कविता : सपना

  • २१ माघ २०७५, सोमबार
  • 3663 पटक पढिएको

आमा ।। तिमिले बासंगकाे शंभाेगपछि
मात्रै आनन्दकाे अनुभूति गरिनाै कि,
तिमिलाई संभाेग जति आनन्द 
मानव जिवनमा अरु केही छैन भनी
थाहा नहुदा नहुदै पनि
तिमिले जिवनकाे सबैभन्दा धेरै खुसि
अनुभुत गरेकि थियाै
आमा ।।


त्याे खुसि त्याे सपना आज
चकनाचुर भएर भुईमा पाेखिएकाे छ
अनि तिमिलाई त्याे सपना जाेड्ने
कुनै शक्ति नै मिलिरहेकाे छैन
आमा।। तिमिलाई त्याे पलकाे सपना
कति मिठाे थियाे है ?
तिम्रो सपना
कुनै नयाँ सृजनाकाे फुल बनेर फुल्नेछ
अनि त्याे फुल जिवन भर
शिरमा सजिनेछ
त्यसले सम्मान ईज्जत्
अनि भएभरकाे खुसि दिनेछ
अनि त्याे सृजनाकाे फुल
अन्तिम पल दुई थाेपा जल बनेर
मुखमा चुहिदा अन्तिम श्वास फेर्नेछाै
अनि त्यहि फुलले तिमिलाई
बिदाईका माला बनेर
काँधमा राखि घाट सम्म पुर्याउदा
तिम्रो आत्माले स्वर्गमा पुगेकाे अनुभूति गर्नेछ
तर आज त्याे सपनाकाे फुलले
सबैभन्दा ठुलाे भय दिएकाे छ
बारम्बार मुटुमा घाेच्दै
हिक्का बनेर निस्कदाँ
सबैभन्दा धेरै पीडा भएकाे छ।

आमा ।। म कसरी तिमिलाई सम्झाउँ
कि याे संसार यस्तै हाे भनेर
यहि संसार हाे तिमिलाइ एक्लो पर्दा
गालि र बेईज्जत गर्दै बहिस्कार गर्ने
अनि यहि संसार हाे
तिमिले छाेरा जन्माउदा
बालाई फुलपाति ले सम्मान गर्ने
अामा कसरी भनुँ तिमिलाइ
घाटमा अन्तिम पल तिम्राे लाशमा
अागाे लगाई मुक्ति दिने मुक्तिदाता
अरु पनि हाेलान भनेर

आमा ।। अब केश काँसझै फुलेर
रुप उडेकाे बेला तिमिले
आफ्नाे भुलेकाे जिवन साथिलाई
पटक पटक सम्झन
काेशिस गरेकि छ्याै हाेला
अनि त्याे मिठाे सपना
तिखाे काँडा भएर
त्यहि सम्झनामा आउदा
म कसरि साेधुँ आमा ?
आमा तिमी के चाहान्छ्याै?
आमा के तिम्रो गलेकाे तन मेराे
काँधमा बिसाउन सक्छ्याै त?
याे पल मैले पनि त्याे सपना सम्झेकि छु
जुन तिमिले देखेकि थियाै ,
तर अब
कहिल्यै बिपना नहुने गरि
टुटेकाे छ सपना
बाले छाेडि जाँदा चुरा फुटेका थिए
तर आज
याे मन टुटेकाे छ टुक्राटुक्रा बनेर
एउटा मात्रै सन्तानकाे लाश
जलिसकेकाे छ याे सपना बनेर।।।।
हिरा शर्मा संघर्ष 
  म्याग्दी