पर्वतको कुश्मा र बलेवा जोड्न सार्क क्षत्रकै अग्लो मोटरेवल पुलको विस्तृत सर्भेक्षण शुरु

  • १२ मंसिर २०७७, शुक्रबार
  • 1295 पटक पढिएको

मंसिर १२ पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ ।

कुश्मा नगरपालिका वडा नं। ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं। १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो ।

पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्भेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रकृया शुरु भएपनि अहिले अर्थ मन्त्रालयले बजेट स्वीकृति दिएपछि बिस्तृत सर्भेक्षणको काम अघि बढेको हो ।

चालु आर्थिक वर्षको बजेटमा समावेश भएको पुल निर्माणको योजनाका लागि अर्थ मन्त्रालयले समेत स्वीकृति दिएपछि सडक विभागको पुल महाशाखाले विस्तृत सर्भेक्षण शुरु गर्न लागेको हो ।

कालीगण्डकी नदिमाथि २०६ मिटरको उचाई र ५ सय १० मिटर लामो पुल बन्ने भएको हो । पुल निर्माणका अघिल्लो आर्थिक वर्षमै लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पूर्वाधार विकास महाशाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रकृया अघि बढाउन निर्देशन दिएको थियो ।

महाशाखाका शाखा अधिकृत शशी पौडेलद्धारा जारी पत्रमा कुश्मा(नेपाने कालीगण्डकी मोटरेवल पुल निर्माण उपभोक्ता समितिको २०७० सालदेखि फागुन ११ सम्म गरी ११ वटा निवदेनका आधारमा र विभिन्न समयमा विभिन्न मन्त्रालयले गरेको सर्वेक्षणका आधारमा आवश्यक प्रकृयाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गत फागुन १८ गते भौतिक पूर्वाधार मन्त्रालयलाई आदेश दिएपछि चालु आर्थिक वषर््को बजेटमा समावेश गरेको पुल निर्माण समितिका अध्यक्ष एवम् अभियान्ता मेघनाथ शर्माले बताउनुभयो ।

उपभोक्ता समितिले २०७० सालदेखि हालसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय गरी ११ पटक निवेदन दिएको थियो । अन्तिम पटक गण्डकी प्रदेशको भौतीक पूर्वाधार विकास कायालयले समेत संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणका लागि माग गरेको थियो ।

२०६ मिटरको उचाई र ५१० मिटर लामो यो पुल सार्क क्षेत्रका मुलुकहरुकै नमुना पुल हुने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताउनुभयो । चालु आर्थिक वर्षभित्र विस्तृत सर्भेक्षणको सवै काम सम्पन्न गरेर टेण्ड आव्हान हुुने र अर्को आर्थिक वर्षको शुरुदेखिनै निर्माण कार्य शुरु हुने अध्यक्ष मेघनाथ शर्माले जानकारी दिनुभयो ।
यो पुल निर्माण भएमा पर्वत र बागलुङबीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्विनी हूँदै पोखरा र स्याङजा सम्मको दुरी घट्ने भएको छ ।

त्यतिमात्र हैन राष्ट्रिय गौरबका दुई सडक आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग समेत यहि पुलले जोडिने भएा छन् भने सडक अभावले लामो समयदेखि अलपत्र बनेको बलेवा विमानस्थल समेत संचालनमा आउने भएको छ ।

त्यस्तै यस क्षेत्रको पर्यटकीय विकासमा समेत महत्वपुणर् भूमिका निर्वाह गर्ने अध्यक्ष शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने महत्वपुणर् नाका यो बन्ने भएको छ । यसले गर्दा सिङ्गो धौलागिरि क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने भएको छ ।
प्रारम्भिक सर्वेक्षणका बेला उक्त पुल निर्माणका लागि रु।१ अर्ब २९ लाख रुपैया लागत लाग्ने अनुमान गरिएको थियो । तर अहिलेको अवस्थामा भने लागत बढ्ने देखिएको छ । अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सहमति जुटाएर पुल निर्माणमा सहमति भएकाले पुल निर्माण शुरु हुनेमा आशंका नरहेको उहाँको भनाई छ ।