कोरोना संक्रमणबाट बागलुङका २५ बर्षिय पुरुषको पोखरामा निधन

  • ३० आश्विन २०७७, शुक्रबार
  • 965 पटक पढिएको

म्याग्दी ३० असोज । बागलुङका २५ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको गयराती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्तीमा ती युवा असोज २५ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए ।

असोज २५ गते अस्पताल भर्ना भएको उनको २७ गते कोरोना पुष्टि पोजेटिभ देखिएको थियो । कोरोनाबाट मृत्यु हुनेको संख्या गण्डकी प्रदेशमा ४८ पुगेको छ