म्याग्दी क्याम्पसमा बहसको आवश्यकताः स्नातकतहमा प्राविधीक शिक्षा

  • २३ चैत्र २०७३, बुधबार
  • सागर भण्डारी
  • 2482 पटक पढिएको

यस म्याग्दी जिल्लाको शैक्षिक धरोहर म्याग्दी बहुमुखी क्याम्पसले विगत लामो समयदेखि विभिन्न अप्राविधीक विषयमा अध्यापन गराउदै आईरहेको सबैलाई अवगतै छ । र यस क्याम्पसद्धारा मिती २०७३/०७/२५ देखि २०७३/०८/०२ सम्म जिल्लामै स्नाकोत्तर तहको र स्नातकतहमा प्राविधीक विषयको अध्यापन गराउनका लागि श्रीमद भागवत महायज्ञ तथा शैक्षिक मेला सफलतापुर्वक सम्पन्न गरेको थियो ।

व्यक्तिगत रुपले उपस्थित हुन असमर्थन भएपनि विभिन्न सञ्चार माध्यमबाट उपडेट हुने मौका पाउदा खुसि लागेको  छ । श्रीमद भागवत महायज्ञ तथा शैक्षिक मेला सम्पन्न भएको पनि 4 महिना भन्दा धेरै भईसक्यो तर बजारमा प्राविधीक विषयमा कुन विषय अध्यापन गराउने भन्ने बहस भएको सुनिएको छैन। क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न भनि स्ववियु चुनाव भईसक्यो तर स्ववियु पनि मौन छ। अव यस विषयमा बहस गर्न ढिला गर्नु हुदैन जस्तो मलाई लाग्छ ।

त्यसैले सबै एकजुट भई यस विषयमा बहस गर्दा उपयुक्त हुन्थ्यो कि ? त्यसैले म अफ्नो व्यक्तिगत विचारमा आईटी विषय अध्यापन गराउदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्ना दुई शव्द व्यक्त गर्ने जमर्को गरेको छु । तपाईहरुसबैले आ–आफ्नो राय राख्न अनुरोध गर्दछु ।

( म कुनै आईटि विज्ञ त होईन तर विगत दुई बर्षदेखि आईटिको काखमा खेल्दा आफुले सुनेबुझेको आधारमा यस लेख तयार गरेको छु । आशा छ तपाईहरु लेखका कमि कमजोरीहरुलाई सहजै स्वीकार्नु हुनेछ । )

ईन्फर्मेसन टेक्नोलोजि (आईटी) अर्थात सूचना प्रविधि नेपालजस्तो विकासउन्मुख देशका लागी एउटा गहिरो सम्भावना बोकेको विषय हो । विश्व अहिले सूचना प्रविधि क्षेत्रमा चरम उत्कर्षमा पुगिसकेको परिपे्रक्ष्यमा नेपाल भने परम्परागत कार्यशैली र साधनबाट दु्रत विकासको मार्गमा हिड्न सक्ला भन्ने प्रश्न आउछ । नेपालले पनि दु्रत र दिगो विकासतर्फ लम्कन सुचना र प्रविधीलाई साथमा लिएर अघि बढ्नुपर्ने समय आएको छ । यसका लागी सूचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा हामिले जोड दिनुपर्ने हुन्छ । पछिल्लो समय युवा पुस्ताले पनि यसमा चासो दिएको देखिन्छ तर सुगम र देशको राजधानी र आसपासका ठुला सहरमा मात्र यसको अध्यापन गराउदा देशका सुगम क्षेत्रमा रहेका धनि गन्यमान्यका बच्चाहरुले मात्र यसको लाभ उठाईरहेका छन भने ग्रामिण क्षेत्रमा रहेका मध्य र निम्न बर्गका युवाहरु यसबाट लाभ लिन असमर्थ छन् । त्यसैले यदि देशका आथिर्क, समाजिक उन्नती द्रुतमार्गमा गर्ने हो भने आईटि अध्यापन केन्द्र देशका विभिन्न भेगमा खोल्नु अति आवश्यक छ ।

