मराङको मर्का

  • २३ श्रावण २०७७, शुक्रबार
  • 129 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी,२३ साउन । लगभग ७ वर्षको बालक । टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेको दृश्यले एक्कासी मेरो ध्यान तान्यो । के कुरामा उसलाई चित्त बुझिरहेको थिएन आफू भन्दा केही उमेर बढीको बालिकासँग रोएर आफ्नो माग पुरा गर्दै थियो । एकछिन उ अर्थात अर्जुन जुग्जालीसँग कुरा गर्ने चाहना नभएको होईन तर मनले बोलाउनै मानेन । आमाको न्यानो काँखमा रुदै, कराउँदै लडीबुडी खेल्नेबेलामा त्यही आमाको काँख खोसिएको कुरा त्यो सानो बालकले सम्भवत बुझेको थिएन, तर आमाको न्यानो काँखको आभाष भने अवश्य भईरहेको थियो । धनबहादुर जुग्जाली अर्थात अर्जुन जुग्जालीको बुबाले नै बाँकी जिन्दगीभर उसलाई बाबा र आमाको माया दिनुपर्ने छ । उनले जीवनसँगीनी र २ छोरी गुमाएको पीडा ताजा नै थियो तर त्यही छोरा हेरेर चित्त बुझाउनु बाहेक अर्को उपाय पनि त थिएन । छोराले आमा खोजिरहन्छ तर के भनेर उसको मन बुझाउनु, धनबहादुर टहलिए ।


उल्लेखित प्रसंग २०७७ असार २५ गते मराङमा आएको विनाशकारी पहिरोले क्षत् विक्षत बनाएको मराङ अन्तर्गत रिख गाउँको हो । बाढी र पहिरोले मराङ विक्षिप्त भएको चिरा चिरा भएको खबर र तस्विरहरुले मेरो पनि मन नफाटेको भने होईन, त्यहाँ पुग्ने इच्छा प्रकट नभएको होईन तर तत्काल त्यहाँ पुग्न सकिएन । विस्थापित परिवार र पहिरोमा सबथोक गुमाएका परिवारहरुको आश्रयस्थल स्थल निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको निर्देशनमा राष्ट्रिय युवा संघ र अनेरास्वीयू म्याग्दीको झण्डै ४० जनाको टोली श्रावण ९ गते मराङ पुगेको थियो ।


पीडितहरुको पीडामा थोरै भएपनि आफूलाई समाहित गराउने र सक्दो सहयोग गर्ने उद्देश्यले हाम्रो टिम साउन ९ गते विहान बेनीबाट प्रभावित क्षेत्र मराङतर्फ प्रस्थान गरेको थियो । बेनीबाट विहानै हिड्ने योजना बनाएपनि ११ बजेमात्र दरबाङको यात्रा सुरु भयो भने २ बजेदरबाङमा खाना । मित्र विजय किसानले दरबाङमा खानाको व्यवस्था गरिदिएका थिए । खाना खाएपछि काम गर्दा आवश्यक पर्ने खाद्यान्नका लागि चाउचाउ, विस्कुट, दालमोठ लगायतका सामग्री प्याकिङ ग¥यौ । सुत्नका लागि म्याट्रेस, टेन्ट हाल्न पालहरु समेत बोक्यौ र ३ बजे टोलि दरबाङबाट अघि बढ्यो । तर दरबाङबाट अगाडी जाने बाटोमा पहिरो झरिरहेको भन्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य पुनम खड्काको टोलि पारिबाट जाने भन्दै फर्कियो तर म, एकजित रोका, दिलिप बुढाथोकी, अनुप गौचन, सज्जन क्षेत्री लगायतको टीम त्यही बाटो नै अगाडी बढ्यौ, पछि अन्य साथीहरु पनि सोही बाटो आउनु भयो । सबै साथीहरुको हिडाई एउटै रफ्तारमा हुने कुरा भएन त्यसैले लगभग ४,५ ग्रुप बनेको थियो ।

