होमियोप्याथिक चिकित्सा पद्धतिको महत्व र आवश्यकता

  • २६ चैत्र २०७८, शनिबार
  • 161 पटक पढिएको

राजु थापा 

बुटवल २६ चैत ।

होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय

होमियोप्याथिक चिकित्सा पद्धति २२६ बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो ब्यक्ति परक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दिक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिड. अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबैखाले चिकित्सा पद्धति भन्दा छुटै आफनो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व स्वास्थ्य संगठनले एलोप्याथिक पछिको दोस्रो चिकित्सा पद्धतिको रुपमा लिएको छ ।

खासगरि युरोप , अमेरिका , एसियाका धेरै देशहरुमा सरकारी मान्यता सहित यो उपचार पद्धति प्रचलनमा छ । युरोपियन युनियनमा मात्रै ४० हजार भन्दा बढी होमियोप्याथिक डाक्टर हरुले यो चिकित्सा पद्धति अवलम्बन गरेका छन । भारतमा २० वटा भन्दा बढी युनिभर्सिटी जसमा एउटा विशुद होमियोप्याथिक युनिभर्सिटी सहित लगभग २०० जति मेडिकल कलेज सचांलनमा छन र करिब ५ लाख होमियोप्याथिक चिकित्सकहरुले सेवा दिइरहेका छन । ग्रामिण तह देखि राष्ट्र्पति कार्यालय सम्म होमियोप्याथिक चिकित्सा सेवा सुचारु छ । त्यसैले पाकिस्तान, बगलादेश, श्रिलंका, मलेसिया लगायतका देशहरुमा समेत बिभिन्न युनिभर्सिटी अन्तर्गत होमियोप्याथिक चिकित्सा सम्बन्धि पढाई हुन्छ र जनतालाई स्वास्थ्य सेवा प्रधान भइरहेको छ । यो चिकित्सा पद्धति सस्तो मात्र नभई अत्यन्त सरल प्रभावकारि र इनभावरमेन्ट र्फेन्डली छ । यसको प्रयोग दिनानुदिन विश्व परिवेषमा बढ्दै गइरहेको छ । त्यस अनुरुप नेपालमा समेत जन स्तरमा होमियोप्याथिक चिकित्साको प्रयोग दिनानुदिन बढि रहेको देखिन्छ । हाल नेपालमा पनि बिभिन्न सघं सस्था निजि क्लिनिक तथा सरकारि स्तरबाट र एकिकृत चिकित्सा सहकार्यबाट देशका केहि जिल्ला अस्पतालहरुमा होमियोप्याथिक चिकित्सक कर्मीहरुले यो चिकित्सा सेवा प्रदान गरिरहेका छन । अहिले आएर नेपालमा पनि होमियोप्याथिक चिकित्सामा बिरामीको लगाभ एकदमै बढदो व्रmम छ । सरकारको मातहतमा रहेको केन्द्रिय अस्पतालमा करिब दैनिक दुइ सय देखि तिनसय बिरामिहरुले निशुल्क चेकअपका साथै निशुल्क औषधि सेवापनि लिइरहेका छन ।