नेपालमा नयाँ संविधानमा नेपाललाई सात संधिय प्रदेशमा विभाजन गरेको छ । त्यसअनुसार हाम्रो प्रदेश नम्वर ४ मा हेर्ने हो भने पोखरामा ४ बटा  कलेजले आईटीका केहि कोर्षहरु अध्यापन गराईरहेको छ । गन्डकी कलेज अफ ईङ्लीस एन्ड साईन्स (पि.ओ.यु) ले विई कम्प्युटर, एल.ए ग्रेन्डीईन्ट कलेज (पि.ओ.यु) ले विसिए र  माउन्ट अन्नपुर्ण क्याम्पस (टियु) र सोच कलेज अफ आईटीले विएससी सिएसआईटी संचालन गरिरहेका छन् । कास्की बाहेक ४ नम्वर प्रदेशमा अन्य कुनै जिल्लामा आईटिको पढाई हुदैन । त्यसैले म्याग्दीमा पनि कम्तिमा एउटा आईटी विषयको अध्यापन गराउदा म्याग्दीलाई मात्र नभएर सिगों प्रदेश नं. ४ लाई नै फाईदा पुग्न जान्छ ।
 

किन उपयुक्त  छ त म्याग्दीमा आईटी शिक्षा ?

१. रोमन मेगासेस पाउन सफल महाविर पुनको जिल्ला – सन २००७ सालको रोमन मेगासेस पुरुस्कार यस म्याग्दी जिल्लाका महाविर पुनलाई प्रदान गरिएको थियो । उनलाई देशका बिभिन्न दुर्गम स्थान जहाँ ईन्टरनेट पुर्याउन अति कठिन थियो त्यहाँ उनले ताररहित ईन्टरनेट पुर्याएर दुर्गम क्षेत्रका बासिन्दालाई ईन्टरनेटको पहुचमा मात्र लिएर आएनन्, उनले एक पटक पुरा विश्वको ध्यान नेपालमा खिच्न सफल भए । अहिले उहाँ पुरा म्याग्दी जिल्लाको कुनाकाप्चामा ईन्टरनेटको पहुच पुर्याउनुपर्छ भनेर लागी पर्नु भएको छ । उहाँको कामलाई सफल बनाउन आज देश विदेशमा रहुभएका म्याग्देली दाजुभाई पनि दिनरात लागीपर्नु भएको छ । र उहाँका अनुसार सरकारले पनि यसकार्यका लागी ७० प्रतिशत लगानी गर्नका लागी सहमत भएको छ । यदि काममा वाधापुर्याउने कुनै तत्व यस कामको विरोधमा हावी भएनन् भने सम्भवत २–३ बर्ष भित्रमा सम्पुर्ण जिल्लामा वाईफाईको सिगंल पुग्ने छ ।

यदि यस्तो भयो भने दुर्गम गाउँ–गाउँका  मानिसहरुपनि आईटी प्रति आकर्षित हुनेछन् । विभिन्न सरकारी विद्यालयहरुले पनि कम्प्युटर शिक्षाका विद्यार्थीहरु उत्पादन गर्न सक्षम हुनेछन् । विद्यालयकालनै यस्तो समय हो जसबाट प्राय विद्यार्थीको भविष्यको खेस्रा तयार गर्छ र बाल्यकालमा ईन्टरनेट सगँ पिरती गासिदा यति गहिरोसगँ गासिन्छ की उनिहरु सारा काम छाडेर ईन्टरनेटमा झुन्डिरहेका हुन्छन् । उनिह्ररुलाई ईन्टरनेटको लतबाट छु«ट्टयाउनु भन्दा ईन्टरनेट र अन्य आईटीकै क्षेत्रमा लगाउनसके जिल्लाले अझै हजारौं महाविर जन्माउन सक्छ । यसले समर्ग देशलाई सुचना र प्रविधीलाई विस्तार गरी देशलाई आर्थिक समृद्धीतर्फ  लम्काउन सक्छ ।

२. धेरै रेमिट्यान्स भित्रने जिल्ला – म्याग्दी धेरै रेमिट्यान्स भित्रने जिल्लामाध्य दोस्रो स्थानमा पर्छ । आज म्याग्दीमा मात्रै मासिक अर्वौ रुपैयाँ विदेशबाट भित्रीरहेको छ । रेमिट्यान्स भित्रने प्राय मध्यम आर्थिक अवस्था भएका परिवारमा छन् । तिनीहरु आफ्ना बच्चाहरुलाई अध्यनका लागी बेनि सम्म झार्न सक्छन् । तिनीहरु आफ्ना सन्तानलाई पोखरा वा राजधानी लगेर महंगो शुल्क तिरेर निजी कलेजहरुमा भर्ना गर्न सक्दैनन्, सरकारी क्याम्पसमा राजनितीक भागबन्डाले गर्दा अधिकासं साधारण मानिसका सन्तानले भर्ना पाउन मुस्किल छ । यसैले उनिहरुले वाध्यताले आफ्ना सन्तानहरुलाई  आईटीतर्फ धकेल्न सकिरहेका छैनन् ।