सुजन र तेजिन्द्र जीको ग्रुप सबै भन्दा अगाडि थियो भने सुवास कार्कीको ग्रुप अन्तिममा । त्यो दिन हाम्रो मराङको बेशीमा बसाई हुने योजना थियो तर जब अर्कला पुगियो बेशीजाने बाटोमा लगभग १ घण्टा अगाडी ठूलो पहिरो आएर बाटो थुनिएको खबर आयो । अर्कला भन्दा पारिपट्टी केही गाई र गोरुहरु चर्दै थिए, वरिपरी पहिरोले क्षत विक्षत थियो तर घर भने सकुशल नै थियो । यहाँका मानिसहरुलाई हेलिबाट उद्धार गरिएको थियो । अर्कलाबाट मराङतिर देखिने कुनै पनि भिर, पाखा सग्ला थिएनन् । सबै पहिरोले चिथोरेको थियो, । अर्कलामा बसेर पछि भएका साथीहरुलाई पर्खर्दै खाजा खायौ । सबैजना साथीहरु आएपछि बेसीजाने तेस्रो बाटो छाडेर उकालोबाटो लाग्यौ । अर्कलाबाट पुल पार गर्दै यात्रा आरम्भ भया, बाटो कतै पनि सग्लो थिएन । नाक ठोकिने उकालो । बाटोमा जोखिम उत्तिकै । म, पुनम खड्का, अर्जुन शाही, सविन रोका, भागीरथ कँडेल र चन्द्रगिरीको टिम अगाडी थियो सुजन हमाल पनि भेट्न आईपुगे भने अन्य साथीहरु पछाडि नै भए । केही माथि पुग्दा बाटो पुरै पहिरोले लगको थियो, कतै नाम निशान थिएन । कसरी जाने ? धन्न विजुलीको तार लत्रिएको रहेछ त्यसैलाई समाएर अगाडी बढ्यौ । केही माथि पुग्दा वडा अध्यक्ष राजाराज सुवेदीका भाइ निलकण्ठ सुवेदी हामीलाई लिन आईपुगे । साँझ रिमझिम पर्दै थियो । बेनी झर्न धेरै ओरालो झर्नुपर्ने रहेछ त्यसैले हामीले मराङ ठ्रूलो गाउँमा जाने योजना बनायौ । स्थानीय रुपमा हामीलाई स्थानीय समेत भएकोले नाताले अनेरास्ववीयूका नेता इश्वर सुवेदी भाइले सहजीकरण गरिरहेका थिए भने उनीसँग सम्पर्कमा राष्ट्रिय युवा संघका संयोजक प्रविन शाही थिए ।

नेटवर्कको एकदमै समस्या थियो । बेशीबाटै कार्य सुरुवातको तयारी गरिएको जानकारी आएपछि मराङ ठूलो गाउँ जाने बाटो छाडेर टिम बेशीतर्फ ओरालियो । बीचबाटोमा फेरि अर्को ठूलो पहिरो भेटीयो । त्यो पहिरो माथि वडा कार्यालय भन्दा पनि माथिबाट आएको रहेछ । झ्यालहरु, घर छाएका टिनहरु यत्रतत्र भेटिन्थे । त्यहाँ भएका २ वटा घर मध्य एउटा सकुसल नै देखिन्थ्यो भने एउटा घरलाई आधा पहिरोले पुरेको थियो । त्यहाँसम्म आउँदा खुम किसान भाइ र म २ जना भएका थियौं । कोही पछि थिए भने कोही अगाडी गईसकेका थिए । पौने आठ बजे बेशी पुग्यौं । वडा अध्यक्ष राजाराम सुवेदी र इश्वर भाइ स्वागत गर्न आईपुगे । अन्य साथीहरु भने साढे आठ बजेसम्म आउने क्रम जारी नै रह्यो । बाटोमा देखेका क्षत् विक्षतको दृश्यहरु मानस्पटलमा घुमिरहेका थिए । मैले ती दृश्यहरुलाई दिमागबाट हटाउनै सकिन । नेटवर्कको एकदमै समस्या रहेछ । वडा अध्यक्षको घर अगाडिको पुलमा वस्यो भने केही भएपनि कुराकानी गर्न भने पाईने रहेछ । मोवाईलले नेटवर्क देखाएपछि श्रीमती सलिनालाई फोन गरेर सकुशल आएको जानकारी गराए । एक हप्तासम्म पसलको जिम्मेवारी समेत उनैलाई सुम्पेको थिए । पहिलो साँझ स्थानीय क्लवले खानाको व्यवस्था गर्नु भएको रहेछ मेसमा । सबैजना थकित भएकाले पनि खाना खाईवरी विभाजित भएर सुत्यौ । म लगायतको टिम इश्वर भाइको घरमा ।

