जनप्रतिनिधिलाई विकास भन्दा मालाको अपेक्षा !

  • १० आश्विन २०७७, शनिबार
  • 2109 पटक पढिएको

कमल भण्डारी ( तिलक) 
विकाश किन भएन, के कारणले गर्दा नेपाल र नेपाली सधै पछाडि धकेल्नु पर्ने बाध्यता छ भनेर २००७ देखि २०६४ सालसम्म धैरै बिचार दृष्टिकोणबाट आन्दोलन भएका छन् ।
विगतका सबै बिद्रोह र शान्तिपूर्ण सडक सर्घष वा जनयुद्ध वा अन्य बिबिध बिरोध धर्ना जुलुस भए पछिलो २०६२/६३ को शान्तिपूर्ण सर्घषले दुइ सय सैतिस बर्ष एकात्मक राज्य सत्तालाइ च्युत गरिदियो त्यसैको सफलता पछि देशमा दुइ पटक संविधान सभाको चुनाव भयो त्यहि संविधानले परिकल्पना गरेको समाजबाद उन्मुख ब्यबस्था स्थापित भयो ।


अहिले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्था स्थापित भइ तिन तहको चुनाव पनि सम्पन भएको छ। तिन तहको सरकारले परिकल्पना गरी गाँउ गाँउमा सिंह दरबार भनेर नारा मात्र होइन काम कर्त्वय अधिकार पनि स्थापित भएको छ । संघ प्रदेश स्थानिय तिन तहले आज देशमा कति बिकाश भयो यसको लेखाजोखा गर्ने समय आयको छ । बास्तममा हामीले छोटे राजा र पिरके सालमी दिनको लागी यो ब्यबस्था अंगिकार गरीएको हो कि देशलाइ पूर्ण बिकशित र गाँस बास कपास शिक्षा स्वास्थ्य बिषयलाइ आमूल परिर्वतनको अपेक्षा गरीएको हो ।
अहिले पालिकालाइ बिकाश र समृद्ध बनाउनको लागी स्थानीय तहको अहम भूमिका रहन्छ देशमा सात सय त्रिपन्न स्थानिय तह झन्डै पैतिस हजार भन्दा बढि प्रतिनिधिहरू चयन भइ आ(आफनो कार्य बिभाजन गरीएको छ । यो ठुलो सँख्यामा प्रतिनिधि चयन गर्नु पिरके सलामीको लागी स्थापित हो की देश बिकाश काम गर्नलाइ चयन भएको हो आज सबैले मनन गर्ने पेचिलो बिषय भएको छ ।

चुनावमा घोषणा पत्र बोकेर जनताको घर दैलोमा गरीएका बाचा कति लागु भए कति लागु गर्न बाकी छन कहि कतै छलफल बहस भएको देखिन्न जनप्रतिनिधिको काम कर्त्वय अधिकार बोध नभएको हो कि! अन्य बिबिध कारणले पालिकालाइ बिकाश गर्न बाधा पुगेको हो सोचनिय बिषय भएको छ । यदि घोषणा पत्रमा लेखिएका बिषयलाइ सम्बोधन गर्न नसिकने कि एउटै कारण हुन सक्छ खर्चिलो चुनाबी खर्च उठाउने ध्ये वडा अध्यक्ष चुनाव जित्नको लागी पचास लाख र पालिका अध्यक्ष जित्नलाइ एक करोडका बुलन्ध आवाज बजारमा छरपस्ट देखिएका थिए । त्यसकारण उचित अनुगमन अहिले आबश्यकता हो ।

अब धैरै टाढाको बिषयलाइ सम्बोधन गर्नु भन्दा पनि हाम्रो रघुगंगा गाउँपालिकामा प्रबेश गर्दा उपयुक्त होला । झन्डै चुनाव भएको पनि तिन बर्ष भन्दा पनि बढि भयो यो छतिस महिना भन्दा बढि कार्यकालमा पालिकामा कृषि सडक शिक्षा स्वास्थ्य के कति प्रगति भयो के कति कार्यन्वयनमा छ सबैले बहस गनुपर्ने आजको आबश्यकता भएको छ ।
अन्य धैरै बिषयमा प्रवेश गर्नु भन्दा पनि कृषिमा नजर लगाउदा उपयुक्त होला यो छतिस महिने कार्यकालको मूल्याङकन आज सम्म कृषिमा भएको देखिने गरी केहि कार्य भएको देखिदैन किन के कारणले गर्दा यि तमाम काम अगाडी बढाउन सकिएन काम गर्न कुनै अबरोध भएर हो कि कृषिमा लागानी गर्ने सोच भिजन नभएर हो! यदि यो बिषयमा प्रवेश भएको भए आज सम्म के कति सुधार भए यस्को केहि लेखाजोखा देखिदैन।