♣. होमियोप्याथिक चिकित्सा पद्धतिका जन्मदाता हेनिमन्को परिचय

सन १७५५ अप्रिल १० तारिखमा जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाता Christian Friedrich Samuel Hahnemann को जन्म भएको थियो उहाँको पारिवारिक स्थिति एकदमै नाजुक थियो । उनको बाल्यावस्था सारै संघर्षपूर्ण थियो । यिनका पिता एक दमै गरिब थिए । चिनिया माटोको भाडामा बुटा हाल्ने काम गरेर आफनो परिवारको पालनपोषण गर्दथे त्यहि गरिबिको कारणले गर्दा हेनिमन् आफनो अध्यनका लागि सारै दुख गर्नुपरेको थियो । तर हुने बिरुवाको चिल्लोपात भनेझै कुशाग्र बुदि र तिब्र प्रतिभाका धनि उनले २४ बर्षकै कलिलो उमेरमा एलोप्याथिमा एम.डि. को उपाधि हासिल गरिसकेका थिए । उनले सिबिलसर्जनको पदमा रही १० बर्ष सम्म डे््रसडेन अस्पतालमा सेवा कार्य गरे । त्यो समयमा डा. हेनिमन् एलोप्याथिक चिकित्सा पद्धतिसंग सहमति थिएनन् किनकि एलोप्याथि औषधि बाट एउटा रोगको उपचार हुनुको साथै शरिरमा कैयौ नयारोगहरु उत्पन्न भैइरहन्थे । सोहि समयमा उनको छोरी बिरामी भइन उनलाई राम्रो भन्दा राम्रो उपचार गरियो तर हेनिमन्ले आफनो छोरीलाई बचाउन सकेनन् र छोरी लाई सदाका लागि गुमाइ सकेपछि उनले एलोप्याथिक चिकित्सिा पद्धतिलाई सदाका लागि छोडिदिए । त्यसैबेला आफनो जिविका पार्जन गर्नको लागि उनले चिकित्सा एवंम बिज्ञानका पुस्तकहरु बिभिन्न भाषामा अनुबाद गर्ने गर्दथे । उनलाई ग्रिक,लेटिन,अग्रेजि,जर्मन लगाएत १० भाषाको ज्ञान थियो सन १७९० मा डाक्टर कुलेनद्धारा लिखित मेटेरियामेडिका पुस्तकको अग्रेजि बाट जर्मन भाषामा अनुबाद गर्ने कर्ममा हेनिमेनले सिन्कोना भन्ने औषधिको बारेमा जानकारि पाए । उनले सिन्कोना भन्ने औषधिले मलेरिया ज्वोरोमा देखिने लक्षणको लागि महत्वपुर्ण औषधि हो भन्ने यिनलाई थाहा भयो र आफनै शरिरमा सिन्कोनाको प्रयोग गरे त्यस पछि यस निष्कर्षमा पुगेकि जुन औषधिय गुण भएको पदार्थ स्वस्थ मानिसमा प्रयोग गर्दा जुन किसिमका रोग र लक्षणहरु उत्पन् हुन्छन उहि औषधि त्यस्तै लक्षणहरु भएको रोगि ब्यतिmलाई सुक्ष्म मात्रामा सेवन गर्दा रोगको निदान गराउन सकिन्छ भन्ने कुरालाई नै मनन् गदै गर्दा उनको मनमा सिन्कोना जस्ता औषधिय गुण भएका पदार्थमा पनि रोगलाई निर्मुल पार्ने शक्ति छ भनि उहाले ६ बर्षसम्म अनबरत रुपमा आफनो शरिरमा धैरै किसिमिका औषधिहरु परिक्षण गरे यसै परिक्षणले हेनिमेनलाई सम समं शमयति अर्थात जस्ले रोग उत्पन्न गर्दछ उसैले रोग निको पार्छ भन्ने जानकारि भयो र उनले सहशरोगको सहश चिकित्सा भन्ने नया सिद्धान्तको प्रतिपादन गरे र त्यसलाई होमियोप्याथि चिकित्सा नाम दिए । १८औ शताब्द्धिको अन्ततिरको एउटा चमत्कारि तर बैज्ञानिक चिकित्सा जगतको उपलब्धि हो । यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ । जसको कुनै बिकल्प छैन । होमियोप्याथिले विश्व स्वास्थ्य मिसनलाई पुरा गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । जसको परिणाम आज हाम्रो सामु छ । डाक्टर सेमुयल हेनिमेनले जन्म दिएको होमियोप्याथि चिकित्सा पद्धति विश्व भर प्रचलीत छ । डाक्टर हेनिमेनलाई होमियोप्याथिकको फादर भनेर १० अप्रिलमा उहाको जन्मोत्सव विश्व भरिनै मनाउने गरिन्छ । नेपालमा पनि सोहिदिन बिभिन्न ठाउमा यो दिवस मनाइने गरिएकोछ होमियोप्याथिका जन्मदाता हेनिमनको २६७औ जन्मोत्सव हरिहर भवनमा रहेको पशुपति होमियोप्याथिक अस्पतालमा विश्व होमियोप्याथि दिवस १० अप्रिलका दिन माननिय स्वास्थ्य मन्त्रिबाट भब्यताको साथमा मनाइने भएको छ ।

♣. होमियोप्याथिक उपचार पद्धति नेपालमा कहिलेबाट सुरुवात भयको पाइन्छ ।

नेपालमा होमियोप्याथिक उपचार पद्धतिको सुरुवात बि.स.२००४मा पशुपति मन्दिरक्षेत्र परिषद भित्र होमियोप्याथिक च्यारिटी सेवा केन्द्र सन्चालन भएको थियो । त्यो समयमा नेपालमा हैजाको ठुलो महामारी फैलिएको र सो माहामारीलाई अन्य चिकित्सा प्रणालीले पुर्ण नियन्त्रण दिन नसकेको हँुदा तत्काल भारतको बगांलबाट एक जना होमियोप्याथि चिकित्सा अध्यन गरेका अनुभबि डाक्टर लाइ झिकाइ सरकारले महामारीलाई नियन्त्रणमा लिन सफल भएको इतिहास छ त्यसपछि ती चिकित्सकले एक योगी राम अघोरिबाबा लााई प्रशिक्षण दिएका थिए र तिनै अघोरीबाबाको पहलमा ६ बेडको पशुपति होमियोप्याथिक चिकित्सालय हरिहर भवनबाट सुरुवात भएको पाइन्छ । सो चिकित्सालय त्यतिबेला राजा त्रिभुवनले स्थापना गरेको पाइन्छ ।

