पहाडदेखि तराईको डुवानसम्म पुग्दा

  • १६ भाद्र २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2919 पटक पढिएको

कवि दिनेश अधिकारीले सृजना गरेको “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ,आधी आए तराईमा पहाडले छेक्नुपर्छ ” मनमा निकै सम्झना आईरह्यो । भदौ महिनाको पहिलो साता तराईको यात्रा मेरो लागि सिकाईयुक्त बन्यो । तराईमा आएको बाढीबाट पिडित भएकाहरुको पिडामा मलम लगाउन म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको टिमसंग म पनि बाँके जिल्लाको डुडुवा गाउँपालिका सम्मको यात्रामा निस्कीए ।साउन २८ गते आकस्मिक रुपमा आएको बाढीले तराइर्का २६ जिल्ला डुवानमा परका थिए ।

बाढीले तराईबासीको गास, बास, र कपास बगाएर लगेको रहेछ। उनीहरुमध्येकै केही पिडितहरुलाई राहत दिने उदेश्यले ओमकुमारी शान्तिकोषले राहत लिएर तराईमा पुगेको हो । तराईका बाढी पिडितलाई राहत उपलब्ध गराउने कोषको अभियानमा मोना युएईको पहलमा यूएईमा रहेका म्याग्देलीहरुको सहयोगमा १ लाख पचास हजार र ओम कुमारी शान्ति कोषको टिमले अन्य रकम गरि तीन लाख संकलन भएको थियो । गत विहिबार दिउसो २ बजे शान्ति कोषका कोषाध्यक्ष खम थापा, सदस्य नन्दकुमार पाईजा र सवारी चालक नारायण केसी संगै म समेत गरि चारजना बेनीबाट राहत लिएर बाके जिल्लातर्फको गन्तव्यमा लाग्यौँ।

यातायात कार्यालय बागलुङ गएर पटके लिएर हाम्रो यात्रा अघि बढ्यो। बागलुङदेखि नेपालगञ्जसम्म ५६१ किलोमिटर दुरी रहेछ । हामी पोखरा हुदैँ स्याङजाको कालोपत्रे सडक हुँदै पाल्पा भएर रातीको १ बजे बुटवल पुग्यौँ । त्यहाँ हामीले पहिल्यै बुकिङ गरेको होटल ग्रान्डिमा बास बस्यौँ । विहान ६ बजदेखि फेरि यात्रा अगाडी बढ्यो । तिन घण्टा पछि बाँकेको अगैयामा विहानको खाना खायौँ । विहानको यात्रा तय गरेको ६ घण्टामा विभिन्न ठाउँ पार गर्दै नेपालगन्ज पुग्यौँ। टिमको लिडर शान्ति कोषका कोषाध्यक्ष खम थापाले नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापामगरलाइृ सम्पर्क गरेँ । उहाँले कार्यालयमै आउनुस भनेपछि हामी कार्यालयमा पुग्यौँ ।

टोलिले म्याग्दीबाट कोषको तर्फबाट राहत लिएर आएको र बास्तविक पिडित को छ? पहिचान गरिदिन आग्रह गरियो । उहाँले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिलाई सम्पर्क गर्नुभयो । बाके जिल्ला डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी संग सम्पर्क भएपछि त्यहाँ बाड्ने निर्णय भयो । उहाँले अध्यक्षसंग छलफल गरि आवश्यक कुरा पीडितका लागि के छ? भनेर सोधपछि अध्यक्षले दाल, चामल, चिनि तथा अन्य सामाग्री सहयोग अन्यले सहयोग गरिसकेकाले गर्मिले स्वास्थ्यमा समस्या आएको हुदाँ झुल लगायतका सामाग्री आवश्यक रहेको बताउनुभयो । ६÷७ सय थान झुल उपलब्ध गराउन सम्पर्क गर्न थालियो ।

उप–मेयर मन्त्रि आउने भएपछि व्यस्त भएकाले हामीलाई नेपाल तरुण दलका सह–सचिव विमल चनले उप–मेयरकै सवारी साधन प्रयोग गरि आवश्यक सामान उपलब्ध गराउन सहयोग गर्नुभयो । हामी आवश्यक झुल, ब्रुस, टुथपेष्ट लगायतका सामान किनेर विमल चनको सहयोगमा त्यहाँबाट यात्रा बाढीपीडित क्षेत्रमा तय गरियो । विचमा हामीलाई साथ दिन नेपाली काग्रेस जिल्ला सभापति किरण कोईराला, उपसभापति सुनिल नरसिङ राणा र सदस्य सुधानसु कोइराला पनि हामी संगै हिड्नुभयो। हामीलाई लिन गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी पनि बाटैमा आउनुभएको थियो । हामी उक्त बाढीग्रस्त क्षेत्र वडा १ को कार्यालयमा ५ बजे पुग्यौँ। त्यहाँ अध्यक्षले जनप्रतिनिधिलाई सम्पर्क गरेर खडैचा, कधाई पुर्वामा रहेका बाढीपीडितलाई सम्पर्क गराईसक्नुभएको थियो ।

