बेनीमा दोस्रो मगर कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना

  • २१ पुष २०८२, सोमबार
  • 15 पटक पढिएको

म्याग्दी २१ पुस । म्याग्दी सदरमुकाम बेनीमा दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले म्याग्दी जिल्ला स्तरीय दोस्रो मगर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो ।


पुस २६ गते बेनी स्थित बहुउदेश्यिय कबर्डहलमा आयोजना हुने प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश नदग रु २५ हजार, १५ हजार र ५/५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका आर्थिक संयोजक ललिन्द्र थापा मगरले जानकारी दिनुभयो ।

माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा साँस्कृतिक झाँकी सहितको ¥याली र शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको छ भने दरबाङमा मगर संघ मालिका गाउँपालिका समितिको अयोजनामा पुख्र्यौली नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।