कृषिमा आमुल परिर्वतन गर्नको लागी जनप्रतिनिधिले बिशेष चासो र जन गुनासोलाइ सम्बोधन गर्नुपर्ने अहिलेको आबश्यकता हो । कृषकलाइ कसरी कृषिकर्मबाट नै जीवन धान्नको लागी उत्पेरित गर्ने कृषकको आबश्यकता के हो कसरी आत्मनिर्भर बनाउने भन्ने बिषयमा अलि गहन छलफल बहस गर्नु पर्ने देखिन्छ । कसरी आधुनिकिकरण गर्न सकिन्छ यता तिर पनि ध्यान जान जरूरी देखिन्छ ।

यदि साचै कृषकलाइ आत्मनिर्भर र बेरोजगारीलाइ रोजगारीको प्रत्याभुति दिने भनेको यसको आधुनिकरण र बजारीकरण अहिलेका गहन बिषय हुन । थोरै लगानी धैरै उत्पादन कसरी गर्न सकिन्छ यस्को यथोचित मुल्याङकन हुनुपर्छ । बिउ बिजन मल भण्डार सिचाइ र उत्पादन भएपछि बस्तुको मूल्य र बजारीकरण पालिकाले जिम्मा लिनुपर्छ तबमात्र बेरोजागरीको केहि हदसम्म निवारण गर्न सकिन्छ ।

रघुगंगा जनप्रतिनिधिलाइ प्रश्न यो लामो समयको कार्यकालमा यहाँहरूबाट कृषिको लागी चक्लाबन्दि बिउ बिजन सिचाइ भण्डार उत्पादनलाइ मूल्य र बजारीकरणको ब्यबस्थामा के कति प्रगति भयो! यो कार्यकालमा कति कृषक आत्मनिर्भर भए कति बेरोजगारी अन्त्य भए कति कृषिमा रोजगारी सिर्जित भए यहाहरूको उचित प्रतिक्रयाको अपेक्षा तिन बर्षको कार्यकालमा कति रोजगारीका हब स्थापना भए! कृषिमा छट्याएको बजेट अन्य क्षेत्रमा लगेर कार्यान्वयनले कृषि र पशुपालनलाई ब्यवसायीक बनाउन सकिन्छ?
बेरोजगारीलाइ अन्त्य र एक घर एक रोजगार कार्यक्रम मार्फत आज सम्म कति जनसक्तिले रोजगार प्राप्त गरे कति कार्यन्वनमा छन! त्यस्तो देखिने गरी खाशै कार्य प्रगति भएको देखिदैन त्यसकारण आत्मनिर्भर र बेरोजगारी समस्याको अन्त्य भनेको कृषि नै प्रमुख हो । कृषिलाइ आधुनिकरण र उत्पादनलाइ बजारीकरण अहिलेको अपरिर्हाय हो भनि मनन गर्ने प्रयत्न जारी राख्ने कि!

रघुगंगा सचेत युवावर्ग समाजिक संजालमा बिरोध मात्र गर्ने कि रचनात्मक भूमिका निर्वाह गर्ने भएको उपलब्धीलाई संस्थागत र कमी कमजोरीलाइ सुधार नै युवाहरुको मुख्य भूमिका रहन्छ ।
उच्च राजनीतिक नेतृत्वमा रघुगंगा अगाडि देखिन्छ वडा नम्बर दुइ भित्रबाट प्रदेश सांसद जिल्ला समन्य समिति प्रमुख पुजिपति गाउँपालिका प्रमुखको समन्वयमा पनि बिकाश र प्रगति नहुनु भनेको दुखत पक्ष हो । सबै नेतृत्वले यो तिन बर्षको कार्यकालमा कति रोजगारी सृजना गर्नु भयो कति कार्यन्वनको तयारीमा छन । एक पटक सबै नेता महोदयले समिक्षा गरी बाकी कार्यकालमा जनताको भावानको कदर गरी नेपालको सात त्रिपन्न स्थानिय तह भन्दा पृथक र बिकशित भएको देख्ने चाहाना हामी सबै स्थानीयबासीको छ । लिक्वान त्यसै लोकप्रिय भएका होइनन बोली भन्दा पनि परीणामले गर्दा सबैको प्रिय बन्नु भएको हो, त्यसकै प्रतिफल तिन दशक भन्दा पनि लामो समय देशको कार्यकारी प्रमुख भएर आज सिङगापुर बिकशित भएको हो ।
त्यसकारण अन्य देशको मार्क्सवाद लेनिनबाद माओबाद होइन नेपाली माटोलाइ बिकाश गर्ने किसिमको बाद भनेको कृषिकर्मबाट जीवन धान्न सकिन्छ भन्ने उज्वल र पृथक बादको बिकाश गनु नै उपयुक्त होला।

नीजी विचार