ऐतिहासिक बेनी भिडन्त १३ वर्ष पुग्यो

  • ७ चैत्र २०७३, सोमबार
  • धिरन खत्री
  • 5417 पटक पढिएको

1

म्याग्दी, ७ चैत । तत्कालिन नेकपा माओवादीले १० बर्ष गरेको सशस्त जनयुद्धको क्रममा माओवादी जनमुक्ति सेना र सरकारी सुरक्ष्ा कर्मी विच भएको भिडन्तको आज १३ बर्ष भएको छ ।

म्याग्दीको सदरमुकाम शसस्त्र माओवादी र सरकारी पक्षविच २०६० साल चैत ७ गते भिडन्ता भएको थियो । बेनी भिडन्तको ऐतिहासिक त्यो दिनलाई विभिन्न समयमा विभिन्न कोणबाट मान्छले स्मरण गर्ने गरेका छन् ।

दुई नदी काली र म्याग्दीको संगम स्थलमा रहको बेनीवजार माओवादी र प्रहरी र सेना विचको भिडन्ताकोे निशानामा प¥यो । आफ्नै प्राकृतिक सुन्दरताले भरिपुर्ण म्याग्दीको बेनीबजार जुन पक्षको भिडन्तले बेनीमा घटेका विभिन्न अवषेसहरुको  विभिन्न कोणबाट चर्चापरिचर्चा विभिन्न समयमा सामाजिक संजालमा वा चौतारीमा बहष सिर्जना गरिरहन्छ ।

3
जति समय वित्दै जान्छ त्यो दिनको बेनी आक्रमणका विभिन्न बेनीबासीको मानसिक रुपमा संकलित दृष्यलएतिहासिक रुपमा रहेको प्रत्यक्षदर्शी बताउछन् । जुनआक्रमणबाट बेनीमा रहेका सरकारी संरचना जल्नुका साथै माओबादी पक्ष ,सेना प्रहरी र सर्वसाधारण गरी कम्तीमा १२० को निधन भएको थियो भने जसमा सबैभन्दा माओवादी लडाकु मरेको थिए ।

दुइसय भन्दा माओवादी लडाकु घाईते भएका थिए भने यस आक्रमणमा निर्धोष सर्वसाधारण पनि परेर मरेका थिए । अहिले  त्यती बेला दुई पक्षको आक्रमणबाट सबभन्दा बढी गोली लागेका  मंगलघाट नजिकै गोलि लागेर छियाछिया परेको पोलको बारेमा विभिन्न समयमा  चर्चा बटुलिएको हुन्छ । अहिले त्यो पोल काठमाण्डौ पुगेको छ । अहिले त्यो पोल ललितपुरको एक होटलमा रहेको  छ ।  जुन अहिले बेनीमा ल्याउन राजनीतिक विषयको रुपमा छलफलको केन्द्र भइरहेको छ।

2
उक्त रातको आक्रमणबाट माओबादीले तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली र प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित केही प्रहरीलाई गिरफ्तार गरेको थियो । उनीहरुलाई पछि जोडिदिएको थियो । बेनी आक्रमणको नेतृत्व अहिलेका उपराष्ट्रपति रहेका नन्दकिशोर पुन र नेत्रविक्रम चन्द्र लगाएतको नेतृत्वमा आक्रमण गरेको लडाकु तथा नेकपा माओवादी केन्द्रका  म्याग्दीका संयोजक गोविन्द्र पौडेल बताउछन्  ।

बेनी आक्रमण गर्ने योजना ९ गते भएपनि यसको जानकारी लिग भएपछि अकस्मात ७ गते गर्ने निर्णय गरेको उनले बताए ।  उक्त समयको आक्रमणबाट हामीलाई सत्ता पक्षसंग बार्ता गर्ने आधार बाहेक अरु सबै महत्वपुर्ण कमाण्डर घुमाउनु साथै लामो सयमसम्म भिडन्ता गर्दा सोचेजति परिमाण कब्जामा ल्याउन नसकेको उनले बताए ।

तत्कालिन जुनयुद्धमा परि ज्यान गुमाएका परिवार तथा घाईतेहरुले राज्यले दिने भनेको सुविधा अझै पाउन नसकेको तत्कालिन भिडन्तामा परि घाईते भएका  बेनी पिपलचोक बस्ने कृष्णबहादुर श्रेष्ठले बताए

तत्कालिन समयमा सशस्त्र माओवादी र सरकार पक्षको लडाईको साची बनेका उक्त पोल बेनी लिएर संग्रालयको रुपमा राख्न सकेमा बेनी आक्रमणको एतिहासिक सम्झनाको साथै आन्तरिक पर्यटक बाह्रय पर्यटकको रोजाइमा पर्ने थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l