आज म्याग्दीबाट १० हजार भन्दा बढि मानिसहरु देशबाट बाहिर छन र उनिहरुलाई आईटीको महत्वका बारेमा नेपालमा बसेर काम गरिरहेका सरकारी तथा गैरसरकारी कर्मचारी, शिक्षक र क्याम्पस पढाउने प्रध्यापक भन्दा दशौं गुणा बढि ज्ञान छ । यहाँबाट विदेश गएका प्राय लेवर छन्, उनिहरु यो सोचिरहेका हुन्छन् कि म त केहि गर्न सकिन तर मेरा सन्तानले मैले जस्तो लेवर काम गर्नु नपरोस । उनिहरु आफ्ना बच्चाहरुलाई विदेशमा सके कम्पनीको ठुलो तहमा पुगोस नभएपनि ए.सि रुममा बसेर कम्प्युटरमा काम गरोस भन्ने चाहाना हुन्छ त्यसैले उनिहरु आफ्नो ठाउँमा आईटी कलेज भए आफ्ना सन्तानका लागी सजिलै ४–५ लाख रुपैया खर्च गर्न हिचकिचाउदैनन् ।

३. विभिन्न विद्यालयले बार्षिक सयौं कम्प्युटरका विद्यार्थी उत्पादन

विद्यालय तहमा अधिकासं निजी विद्यालयहरुले कक्षा ३ देखि कक्षा १० सम्म कम्प्युटर शिक्षा अध्यापन गरिरहेका छन् भने अधिकासं सरकारी विद्यालयमा पनि ६ देखि ८ सम्म कम्प्युटर शिक्षा दिईरहेका छन् । सदरमुकामका केहि विद्यालयहरुले माध्यमिक तहमा पनि कम्युटरको पढाई गरिरहेका छन् । उच्च मा.वि तहमा पनि न्यु वेष्ट पोईन्ट, माउन्ट एभ्रेष्ट, बेनि सामुदाईक, गलेश्वर उमावि आदि विद्यालयले बार्षिक १०० जना भन्दा बढि कम्प्युटरका विद्यार्थी उत्पादन गरिरहेका छन् । बार्षिक १०० जना उत्पादित कम्प्युटरका विद्यार्थीहरु कता हराईरहेका छन् त ? के यदि तिनीहरु जिल्लामै आईटीको अध्यापन गराउदा ५० जना विद्यार्थीले नपढेपनि ५० जनाले त अवश्य अध्यन गर्ने थिए ? आज म जस्ता  बार्षिक ५० जनाभन्दा बढि विद्यार्थी विविएस र विए तिर हराईरहेछन् । उनिहरुको भविश्यको एउटा पाटो सधै सधैका लागी बन्द भईसकेको छ । उनिह्रु समुम्द्रको किनारका माछाहरु जसरि तड्पिरहेका छन्, तपिरहेका छन् ।

हाम्रा सामु प्राविधिक बिषय अध्यन गराउन सयैँ विकल्पहरु छन् तर आर्थिक , भौतिक , विद्यार्थीको उपस्थीती र दिर्घकालका लागी प्राविधीक विषय अध्यापन गराउने हो भने नेपालमा अध्यापन भईरहेका आईटिका १० ओटा विषयमध्य उपयुक्त एउटा विषय अध्यापन गराउनु म्याग्दी क्याम्पस र म्याग्दी बासिका लागी खुसिको विषय हुनेछ । प्राविधिक धारमा जुन विषय अध्यापन गराएपनि दिर्गकालीन हुनेगरी अध्ययन, अनुसन्धान र खुल्ला बहस गरेर उपयुक्त विषय छनोट गर्नुहोला । नत्र अहिले विएमा जस्तै प्राविधिक विषयमा पनि विद्यार्थीको खडेरी नहोला भन्न सकिन्न ।                                                           रिफरेन्स – लिभिङ विथ आइसिटी  मासिक पत्रिका
सागर भण्डारी
म्याग्दी बहुमुखि क्याम्पस
विए प्रथम बर्ष

सागर भण्डारी