१० गते विहान साढे ६ बजेतिर बल्ल निन्द्रा खुल्यो तर थकानले ज्यान हलचल गर्ने मुडमा थिएन । सिमसिम पानी परिरहेकै थियो । बादलले डाँडापाखा ढपक्कै ढाकेको थियो । नागपञ्चमीको दिन भएकाले पनि स्थानीयहरु सबै नागपुजाको तयारीमा थिए । इश्वर भाइकी बहिनीले हामी त्यहाँ भएका झण्डै १५ जनालाई चिया लिएर दिईन । नित्यकर्म गरि वडा अध्यक्षको घरमा सबै भेला भयौ । हामी बेनीबाट पालको टहरा निर्माण गर्ने भनेर दरबाङबाट ६० वटा त्रिपाल बोकेर पुगेका थियौ तर पछि गाउँपालिकाले टिनको टहरा बनाउने निर्णय गरेछ । टिन हेलिबाट ल्याउने भन्ने खबर आएपछि सोही अनुसार पहिलो टहरा बनाउने र टिन आएपछि छाउने सल्लाह भयो । त्यसपछि प्रविन शाही केही साथीहरु राखेर खाल्डो निर्माणमा लाग्नु भयो, अनेरास्वीयूका संयोजक सुवास विक बाँस, खाँबो काट्न लाग्नु भयो भने म लगायतका साथीहरु ढुवानीमा लाग्यौ । बाँस काट्न गाउँभन्दा धेरै माथि नै जानुपर्ने भयो । बाँस काट्ने टोलि पनि फेरि ३ वटा बन्यो सुवासजी, अर्जुन जी र सन्दीप हमालको नेतृत्वमा । बाँस काटेर तयार नहुनेबेलासम्म हामी पनि बाँस काट्न सहयोग ग¥यौं । जुनघारीमा हामी वाँस काट्दै थियौ त्यो वाँसघारीको दातालाई पनि बारीमा पानी कुर्नगएको बेलामा आएको पहिरोले पुरेको रहेछ । एकजना स्थानीय दाइ आएर उक्त घटना सुनाउनु भयो बडो नरमाईलो लाग्यो । बाँस तयार भएपछि हामी ओसार्न लाग्यौ । तर अप्ठ्यारो बाटो र बाँस लामो भएकाले बोक्न भने निकै गाह्रो भयो । त्यसपछि पहिरोबाट झार्न थाल्यौ । म, एकजित रोका, तेजिन्द्र पुन, शिशिर शाही, सुजन हमाल, विनोद, दिलिप, हेमन्तले पहिरोबाट बाँस झादै थियौ सुवासजीहरु उत्तिसको खाँबो काट्दै हुनुहुन्थ्यो रुख ढलेर झन्डै सुवासजीलाई लागेन, यता सुजनलाई बासले । सबैको सात्तो लग्यो एकछिन । हामी काममै थियौ । मराङको आकाशमा हेलि आयो । सुरुमा त लाग्यो हेलि टिन लिएर आएछ की के हो तर पछि थाहा भो रवि लामिछाने, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको टीम आएको रहेछ । राजेश शाक्य र लोकेश पुनले पहिरो पीडितलाई राहतसँगै हामीलाई समेत केही त्यहाँ काम गर्ने समयका लागि खाद्यान्न, तरकारी, अचार लगायतका सामग्री लागिदिनु भएको रहेछ त्यो कुरा बेनी आएपछि मात्र थाहा पाएँ । बाँस, खाँबो सबै ओसारिसक्दा साथीहरुले खाल्डो पनि तयार गरिसक्नु भएको थियो । साँझसम्म ११ वटा टहरा निर्माण ग¥यौ । प्रत्येक टहरा छुट्टाछुट्टै बनाउनु परेकोले र पहिलो दिन भएकोले पनि हुन सक्छ समय प्रशस्तै लाग्यो । साँझतिर सलहको एकहुल गाउँमै आईपुग्यो । दिलिप र तेजिन्द्रजी सलह टिप्न लागे, खाना सहितको अचारका लागि ।


