दुर्इ अर्ब पुगे फेसबुक प्रयोगकर्ता, हरेक दिन एक अर्ब ३० करोडले चलाउँछन्
- २४ बैशाख २०७४, आईतवार
- 2461 पटक पढिएको

विश्वभर फेसबुक प्रयोगकर्ताको संख्या झण्डै दुर्इ अर्ब पुगेको छ। कम्पनीले सार्वजिनक गरेको गरेको पछिल्लो विवरणका अनुसार हरेक महिना फेसबुक प्रयोगकर्ताको संख्या बढिरहेको छ। हाल विश्वभरका प्रयोगकर्ता एक अर्ब ९४ करोड भएको फेसबुकले जनाएको छ।
हरेक दिन एक अर्ब ३० करोड मानिस फेसबुकमा झुम्मिने गरेको पनि तथ्यांकले देखाएको छ। सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबुकको नाफा बढेर तीन अर्ब डलर भएको पनि कम्पनीले जनाएको छ । यो सन् २०१६ को पहिलो त्रैमासिकको तुलनामा ७६ प्रतिशत बढी हो।
कम्पनीले भविष्यमा विज्ञापनबाट हुने कमाइको दरमा भने पहिले भन्दा कमी आउने आँकलन गरेको छ। साथै कम्पनीका सिइओ मार्क जुकरबर्गले कम्पनीले कन्टेन्टमा सुधार गर्नकालागि तीन हजार मानिसलार्इ नियुक्त गर्ने घोषणा समेत गरेका छन्। फेसबुकले आपत्तिजनक र हिंसाप्रदान कन्टेन्ट रोक्न असफल भएको भन्दै आलोचना सहनु परेको थियो।