प्रकृतिको अनुपम बरदान : सिस्नो

  • २२ चैत्र २०७६, शनिबार
  • 4414 पटक पढिएको

Urtica dioica- सिस्नोलाई सामान्य रुपमा common nettle /Stinging nettle पनि भनिन्छ। Urticaceae फेमेलि अन्तर्गत पर्ने सिस्नो New Zealand बाट उत्त्पति भएको बिश्वास गरिन्छ। यो फुल फुल्ने, र जुनसुकै महिनामा पनि हुने सदाबहार झार हो ।  यसको उचाई करिब १ देखि २ मिटर हुन्छl Urticaceae फेमेली अन्तर्गत urtia जिनसमा करिब ३० देखि ४५ प्रजातिका फुल फुल्ने सिस्नोहरु पाइन्छन् । ती मध्ये विशेषगरि common nettle ,Small nettle, Tree nettle र Urtica thunbergia गरी चार किसीमका सिस्नोहरु मुख्य हुन।

काडेदार, झरिलो सिस्नो धेरैको रोजाइमा पर्ने गर्छ। खेतबारीका भित्तामा र बनजङ्गलका झाडिहरुमा सजिलोसँग उम्रने सिस्नो सम्पुर्ण प्राणीहरुका लागि एउटा अनुपम बरदान बन्न पुगेको छ। कुनै समयमा गाउँघरमा एक छाक टार्न धौधौ परेका र गरिबीको भारले थिचोमिचो परेकाहरुले मात्र तुच्छ खानाको रूपमा प्रयोग गर्ने गरेको सिस्नो अहिले सहरमा गल्ली गल्ली हुँदै ठुला ठुला होटेल,रेस्टुरेन्ट,सपिङ्ग मार्टहरु लगायत विभिन्न अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा पर्न थालेको छ। हाल देशमा सिस्नोको माग बढ्दै गरेकोले गोरखा, सिन्धुपाल्चोक, दोलखा ,सुनसरी र हेटौंडा लगायत अन्य थुप्रै जिल्लामा सहकारीको साथै आमासमुहको माध्यमबाट सिस्नो जम्मागरि सम्पुर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिस्नोको माग पूरा गर्दै आएका छन्।

पछिल्लो समयमा सिस्नोको महत्त्व बुझेर यसको कारोबारमा लाग्ने समूह, संघ-संस्थाहरुको लर्को लाग्ने क्रम सुरु भएको छ। थोरै लगानी, खेती गर्न सजिलो,धेरै समय दिन नपर्ने, धेरै मलजल गर्न नपर्ने र भिर पाखामा यत्तिकै खेर गयेको जमिनमा पाइने सिस्नोबाट बनेको धुलो राम्रो मुल्यमा बिक्री हुनुका साथै स्वास्थ्यबर्धक र बिदेशी बजारमा पनि राम्रो दाममा निर्यात हुन थालेपछि यसको महत्त्व झन् बढ्न थालेको छ। सिस्नो पोसिलो हुनुका साथ साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुँदा यसको महत्त्व बुझेका हरुप्रति बजार पाउन सिस्नोले धेरै कठिनाइ बेहोर्न पर्दैन ।

नेपालमा कृषि क्षेत्रमा सुधार गर्न ठुलो कायापलट हुनपर्छ भन्ने छैन तर पनि जुन ठाउँमा जे उत्पादन भैइरहेको छ , जहाँ जुन कुराको सम्भावना छ त्यसलाई बुझेर राम्रोसँग व्यवस्थापन गर्नसके पुग्छ र हाम्रो तहका लागि यती नै धेरै हुनेछ। जहितही पाइने हुँदा र लागत पनि अन्यको तुलनामा कम हुने हुँदा यसको महत्त्व नबुझ्नु र कहिले बुझ्न् नखोज्नु हाम्रो अर्को ठुलो कमजोरी हो । गाउँघरमा सिस्नो लाई काटेर फाल्ने, खोले खान दिने,निम्न आयश्रोत भएकाले तरकारीको अभावमा दाल र सागका रुपमा प्रयोग गर्दै आएको बनस्पति अहिले मानव स्वास्थका लागि अमृत सावित बनेको छ। निम्न स्तर परिवारका निम्ति पेवाका रुपमा लिइने सिस्नो अहिले धनीवर्गका मानिसहरुमा निकै लोकप्रिय बन्दै गइरहेकाे छ।

विभिन्न सम्भावना हुँदाहुदै पनि तिनीहरुलाई पहिल्याउन नसक्नु र गरिबीको जालोलाई हटाउन नसक्नु हामी नेपालीको लागि ठुलो विडम्बना बन्न पुगेको छ। हालैको अनुसन्धानले सिस्नो मानबलाइ मात्र नभई जीवजनावरलाई समेत फाइदाजनक रहेको र यसबाट बार्सिक ६० देखि ७० लाखको सिस्नो पाउडर बेच्न सकिने बताएको छ । यसरी सिस्नोको नियमित प्रयोगले स्वास्थमा सकारात्म परिवर्तन त हुन्छ नै यसका साथसाथै यसबाट धेरै पोषक तत्व पनि पाउन सकिन्छ। सिस्नोबाट क्याल्सियम,प्रोटिन, भिटामिन सि, फस्फोरस , कार्बोहाइडे्ट र फलाम पाइन्छ।