भोलिपल्ट अर्थात ११ गतेपनि हाम्रो कामको रफ्तार अझ बढाउनु पर्ने थियो त्यसैले २ टिम बनायौं । पुनम दाई र सुवास विकको टिम कुम्रीतिर लाग्यो भने प्रविन शाही र म लगायतका १० जना साथीहरु अरबाङ तिर लाग्यौ । काममै रहँदा अन्य कुराको खासै ध्यान नहुने भएकोले मन शान्त नै रहन्थ्यो तर जब यात्रा गथ्र्यौ फाटेका जमिनहरु, भिरपाखाहरु देख्दा मन भावविह्वल हुन्थ्यो । मन चिरिएर आउथ्यो । उकालो चढ्दै गर्दा उदय भाइले डउरे समेत टिप्न भ्याए । हामीलाई स्थानीय क्लवका अशोक भाइले बाटो देखाएर लैजादै थिए । अरबाङको जनविकास आधारभूत विद्यालयमा रिखका पहिरो पीडित लगायत अन्य पहिरो पीडितलाई राखिएको रहेछ । त्यहाँ पुगेपछि क्लव अध्यक्ष चक्र पुनसँग भेटघाट भयो, वहाँसँग मेरो पुरानो चिनजान समेत थियो त्यसैले काममा केही सहज भयो । विद्यालयमा पुगेर भर्खर के बसेको थिए अर्जुन जुग्जालीमाथि मेरो नजर प¥यो । उनका दिदीहरु पनि त्यही विद्यालयमा पढ्दा रहेछन् तर विडम्बना उनीहरु अब कहिल्यै पनि विद्यालयमा आउनेछ्रैनन्, विद्यालयको सूचना पाटीमा श्रद्धाञ्जली लेखेर टासिएको थियो । धनबहादुर जुग्जाली त्यही टहलिएका थिए, उनको अनुहारबाट नै पीडा, वेदना प्रशस्त व्यक्त गरिरहेको थियो । सन्दीप रिजाल भाइले रिख जाने चाहना व्यक्त गरेपछि चक्रजिले सुमन जुग्जालीलाई बोलाईदिनु भयो ।

उनले पनि आमा, भाउजु र २ छोराछोरीलाई त्यही पहिरोमा गुमाएका रहेछन् । गोठमा सुतेकाले आफू, बहिनी र अंकलको छोरालाई बचाउन सफल भएछन् । सन्दीप भाइ पहिरो स्थल लागे भने हामी काम तिर लाग्यौ । हाम्रो टिमले चर्पिको सेफ्टी ट्याङ्की बनायौ भने अन्य साथीहरुले कुम्रीमा टहरा निर्माण गर्नु भयो । त्यो दिनको बसाई हाम्रो मराङको ठूलो गाउँमा थियो । तसर्थ हामी अरबाङबाट काम सकेर बेशी, कुम्रीहुँदै फेरि ठूलो गाउँ पुग्नु थियो ।
गाउँबाट विदाई भएर ओरालो मात्र के लागेका थियौ पानी यसरी बर्सियोकी उसलाई अब फेरि कहिल्यै आउनु छैन । प्लाष्टिक ओडेका साथीहरुलाई निथ्रुक्क भिजायो । रेमन राई र मैले मेरो छाता ओढ्यौ । बाटोमा हेर्दा हेर्दै ठूलो भेल बग्न थाल्यो । असारको २५ गते राती कस्तो भएको होला भन्ने अनुमान लगाउन हामीलाई त्यति कठिन भएन । साँझ पर्दै थियौ कुम्री पुग्दा साथीहरु धमाधम टहरा बनाउने काममा लागिरहेका थिए । केही साथीहरु मराङ ठूलो गाउँमा हामीलाई खाना र बस्नको लागि बन्दोवस्न मिलाउन पुगिसकेका रहेछन् । टहरा बनाउँदै गरेका साथीहरुलाई त्यही छाडेर हामी उकालो लाग्यौ । पालको टहरा बनाएर २ बालबच्चा सहित बसेकी एकजना दिदीले आफ्ना पीडाहरु सुनाईन् । केही माथि पुग्दा बाक्लै घरहरु भेटिए । मानिसहरु विभिन्न समूहमा बाडिएर बसिरहेका थिए । नमस्कार ! सबै सन्चै हुनुहुन्छ ? लगभग ३५ वर्षको एकजना दाई मलिन स्वरमा जवाफ दिए–“ जोखिम सहितको आरामै छौ ।” गाउँभन्दा माथि मोटरबाटो रहेछ । त्यहाँबाट सबै चर्किएको थियो । एउटा घरमा ९० वर्ष भन्दा बढी उमेरका बुबा घरको छेउमा टहरा हालेर एक्लै गीत गाउँदै सुशेली हाल्दै सुतिरहेका थिए । बाटो सहज भएमा बेनीजाने योजना सुनाउँदै थिए बुबाले । अलिक माथि वडा कार्यालयको भवन र आमा समूहको भवन रहेछ जुन पूर्णरुपमा ध्वस्त थिए । यहाँनेर थिए भनेर अनुमान लगाउन केही थान टिनमात्र देखिन्थ्यो ।


