प्रथम गोलपोष्ट प्रिमियर लिग फुटसल हुने

  • २७ जेष्ठ २०७३, बिहीबार
  • 2045 पटक पढिएको

खेल र खेलाडीको विकासका लागी गोलपोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा प्रथम गोलपोष्ट फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज महिनादेखि हुने खेलमा मुलुकभरका फुटसल टिमले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।

खेलमा सहभागीता जनाउनका लागी प्रत्येक टिमले प्रवेश शुल्क दुई सयका साथै आवेदन फारम सेन्टरको केन्द्रिय कार्यालय भैसिपाटीबाट भर्न सक्ने सेन्टरका प्रवन्ध निर्देशक केशव थापाले जानकारी दिनुभयो ।

सवै खेलहरु लिगचरणका आधारमा खेलाईने र सबै टिमले प्रतिष्पर्धी सबै टिमसंग खेल्नुपर्ने उहाले बताउनुभयो । खेलबाट छानिएका शिर्ष ५ टिमलाई एक बर्षसम्म नेपालभर हुने कुनैपनि फुटसल प्रतियोगिताका लागी गोलपोष्ट टे«निङ एण्ड स्पोटर्स सेन्टरले प्रायोजन गर्ने सेन्टरले जनाएको छ ।