♣. नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको आवश्यकता किन ।

हरेक चिकित्सा पद्धतिको आफना आफना स्कोपरलिमिटेसन हुन्छन ।

सबै चिकित्सा पद्धति आफैमा पुर्ण हुदैनन र सबै चिकित्सा पद्धति एक अर्काका परिपुरकको रुपमा प्रयोग भइरहेका छन । होमियोप्याथिक उपचार अत्यन्त सस्तो शुलभ र इफेक्टिब चिकित्सा पद्धति हो । यो चिकित्सा पद्धति प्रयोगमा ल्याउदा कुनै पनि नकरात्मक असर नपर्ने हुनाले जुनसुकै उमेर समुहको बच्चा देखि बृद्धा सम्म र सुत्केरि अवस्थामा समेत प्रयोग गर्न सकिन्छ । यस उपचार पद्धतिबाट बिभिन्न महामारिमा हुने मृत्यु दर रोक्न सफल भएका धैरै उदारणहरु छन । त्यसैले विश्वका धैरै बिकशित देशहरुमा समेत होमियोप्याथिक उपचार लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि यसको लोकप्रियता बढ्दो छ । होमियोप्याथिक औषधिहरु प्राकृतिक रुपमा पाउनेहुदा जस्तै बनस्पति, जैबिक र खनिज अन्य पदार्थबाट सरल रुपमा उत्पादन गर्न सकिने अवस्था बिध्यमान छ । बर्षैनि कैयौ नेपालिहरु उपचारको अभावमा महगो उपचारबाट दुख र कष्टकर जिवन बिताउन बाध्य छन । यस परिपेक्षमा होमियोप्याथिक उपचार बिधिबाट ठुलो आर्थिक भार बिना सरल र शुलभ तरिकाले उपचार गर्न सकिने हुनाले हाम्रो जस्तो बिकासोन्मुख देशमा यस उपचार पद्धति अत्यन्त प्रभावकारि हुनेछ । नेपालको सबिधान २०७२ मा पनि होमियोप्याथिक उपचार पद्धतिको बिकास बिस्तारलाइ समाबेश गरेको छ । बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट समेत यस उपचार पद्धतिलाई मान्यता दिएको छ ।

♣। होमियोप्याथि चिकित्सा पद्धति हाम्रो जस्तो बिकासोन्मुख देशमा आवस्यक हुनुका कारणहरु

१. बिना साईड् इफेक्ट बिरामिहरुले होमियोप्याथिक उपचार पाउने ।

२. होमियोप्याथिक उपचार पद्धितबाट उपचार गराउदा रोगको जरैदेखि उन्मुलन हुने भएकोले

बारम्बार रोग दोहोरिरहने अवस्थाबाट बिरामिहरुले मुक्ति पाउने ।

३. अप्रेशन गर्नुपर्ने धैरै रोगहरु होमियोप्याथिक औषधिबाट निको हुने सम्भावना रहेका

कारण यस्ता बिरामीहरुले समेत राहत पाउने ।

४.दीर्ध रोगीहरुमा होमियोप्याथिक उपचार निकै प्रभावकारी भएको

कारण यस्ता रोगिहरुले समेत राहत पाउने ।

५.हाम्रो जस्तो बिकाशोन्मुख देशमा सस्तो सुलभ कम लगानिमा जनतालाई सेवा

दिन सकिने ।

. ♣. यो उपचार बिभिन्न सघं सस्था निजि तथा सरकारि अस्पताल बाट सेवा बिस्तार भएता पनि अझै चुस्त दुरुस्त प्रत्येक नागरिकको पहुचमा पुग्न सरकारि स्तरबाट केगर्नु पर्ला ।

१.प्रत्येक प्रदेशमा एउटा अस्पतालको आवस्यकता

२.जिल्ला अस्पताल तथा स्थानिय स्थरमा आवस्यकता हेरि होमियोप्याकि सेवा बिस्तार गर्न आवस्यक छ ।

३.होमियोप्याथि चिकित्सा भनेको के हो भन्ने बारेमा एउटा टपिक ९ १० कलासमा राख्न आवस्यक छ ।

४.नेपालमै औषधि उतपादन प्रव्रिmया अगाडि बढाउन आवस्यक छ ।

५.हालै नेपाल सरकारले सरकारि स्थरबाट आयुर्बेद तथा बैकल्पिक बिभागमा एक होमियोप्याथि चिकित्सक र पुशुपति होमियोप्याथि अस्पताल हरिहर भवनमा दुइ जना होमियोप्याथि चिकित्सक नियुक्ति गरे जस्तै प्रत्येक प्रदेशमा होमियोप्याथिक चिकित्सा पद्धतिलाई हेर्ने सम्बन्धित निकायमा होमियोप्याथिक चिकित्सक कर्मिहरु नियुक्ति गर्न आवस्यक देखिन्छ ।

६.औषधि बिभागमा होमियोप्याथिक युनिट हुन अति आवस्यक छ ।

७.केन्द्र देखि स्थानिय तह सम्म होमियोप्याथिक चिकित्सा पद्धतिको बारेमा सचेतना कार्यव्रmम बेला बेला गर्न आवस्यक छ ।

८.नेपालमै होमियोप्याथि मेडिकल कलेज सुचारु हुन आवश्यक छ ।

शन्दर्भ विश्व होमियोप्याथिक दिवस  (APRIL-10)