साँझ ठूलो मराङ पुगेपछि नेटकर्वले पनि काम ग¥यौ । सन्तोष गौतम मार्फत ताजा खबर बुझ्न एकछिन कुराकानी भयो । तेजिन्द्र, सुवास, समिर, विनोदजी लगायतले स्थानीय युवा क्लवको सहयोगमा बेलुकाको खाना तयार गर्नु भएको रहेछ । ठ्याक्कै जनयुद्धकै झल्को आउने गरी हामी बेनीबाट मराङसम्म लस्करै पुगेका थियौं । मेस सञ्चालन, जनताको सेवाका लागि खटिएका साथीहरुको काम गर्ने उर्जा र लक्ष्यप्रतिको लगावले मलाई एकछिन जनयुद्धकै पेरिफेरीमा पु¥याएको थियो । वस प्रत्येक दिन विहान रोलकल थिएन, दुस्मनदेखि खतरा थिएन, एकाध कुरा अलि फरक थिए नत्र भने सबैकुराले जनयुद्धकै झल्को दिईरहेको थियो । बेलुका सुत्नेबेलामा जनयुद्धका घटनाहरु पनि शेयर गर्न भ्यायौं ।


१२ गते ठूलो गाउँमा पनि केही टहरा बनाउनु पर्ने थियो तर पानीका कारण विहानमा काम गर्न सकेनौं । गाउँको पनि वरिपरि पहिरो भएकोले केही साथीहरु रातमा सुत्न सक्नु भएनछ । पानी कम भएपछि युवा क्लवको भवन नजिकै टहरा बनायौं । स्थानीय युवा क्लवले काठहरु काटिदिएकोले केही सहज भयो । त्यसपछि हाम्रो यात्रा थियो राम्चेको । ठूलोगाउँलाई छाडेर यात्रा राम्चेतिर लम्कदै गयो ।


जमिन फाटेको, बाटोहरु भत्किएका, रुख, विजुलीका पोलहरु ढलेको दृश्यले मन विथोल्दै थियो । जब राम्चे पुग्यौं एकछिन मन स्तब्ध भयो । त्यहाँको जमिन होईन मेरो मन चिरा चिरा भयो । वस्तीे होईन सवथोक बगाए जस्तो भयो । कतै मैले नै टेकेको जमिन त हिड्दै त छैन ? जस्तो भयो । त्यहाँका मानिसको मात्र होईन मेरो हृदयमा नै क्षति विक्षत भयो । अहिले त यस्तो छ भने सुरुका दिनहरुमा यहाँ मानिसले कसरी आफूलाई कसरी सम्हाले होलान ? म एकछिन घोत्लिए । बस म कल्पना बाहेक अरु गर्न पनि त के सक्थे र ? उनीहरुको पीडामा सहानुभूति बाहेक दिने हामीसँग अरु केही पनि थिएन्, जसले उनीहरुको पीडा कम होस्् । एकछिन भावना बग्यौ पनि । तर हामी जुन उद्देश्यले गएका थियौ फेरी आफ्नै काममा केन्द्रित भयौ । टहरा बनाउनका लागि त्यहाँ उचित सार्वजनिक स्थल नभएकोले पहिरोबाट आफ्नो बुहारी र नातिनातिनी गुमाएकी चनमति कामीले मकै लगाएको बारीमा टहरा निर्माणका लागि दिईन । उनी त्यही घरमा हेरेर आफ्नो बुहारी र नातिनातिनीको यादमा डुबीरहेकी थिईन । त्यस दिनका घटनाहरु हामीसँग सुनाउँदै थिईन । हामीलाई समेत एकदमै भावकु बनायो । अगाडीबाट हेर्दा सग्लो देखिने घरको पछाडिबाट बेजोग देखिन्थ्यो, दिपक सुनारले त्यहाँ आफ्नी छोरी गुमाएका रहेछन् । साँच्चै असह्य पीडा थियो, बस महसुस मात्र गर्न सकिन्छ ।


