प्रेमी खोज्दैछु : कलाकार बिनिता बराल

  • ६ माघ २०७३, बिहीबार
  • 2265 पटक पढिएको

चितवनबाट हिरोइन बन्न काठमांडू पुगेकी बिनिता बराल बिभिन्न संघर्षका बावजुद आफुले अभिनय गरेको पहिलो फिल्म चपलीहाइटबाट एकाएक ‘सुपरहिट’ भइन । आम नेपाली दर्शकको मन मुटुमा अमिट छाप बनाउन सफल भइन् । उनलाइ यतीले मात्र पुगेन, युवापुस्तालाइ केही नमुना प्रेरणा दिनुपर्छ भन्ने सोचले कृषि व्यवसाय शुरु गरिन् । त्यसमा पनी हिट नै हुन पुगिन् ।

यसलाइ मात्र उनले आफ्नो सफलताको अन्तिम बिन्दु मानिनन् , आफ्नो दरिलो प्रभाव साहित्य क्षत्रमा पनी पार्न सक्छु भन्ने दृढ अठोटका साथ अगाडी आइन्, ‘जुइनो’ लिएर । बिनिता आफैले लेखेको उपन्यास हो जुइनो । जुइनो बजारमा आउने भएपछी बिनिता बराल भनेर चिन्ने सबैमा कौतुहलता थप भएको छ । अनी धेरैको मनमा यो पनी प्रश्न छ कि चपली हाइटले बनाएको छवि, कृषी फार्मले दिएको उत्साह जुइनोले कायम राख्न सक्ला कि नसक्ला? यही सन्दर्भ बिनिता बरालको साहित्यिक उपन्यास जुइनो विमोचन हुनुपुर्व गोविन्द बानियाँ संगरिएको ‘जुइनोटक’ ।

रंगकर्मवाट साहित्य क्षेत्रमा आउनु भएको छ कस्तो लागेको छ?

एकदम रमाइलो ।सृजनशिल काम गर्न रुचाउने भएकोले आनन्द आइरा’छ ।

अब तपाइ नायिका की व्यवसायी की लेखिका??,कसरी परिचय दिनुहुन्छ?

म यस्तो कलाकार जो आफ्ना अनुभवहरु गुम्साएर राख्दिन, त्यसैले लेख्छु, लेखिरहनेछु। र कृषी मेरो व्यवसाय हो चलिरहन्छ । साहित्यमा लाग्नेहरु उपन्यासलाई अन्तिम कृति ठान्छन । कविता,गजल, निवन्ध, प्रवन्ध,लघु कथा, कथा हुँदै लामो कथा उपन्यास लेख्छन,

तपाँइ त पहिले नै उपन्यास लिएर आउनु भयो है?

हजुर तर उपन्यास नै लेख्नु मेरो उद्देश्य थिएन । कृषीका अनुभवहरु लेख्ने क्रममा उपन्यासमा आएर टुड़्गियो । म साहित्य प्रेमी हुँ । तर उपन्यास लेख्ने आँट कृषिका अनुभवले दियो ।

उपन्यास गौँड बिषय भनिन्छ साहित्यको अन्तिम बिन्दु पनी मानिन्छ, एक्कासी हुत्तिनुभो । गार्हो सजिलो के हुँदो रहेछ ?

सुन्दा एक्कासी हुत्तिए जस्तो सुनिन्छ । तर उपन्यास लेख्छु भनेर अठोट लिएपछीको मेरो संघर्ष फरक छ, महत्वपूर्ण छ । पहिलेदेखी नै डायरी लेख्ने बानीले पनी आत्मबल बढ्यो । हामी कलाकार बिभिन्न पात्रहरुको जिवन बनाउँछौ, ति पात्रहरुमाथी अध्ययन गर्छौँ। अनी बल्ल रड़्गमञ्चमा आउँछौ । त्यही अनुभवहरु पात्रमा उतार्न सजिलो भयो । पहीलो प्रयास हो त्यसैले त्रुटीहरु धेरै भेटिन सक्छन् जुइनोमा ।

जुइनो लेख्ने प्रेरणा कसरी मिल्यो??

