ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे किम जोङ उन
- २७ जेष्ठ २०७५, आईतवार
- 3869 पटक पढिएको
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने वार्तामा सहभागी हुन सिंगापुर पुगेका छन्।
एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए ।
किम र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् । किम ह्वाइटहाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिलाई भेट्ने पहिलो उत्तर कोरियाली सर्वोच्च नेता हुनेछन्। किमसँग छलफलमा सहभागी हुन सिंगापुर उड्नुअघि ट्रम्पले शान्तिका लागि पहल गर्न लागेको बताए।
उनले सही रुपमा गोप्य ठाउँमा शान्तिका लागि वार्ता हुन लागेको बताए। ट्रम्प पनि आजै सिंगापुर पुग्ने कार्यक्रम रहेको छ। सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्।
ह्वाइट हाउसले यो शिखर सम्मेलनबाट कोरियाली प्रायद्वीपलाई परमाणू हतियार मुक्त क्षेत्र बनाउनेमा राम्रो सुरुवात हुने विश्वास लिएको छ। भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।
-kathmandupati