यसका साथसाथै यसले उक्त रक्तचापलाई नियन्त्रण गरि प्रोसटेड ग्लानडर र वाथको समस्यालाई समेत फाइदाजनक हुने गर्छ। यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले पनि शाकाहारिका निम्ति उत्तम क्षेणिको परिकार मानिन्छ। करिब १० ग्राम धुलो २०० मि.लि तातो पानीमा राखी बिहान बिहान खाली पेटमा खांदा पेटको सबै समस्याबाट दिन्छ। छाला र कपालको स्वास्थमा सुधार गर्नुका साथै अनुहार पनि चम्किलो बनाउछ।सिस्नोलाइ प्रयोग गर्दा मासिने ,नासिने, लोप हुँदै जाने भन्ने होइन, जति काटिन्छ उति यसको कलिलो मुनाहरु पलाउने क्रम बढ्ने भएकाले यसलाइ एक बलियो आयआर्जनको माध्यम मानिएको छ ।

कसरी खाने ??

⁃ गाउँघरमा सिस्नोको कलिला मुना टिपेर उमालेको तातो पानिमा पकाउने र नुन, खुर्सानी, लसुन र मकैका च्याख्ला राखेर हरिया पात खाने चलन छ ।

⁃ यती मात्र नभइ यसलाई ग्रीन टी बनाउने तरिका पनि सेवन गरिन्छ ।

– विदेशमा बटरमा प्याज, लसुन, लीक,गाजर फ़ुर्याएर भेज स्टक र आलु राखेर सिस्नो पकाइनछ र नुन, मरिच र क्रिम हालेर नेटल सुपको रूपमा प्रयोग गरिन्छ ।

– तर अहिले भने सुकाएर, मिचेर अथवा विभिन्न machine प्रयोग गरेर बजारमा सिस्नो पाउडरको प्याकेट पाइन्छ जसलाई तरकारी र सुप को रुपमा खान सकिन्छ ।

सिस्नो को औसधीय गुणहरु :-

– सिस्नोले मुटु सम्बन्धि समस्यालाई निको पार्न मदत गर्दछ ।

– यो मधुमेहका रोगीलाई पनि निकै उपयोगी हुने गर्छ ।

– गर्भवती र सुत्केरी महिलालाई समेत एसले फाइदा पुर्याउँछ ।

– उच्च रक्तचापलाइ नियन्त्रण गरि बाथकोसमस्या भएका मानिसलाई पनि राहत प्रदान गर्छ ।

– छाला र अनुहारलाई चम्किलो बनाउनुको साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ ।

-सिस्नोले शरिर मा रगतका नया सेल बनाउनका साथै डियनय क्षयइकरण हुनबाट रोक्ने काम गर्छ ।

– विभिन्न एलर्जी, शरिर दुख्ने, पिसाब पोल्ने समस्या पनि समाधान गर्छ ।

– एसका साथै चाया हटाउने, महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, कब्जियत, युरिक यसिड आदि भएका मानिसहरुमा पनि उपयुक्त मानिन्छ ।

– मर्केको, भाचिएको हाडहरुलाई जोड्न आखा तेजिलो बनाउन र शरिर कसिलो,फूर्तिलो बनाउन पनि सिस्नोको पाउडरले मदत गर्दछ ।

सिस्नोमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले यसलाई टिप्न अलि गारो छ तर तातोपानीमा उमालेपछि ति तत्व नस्ट भएर जान्छन र खाना को लागि उपयुक्त हुन्छ । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रको गाउघरमा बारीका कान्लामा प्रसस्त पाइने सिस्नोको साग, हामीले खादै आएका सागहरु मध्यको उत्कृष्ट साग हो । यस्ता अनुपम जडिबुटिहरु आफ्ना वरिपरी हुदाहुँदै पनि हामि यसको महत्व नबुझी काटेर नस्टगर्ने, पोल्ने, झार भनि हेला गर्ने र घासको रुपमा प्रयोग गर्ने गर्छौ।

प्राय हामि सबै मध्यम वर्गका भएकाले पहाडको कुना काप्चामा बस्ने हुँदा राम्रो अस्पतालको पहुँचबाट टाढा छौँ  । त्यसैले मानिसहरुलाई यस्ता बहुगुणात्मक खालका जडिबुटीका बारेमा अलिकति प्रकाश पार्न सके विभिन्न रोगका कारण नेपालीले ज्यान गुमाउन पर्ने थिएन । गाउघरका युवाहरु बेरोजगारको समस्याले गर्दा बैदेशिक रोजगारलाई अंगाल्नु पर्ने थिएन र आयआर्जनको श्रोत दरिलो हुने थियो । बेवारिसे अवस्थामा रहेका सिस्नोलाइ व्याबसायिक खेतीका रुपमा अगाल्न सके देशको अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्याउन सकिन्छ ।

सिस्नो बाट डाेरी पनि निकाल्न सकिने भएको हुदा यसबाट विभिन्न कपडा, झोला अथवा विभिन्न जातजातिका पोसाक बनाउन समेत प्रयोग गरिन्छ। जुन पर्यटनलाई आकर्षण गर्ने एउटा बलियो आधार बन्न सक्छ । त्यसैले खेतीयोग्य जमिन नभएको ठाउँमा सिस्नोलाइ अन्नबालिको बिकल्पको रुपमा अगाल्न सके पक्कै पनि नेपालमा कृषि क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ ।

सुधा भण्डारी, त्रिभुवन विस्वविद्यालय,

कृषि र पशु विज्ञान अध्यन संस्थान

रामपुर क्याम्पस ,चितवन