कृषिले नै दियो । केही अनुभवहरु अक्षरमा मात्र खुल्न मन पराउँछन् । मेरा अनुभवहरुले पनी अक्षर बनेर आउने इच्छा प्रकट गरे, उजागृत हुन चाहे र मैले अक्षरमार्फत ब्यक्त गरेँ ।

ब्यक्तीगत रहर को नतिजा जुइनो हो या साहित्यमा योगदान दिन जुइनो लेख्नुभो ?

दुबै नहुन सक्छ । मात्र मेरो अनुभव र सपनाहरु बोकेको उपन्यास हो जुइनो । साहित्यमा मैले योगदान दिन धेरै सिक्नु छ । पढ्नु छ । मेरो रहरको नतिजा मात्र भनेर बुझ्दा पनी गलत होला । फेरी यो भनिरहँदा प्रश्न उठाउलान् नि,ब्यक्तीगत रहर पुरा गर्न लेखेको जुइनो किन पढ्ने किन किन्ने भनेर?

बिनिताको सपना र रहर किन पढ्ने नभन्लान् र??

होइन, केही सपनाहरु आफ्नो लागी मात्र हुँदैनन् । समाज र देशको लागी पनी हुन्छ । मेरो ब्यक्तीगत रहर र इच्छा जुइनोमा अटेका छैनन् र अट्दैनन् पनी । जुइनो मेरो सपना हो, देशको लागी, युवा पुस्ताको लागी र समग्र समाजको लागी । त्यसैले सामाजिक चेतना बोक्ने युवावर्गले एकपटक पढिदिनुस, त्यहाँ मेरो सपना पाउनुहुनेछ

तपाइहरुको लागी  जुइनोमा खास के छ,जुईनोले नेपाली साहित्यमा के नयाँ कुरा दिन्छ??

नेपाली युवा पिँढीलाइ के सन्देश दिन्छ? जुइनो पढिसकेपछी आम पाठकले विश्लेषण र मुल्याड़्कन गर्ने बिषय हो यो । नेपाली युवा पिँढीलाइ आफ्नै देशमा पौरख गर्न प्रेरणा दिन्छ जुइनोले भन्ने पुर्ण विश्वास छ । कृषि क्षत्रलाइ हेर्ने नजर बदलिन्छ । मेरो नजरबाट देखेको कृषी क्षत्रलाइ सबैले देख्नेछन् । कतिले विनिता बरालले लेखेकै होइन अरूले लेखेर नाम राखिदिएको भन्छन नि ! हाहा….हाँस्छु मात्र, यो प्रश्नमा । जुइनो पढेपछी आम पाठक आफैले भन्नुहुनेछ “यस्तो लेखन बिनिताको बाहेक अरुको हुनै सक्दैन” वा लेखेकै होइन । किनभने जुइनोका हर अक्षरहरुमा मेरो भाषा छ । म आफु विम्वित भएको छु ।

पछिल्लो समय सामाजिक सञ्जाल ट्विटर तिर बढि देखिनुहुन्छ प्रचार मोह हो??

प्रचार मोह नै हो भन्दा के फरक पर्छ र? आफ्नो कृतिको प्रचार होस्, धेरै भन्दा धेरै पाठकले थाहा पाउन्, धेरैको मन मुटुमा आफ्नो कृति बसोस् भन्ने कुन लेखकलाइ लाग्दैन र? जुइनो मेरो बच्चा हो, आफैले जन्म दिएको । त्यस्को पालन पोषण मेरो जिम्मेवारी हो । मैले आफ्नो जिम्मेवारी निभाइन भने जुइनो टुहुरो हुन्छ ।

कितावको प्रचारका लागि अर्धनंग्न ब्लोअप भयो भनेर यो शैलि ठिक नमान्ने पनी छन् नि?

म त्यस्तै कपडा लगाउँछु, मलाइ त्यस्तै सजिलो लाग्छ । त्यस्मा कुनै खराबी छ जह्तो लाग्दैन मलाइ त । प्रचार गर्ने मेरो शैलि भिन्न छ । म रड़्गमञ्चको कलाकार पनी हुँ । कला क्षत्रहरुमा लाग्नेहरुको हर चिज फरक हुन्छ । मेरो प्रचारको अन्दाज पनी फरक छ ।

अब साहित्यलाई नै निरन्तरता दिने कि चलचित्र क्षेत्रमा पनि फर्कने विचार छ?