त्यहाँ पुगिसकेपछि कोषाध्यक्ष थापाले शान्ति कोष र मोना यूएईको बारेमा जानकारी गराउनुभयो । ओमकुमारी शान्तिकोषको सहयात्रा किताव सभापति कोइराला र गाउँपालिका अध्यक्ष चौधरीलाई हस्तान्तरण गर्नुभयो । त्यसपछि वडा १ का अध्यक्ष पटेश्वर कुर्मि, वडा सचिव, प्रहरी र नेपाली काग्रेसको टिमको सहयोगमा थापा र नन्दकुमार पाईजाले राहत सामाग्री वितरण गर्नुभयो । समय सभा ६ भईसकेको थियो । तर राहत लिन आएका सबैको अवस्था दयनिय भएको थियो । उनीहरुमा शरिर ढाक्ने कपडा पनि पुरा छैन् । यो देख्दा नेता बस्ने कुर्चिको शिकार तराईका बाढीपीडित जनता भएको अनुभुत भयो । कोषको टिमलाई र यूएईमा रहेका म्याग्देलिलाई प्रकृतिबाट आएको विपतबाट भएको क्षतीमा राहत उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै जनप्रतिनिधि र पिडितहरुले उच्च प्रसंसा सहित विदाई गरे ।

त्यसपछि हामीले फर्कने यात्रा तय ग¥र्यौ । अहो त्यहाँ पुग्दा त मन निकै बरालिन पुग्दो रहेछ । घरहरु सबैमा बाढी पसेको । धानखेतहरु डुवानमा । पिडितहरुलाई विभिन्न क्षेत्रबाट राहतको प्रयास भएकाले उनीहरु सामान्य अबस्थामा फर्कदै गरेको अनुभुति भयो । यसरी डुवान पर्नुको प्रमुख कारण कोशि बाधँ रहेछ । भने दोश्रो कारण त्यहाँ जमिन भन्दा ५÷६ फिट माथि लिएर सडक निर्माण गर्नाले बस्ती डुवानमा परेको रहेछ । सरकारले त्यहाँ बस्ने जनतालाई पक्कि घर निमार्ण तर्फ पहल गर्नुपर्ने आवश्यक देखिन्छ । त्यहाँ डुवानमा बच्न र भएको सामानलाई डुवानबाट बचाउन दुइतला घर आवश्यक हुन्छ ।

त्यो सस्तो लगानीमा बाढीबाट जनतालाई बचाउन जनप्रतिनिधि तथा सरकारले बेलैम सोच्न जरुरी छ । फर्किने क्रममा राहत वितरण नजिकै साईकलमा बसेको भाईसंग कुरा गर्न मन लाग्यो। राजकुमार तमौली संग बाढीले भएको क्षती र क्षती पछिको अवस्था सोध्न पुगे म। उनले “साइरन बजीरहेको र त्यसको २ मिनेट नवित्दै बाढी आएकाले सबै घर डुवानमा परेको बताए । डुवानमा परिसकेपछि सरकाले चाउचाउ र दालमोड, चामल र चिनि राहत दिएको रहेछ । सरकारले प्रभाबकारी रुपमा राहत दिन नसकेको र विभिन्न संघसंस्थाबाट आउने राहत वितरण हुदाँ सबैलाई नपुगेको उनले गुनासो गरे । बाढीको कारण तराईमा बालबालिकाहरु विद्यालयमा जान समेत नसकेको पायौँ । विद्यालय संचालनमा जनप्रतिनिधि र सरकारको गम्भिर साचो देखिएको थिएन ।

नेपालगञ्जमा उप– मेयर थापालाई धन्यबाद दिएर हामी फर्कियौँ । बाकँको अगैयामा खाना खाएर फेरी बुटवालको यात्रा साढे नौ बजे तय भयो । विभिन्न जिल्ला पार गर्दै पुनः अघिल्लो रात विताएको होटल ग्रान्डीमा मध्यरात २ बजे आईपुगीयो । त्यहाँ ५ घण्टाको आरामपछि हामी फेरी स्याङ्जा वालिङमा खाना खाना खाने गरि यात्रामा लाग्यौँ । यात्राका क्रममा विभिन्न ठाउँमा दुर्घटनाको दृष्य समेत अबलोकन गर्दा यात्रा गर्न निकै डरलाग्दो रहेछ । पहाडदेखि तराईसम्मको यो यात्रामा हामीले तराईको महाविपत्तिसंगै विभिन्न ठाउँकोे मनोरम दृष्यहरु अबलोकन गर्दै स्याङ्जा वालिङ आईपुगियो । थापा सरको साथि त्यहाँ भेट्न आउनुभएको थियो ।

उहाँसंगको भेटघाटसंगै खाना लिएर हामी त्यहाँबाट छुट्टिएर पोखरातर्फको यात्रामा हिड्यौँ । पर्यटकियस्थल भालूपहाडमा केही तस्विर खिच्यौँ। त्यहाँबाट पाखेरा हुँदै काँडे आएर नास्ता लिएर बेनीमा बेलुका सातबजे आईपुगियो । साँच्चीकै यो यात्रा मेरो लागी रमाईलो भन्दा पनि सिकाईयुक्त रह्यो । “एक थुकी सुकी हजार थुकी नदी” भनेजस्तै सबैको साथ र सहयोगको अपेक्षामा बाढीपीडित बसिरहेछन् । कोषको सहयोगले केही हदसम्म केही पिडितहरुलाई मलमपट्टि भएको होला तर उनीहरुलाई पुरानै लयमा फर्काउनका लागि भने सरकारी तवरवाटै प्रभाबकारी राहतको अनुभुति दिलाउन जरुरी छ ।

यात्रास्मरणका लेखक धिरन खत्री म्याग्दीअनलाईन डटकमका संवाददाता हुन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l