहरुको तर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका अमेरिकी नागरिक ऐरिक वाइमेरले ८ हजार ८ सय ४८ मिटर मध्ये ८ हजार मात्र आरोहण गरेकोले आफुले सर्वोच्च शिखरमा पाईला टेक्न सके विश्वकै पहिलो दृष्टिबिहिन आरोही हुने उनको दाबी छ । आफ्नो सगरमाथा आरोहणले नेपालमा रहेका अपांगता भएका व्यक्तिहरुलाई संघर्ष गरी सफलतामा पुग्नका लागि प्रेरणा दिने केसी बताउँछन् ।

सगरमाथा आरोहणको तयारी अन्र्तगत यस अगागि २०७२ बैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको ६ हजार १८६ मिटर अग्लो आइसल्याण्ड पिक र चैत्र ८ गते मेरापिक ६ हजार ६५४ मिटर अग्लो मेरापिक हिमाल आरोहण गरिसकेको केसीले बताए । ‘‘ यि दुई हिमाल सफलता पूर्वक आरोहण गरेपछि मलाई आत्मबल बढेको छ, सर्वोच्च शिखर सगरमाथामा नेपालकै पहिलो दृष्टिविहिनको पाइला टेकाउने मेरो अठोटलाई पुरा गराउन सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरेको छु,’’–उनले भने ।

1

दृष्टिविहिन केसीको सगरमाथा आरोहणमा अनुमती दिइसकेको नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट रु ५ लाख नगद सहयोग गरिसकेको छ । त्यस्तै सरकारले हिमाल आरोहीहरुबाट लिने ७५ हजार रुपैयाँ रोयल्टी र फोहोर व्यवस्थापन शुल्कको लागि लिने ४ हजार डलर बराबरको कर समेत छुट दिएको केसीले जानकारी दिए । ‘‘ आरोहणमा झण्डै एक करोड खर्च लाग्नेछ, सरकारी तवरवाट अपेक्षाकृत सहयोग पाएको छु, लायन्स क्लबहरुले समेत सहयोग जुटाउन आबश्यक पहल गरेका छन्, सबै संघसंस्था तथा सहयोगदाता महानुभावहरुबाट सक्दो सहयोगको अपेक्षा गरेको छु,’’– उनले थपे

4

म्याग्दी संगै बागलुङ र पर्वतमा पनि केसीको सगरमाथा आरोहण अभियानको लागि आर्थिक संकलन अभियान चलाईएको छ । केसीले साढे चार बर्षदेखि नेपालको पहिलो दृष्टिविहीन व्यक्तिहरुको तर्फबाट सगरमाथामा पहिलो पाइला टेक्ने अभियान सुरु गरेका थिए । ‘‘ केसीको अभियान एक व्यक्तिको मात्रै नभएर सिंगो धौलागिरी र नेपालीहरुको शाहसी कदम हो, यसले अपांगता भएका व्यक्तिहरुले अबसरको खाँचो छ, उनीहरुमा अपांगताकै कारण कमजोर हुदैनन् भन्ने कुरालाई पुष्टी गरेको छ,’’–अपांगता भएका व्यक्तिमा शिक्षा र प्रविधिको पहुँच विस्तारमा सक्रिय म्याग्दीका दृष्टिविहीन खोमराज सुवेदीले भने ।

एकले धुकी सुकी सयले थुकी नदी भनेझँै केसीको अभियानमा एउटै व्यक्तिले लाखौँ सहयोग गर्न सम्भव नभएपनि लाखौँ जनाले थोरै थोर सहयोग गरि अभियानलाई सफल गराउनुपर्ने उनको भनाई छ । यसैबिच सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका दृष्टिबिहिन केसीका लागि सहयोग जुट्न थालेको छ । केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा आयोजित उक्त कार्यक्रमबाट सरोकारवालाहरुलाई समाबेश गरि एक समिति निर्माण गरिएको छ । म्याग्दीमा केसीको सहयोगार्थ रु ५५ हजार आर्थिक संकलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ । साधारण व्यक्तिहरुका लागि समेत कठिन मानिने सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने शाहस दृष्टिविहिन व्यक्तिले गर्नुले अपांगता भएका व्यक्तिहरुलाई दया होइन अबसरको खाँचो छ भन्ने भनाईलाई पुष्ठि गर्छ ।