उपचारका लागि तातोपानी कुण्डमा विरामीको भिड

  • २६ मंसिर २०७६, बिहीबार
  • धिरन खत्री
  • 2603 पटक पढिएको

 

म्याग्दी, २६ मंसिर । पुर्वाधार निर्माणसंगै म्याग्दीमा रहेका तातोपानी कुण्डमा पछिल्लो समय विरामी तथा स्नान गर्नेहरुको भिड बढेको छ। जिल्लाको बेनी नगरपालीका ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डबाट निस्कने ५० डिग्री तापक्रमको पानी संकलन गरीएको पोखरीमा उपचार गराउन कुण्ड परिसरमा विरामीहरुको घुईचो लागेको हो ।

बिरेनुनको गन्धमा निस्कने तातोपानीलाई संकलन गरिएको तलाउमा स्नान गर्ने र तातोपानी पिएर ग्यास्ट्रिक, पेट, छाला, चोट पटक लागेको जस्ता रोगको उपचार गराउन बार्षिक २० हजार अनुपातामा विरामीहरु कुण्डमा आउने गरेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए । म्याग्दीका विभिन्न बस्तीका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायत स्वदेश तथा विदेशबाट स्नान तथा उपचारको रुपमा आउने गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । धेरै अस्पताल गए उपचार सम्भव नभएपछि विगत दुई बर्षदेखि तातोपानी कुण्डमा आएको चितवानबाट आएको बृद्ध विरामीले बताए । तातोपानी डुब्नाले शरिरमा सहजता उत्पन्न भएको अनुभव सुनाए । हाल दैनिक ५ सय जना भन्दा बढीले स्नान गरिरहेका छन् । तिन÷तिन घण्टाका दरले समय तालीका बनाएर महिला पुरुषलाई स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको आगमनसंगै कुण्डमा विरामी तथा अन्य सर्वसाधारणहरुको स्नान गर्ने भिडले सिंगा तातोपानीमा रहेका होटल भरिभराउ तथा सुविधा सम्पन्न होटल निर्माणमा ब्यवसायी लागेका छन् । कुण्डबाट भएको आम्दानीले कुण्डको पुर्वाधार निर्माण, सरस्वती माविका करार शिक्षक तलव लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ।

त्यस्तैे अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग तातोपानी कुण्डमा स्नान गर्नेहरुको घुइचो लागेको छ ।बेनी–जोमसोम सडक अन्तरगत कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको हो ।चिसो बढेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसंगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि संख्यामा वृद्धी भएको कुण्डका ब्यवस्थापक बाबुराम गर्बुजाले बताए ।

उनले दैनिक दुईसय देखि पाँच सय जना भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन् । प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फुर्ती बढ्ने पर्यटकहरुले बताएका छन् । बिहान छ देखि साँझ आठ बजेसम्म स्नान गर्न सकिने कुण्डमा स्वदेशीलाई पचास र बिदेशीलाई १५० रुपैया प्रवेशशूल्क तोकिएको छ ।कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५८ लाख रुपैयाँमा ठेक्कामा लगाएको हो । गत वर्ष ५३ लाख रुपैयाँ आम्दानी भएको थियो । कुण्डबाट हुने आम्दानी तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए । तातोपानी कुण्डले पर्यटकको आवास सुबिधाका लागि तातोपानी बजारमा २० भन्दा बढि होटल संचालन भएका छन् ।

सिंगा र भुरुङ तातोपानीसंगै घार, बगर, गुर्जा, दर्मीजा र दोवा स्थित कालीगण्डकी, रघुगंगा र म्याग्दी नदीको किनारमा प्राकृतिक तातोपानीको कुण्डहरु पुर्वाधारमा निर्माणमा स्थानीय सरकारले जोड दिएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l