झण्डै बेलुकाको ४ बज्न आटेको थियो, त्यहाँ बास नपाईने रहेछ त्यसैले हामीहरु सबै जंगलमा काठहरु काट्न लाग्यौ । स्थानीय युवाहरुले पनि हामीलाई सघाए । प्रविनजीहरु खाल्डो खन्न र खाँबो गाड्न लाग्नु भयो । ६ बज्नै आटेको थियो र पनि हामीहरु बास काट्नका लागि ठूलो मराङ भन्दा केही माथि आईपुग्यौ । रातको ८ बज्नै लाग्दा बास काटेर सक्यौं । लगातारको कामले धेरै साथीहरु निकै थकित देखिए तर काम गर्ने जोश र उर्जा भने कायमै थियो । आफूले गर्दै नगरेका कामहरु पनि साथीहरुले बडो मेहनतका साथ गरिरहेका थिए ।


अघिल्लो दिन बाँकी रहेको काम पुरा गर्न १३ गते फेरि राम्चे उक्लियौ, अघिल्लो राती काटेर राखेको बाँस बोकेर । अघिल्लो दिन साथीहरु खाल्डा खनेर खाबो गाडेर ठिक्क पारिसक्नु भएको रहेछ । हामीले वास लगेर साटा काटेर फ्रेम बनायौं । अघिल्लो दिनको भन्दा ४ वटा नयाँ टहरा पनि थप्यौ । स्थानीय जनताहरु निकै खुसी भए । दिनको ३ बजेतिर आवश्यक ५१ वटा टहरा निर्माण गरिसकेपछि अत्यावश्यक केही टहरा पालले छायौ । टिन आएपछि फेरि छाउन आउने बाचा सहित हाम्रो श्रमशिविर अन्त्य ग¥यौं ।
नेपाल कम्युनिष्ट पार्टी मराङ गाउँ कमिटी र धवलागिरी गाउँपालिका ६ नं. वडा कार्यालयले फेरि भेटौला कार्यक्रम राख्नु भयो । श्रमशिविरमा सहभागी हुने योद्धाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । हामीले पनि वहाँहरुको धन्यवादलाई सहर्ष स्विकार गर्दै फेरि आउने बाचा ग¥यौं । मराङको पीडामा हामीले आफूलाई कति समाहित ग¥यौ, वहाँहरुको पीडामा कति मल्हमपट्टी लगाउन सक्यौ एउटा पाटो भयो तर वहाँहरुको अनुहारमा केही भएपनि मुस्कान छर्न सक्यौ, थोरै भएपनि पीडा शेयर ग¥यौ यसैमा हाम्रो खुसी र आत्म सन्तुष्टि थियो । बेशीको बाटोमा फेरि पनि पहिरो गएकाले सोही भिरबाटो नै झर्नु पर्ने भयो । मन मराङको गाउँवेशीमै डुल्दै थिए, साथीहरुको दिमागमा टहरा निर्माणकै याद रहेछ क्यारे बाटोमा राम्रो रुख देखे भने यसमा गजबको खाबो र निरल आउने रहेछ है भन्दै थिए । ताकम र विममा समेत श्रमशिविर सञ्चालन गर्ने योजना भएपनि विशेष कारणले त्यहाँ जानु नपर्ने भयो । मथिङ्गलमा मराङको क्षत् विक्षत् दृश्यहरु नाँच्दै थिए पाईलाहरु भने सिमसिम पानीमा ओरालो, चिप्लो र जोखिम बाटोको प्रवाह नगरी बेनीको दुरी कम गर्दै अगाडी बढीरहे ।

(लेखकः राष्ट्रिय युवा संघ नेपाल, म्याग्दीका सह–संयोजक हुन्)