दुबै क्षत्रलाइ राम्रो संग अगाढी बढाउन सक्ने क्षमता छ । दुबैलाइ संगसंगै अघि बढाउँछु । तर चलचित्र क्षत्रमा भन्दा, साहित्यमा बढी सक्रिय हुन चाहन्छु । कृषी फार्म पनी चलिरहन्छ ।

तपाइ आफुलाइ के अपेक्षा छ जुइनोबाट,चपली हाइटबाट उचालिएको हाइट जुइनोले धान्न सक्ला त??

चपली आफ्नो ठाउँमा छ । जुइनो संग तुलना गर्दिन । जुइनोले मेरो जिवन परिवर्तन गर्नेछ । मेरो जिवनको उत्कृष्ट काम हो यो ।

चलचित्रको फर्मबाट बिनिता आउट भएको भनेर पनी भन्छन् नि ??

भनुन् भन्नेको पछी कहिल्यै लाग्दिन म ।

चलचित्रमा फर्कन कुनै कसरत गर्दै हुनुन्छ??

अहिले त छैन । तर मेरा केही चलचित्रहरु रिलिज हुनै बाँकी छन्।

किताब प्रकाशक फाईन प्रिन्टले  कति रूपैया दिने सहमति गरेका छ?? कि आफ्नो किताब छापिदिन भन्दै उल्टो पैसा दिनुभयो?

फाइन प्रिन्टले त्यस्तो सहमतिमा उपन्यास छाप्ने भए, धेरै संघर्ष गरिरहेका लेखकहरुलाइ सहज हुन्थ्यो । जति गार्हो सृजना गर्न हुन्छ त्यो भन्दा बढी प्रकाशन गर्न हुन्छ ।

त्यो पनी फाइन प्रिन्टजस्तो प्रकाशन गृहले प्रकाशन गर्न, सजिलो कहाँ छ र?

ब्यक्तीगत रुपमा साहित्य, रड़्गकर्म, व्यवसाय सबैतिरबाट कती सफल ठान्नुहुन्छ आफुलाइ?

सबैमा संघर्ष गर्दै छु जस्तो लाग्छ र हो पनी । कुन बिन्दुबाट आफुलाइ सफल असफल भन्ने थाहा छैन मलाइ ।सायद, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साथीभाइहरुले मुल्याड़्कन गर्नुहोला बिनिता कती सफल कती असफल भनेर।

रियल जिन्दगीमा प्रेमको जुइनो बाँधिएको छ की छैन? छैन ।

खोज्दैछु ‘अशोक’जस्तै कोही भेटिएला की भनेर ।

जिन्दगीको अन्तिम लक्ष्य नपाएर, यत्रतत्र छरिनु त भएको होइन नि? कदापी होइन ।

आफु भित्रको बिनितालाइ चिन्ने कोशिश हो यो । र म कला र साहित्य क्षत्रभन्दा बाहिर पनी गएको छैन । कृषि मेरो व्यवसाय हो युवाहरुलाइ प्रेरणा दिने । छरिएको होइन, साहित्य र कलाकारिता एउटै विधा हो । यसैमा एकोहोरो लागिरहेकी छु ।

जुइनो नपढि नहुने खास कारण के छन?

त्यस्तो, खास बिशेष कारण केही नहोलान् । तर पढ्नुपर्ने साना कारणहरु पक्कै छन् । जुइनो पढिसकेपछी मेरा भगवान, मेरा पाठकहरुले आफै जान्नुहुनेछ । नपढ्नेले पछुतो मान्नुहुनेछ । आखिर कलाकार हुँ । फिल्ममा जसरी अभिनयबाट मनोरञ्जन दिएँ । यता शब्दको माध्ययमबाट पनी आम पाठलाइ मनोरञ्जन दिने प्रयास गरेकी छु ।

अन्तिममा यो भन्दिनुस् की,धेरै प्रतीक्षा गराउनुभो अब जुइनो कहिले आउँछ?

अब केही दिनमा आउँछ । यहाँहरुको प्रतिक्षा खेर जान दिन्न । एउटा उत्कृष्ट कृति यहाँहरुको माझमा पस्कन यो समय लिएको छु ।